मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ ।
आम मान्यता के छ भने यदि तपाइँको हात्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने मान्यता समेत छ । यद्यपी समुद्र साश्त्रका अनुसार यस्तो मान्यता पुरै सही होइन । हत्केलामा भएका कोठी पनि शुभ र अशुभ हुने समुन्द्र शास्त्रको भनाइ छ
।
कहाँ कोठी भयो भने शुभ, कहाँ भए अशुभ ?
समुन्द्र शास्त्रका अनुसार हत्केलामा हुने सूर्य पर्वत अर्थात अनामिका औंलोको तल पट्टी कोठी छ भने यसले तपाइँलाई कार्य क्षेत्र वा रोजगारीको क्षेत्रमा कष्ट दिन सक्छ । यस्तो कोठीले रोजगारी प्राप्तिमा समेत असर गर्ने समुन्द्र शास्त्रको भनाइ छ ।
चन्द्र पर्वतमा कोठी हुनु भनेको मन चञ्चल रहने संकेत हो । यसले तपाइँलाई प्रेम मिल्न दिँदैन । विवाहमा समेत समस्या हुन सक्छ ।
कान्छी औंलीको तल्लो भागमा कोठी हुने भनेको धेरै सम्पतिको मालिक हुने संकेत हो । यस्ता ब्यक्तिलाई जीवनमा धेरै जिम्मेवारी
माँझी औंलामा कोठी हुनु अशुभ मानिन्छ । यस्ता ब्यक्तिको शनि निचो हुन्छ । यस्तो कोठी हुनेलाई भाग्यले साथ दिँदैन ।
अनामिका औंलामा कोठी हुने भनेको सरकारी क्षेत्रमा लाभ हुने र समाजमा मान यश प्राप्ति हुने संकेत हो । यस्ता ब्यक्ति समृद्ध र धनाड्य हुन्छन् ।
बुढी औंलामा कोठी हुनु मेहनती र न्यायप्रेमी ब्यक्ति हुनुको संकेत मानिन्छ ।
बुढी औंलाको तल शुक्र पर्वतमा भएको कोठीले भने प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । यस्ता ब्यक्ति कामुक हुन्छन् ।
बायाँ हत्केलामा कोठी हुनु खर्चालु संकेत मानिन्छ । यस्ता ब्यक्तिले पैसा कमाएर जम्मा गर्न सक्दैनन् ।
दायाँ हातको माथिल्लो भागमा कोठी हुने ब्यक्ति धनधान्यले सम्पन्न हुन्छन् ।
आधुनिक समाजमा पती-पत्नीबीच विभिन्नखाले समस्याहरु देखा पर्छन् । दुबै व्यस्त हुने भएकाले उनीहरुको सम्बन्ध नै फितलो पनि हुन पुग्छ । अहिलेका दम्पतीका मूख्य समस्या के छन् र त्यसलाईै कसरी हल गर्ने त ?
१. कम्युनिकेशन ग्याप
आपसमा कुराकानी, छलफलबाटै दाम्पत्य जीवन अघि बढ्ने हो । एकअर्काको भावना बुझ्न पनि दुबैबीच संवाद हुन आवश्यक छ । यद्यपी कहिले कहिं दम्पतीबीच संवाद टुट्न पुग्छ । अर्थात् नियमित कुराकानी हुन पाउँदैन । यसले उनीहरुमा द्विविधा एवं भ्रम पैदा गर्न सक्छ ।
के पनि हुन्छ भने, पति वा पत्नी व्यस्त हुन्छन् । उनीहरुलाई कुरा सुन्ने फुर्सद पनि हुँदैन । त्यसैले पार्टनरको कुरालाई वेवास्ता गरिदिन्छन् । कतिपय गंभिर कुरालाई पनि मनन नगरेपछि त्यसले कलह निम्त्याउँछ । त्यसैले दम्पतीबीच संवाद आवश्यक छ ।
कम्युनिकेसनको अर्थ बोल्नु मात्र होइन । एकअर्काको भावना बुझ्नु पनि हो । मानौ करियरको चक्करमा तपाईले परिवारको लागि समय निकाल्न सक्नुभएन, तर परिवार पनि तपाईको निम्ति उत्तिकै महत्वपूर्ण हुन्छ । परिवारबिना कसरी घरगृहस्थी चल्छ ?
समाधान
– एकअर्काको समस्या, पीडा आदि बुझ्नका लागि पनि दम्पतीबीच कुराकानी हुनैपर्छ । कुनै समस्या आउनुअघि नै त्यसबारे खुलेर छलफल गर्नुपर्छ ।
– कतिपय कुराहरु खुलस्त नभन्दा वा लुकाउदा पनि समस्या आउँछ । कुनैपनि कुरा पार्टनरसँग खुलेर सेयर गर्नुपर्छ ।
– यस्ता कुनै समस्या छैनन्, जसको समाधान छैन ।
त्यसैले दम्पतीबीच आउने समस्यालाई पनि छलफल, कुराकानीको माध्यामबाट समाधान निकाल्नु राम्रो हो ।
नो टाइम फर सेक्स
बैवाहिक जीवनलाई सफल बनाउन सेक्सुअल रिलेसन महत्वपूर्ण हुन्छ । तर, अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा यस किसिमको सम्बन्ध फितलो बन्दै गएको छ । पती पत्नी कामकाजी भएको अवस्थामा त यो समस्या झन् बढ्ने संभावना रहन्छ । यसले उनीहरुको बैवाहिक जीवनलाई धरापमा पार्न सक्छ ।
समधान
– चाहे जतिसुकै व्यस्त किन नहोस्, सेक्सुअल रिलेसनमा त्यसको असर पर्न दिन हुँदैन ।
– मानसिक तनाव, चिन्ता, शारीरिक थकानले पनि यौन जीवन प्रभावित हुन्छ, सयन कक्षमा जानुअघि ति सबै कुरालाई त्याग्ने अभ्यास गरौ ।
– यौन केवल रमाइलोका लागि मात्र होइन, यो स्वास्थ्यका लागि पनि अपरिहार्य हुन्छ । भनिन्छ, हप्तामा तीन पटक दम्पतीबीच शारीरिक सम्बन्ध हुनुपर्छ ।
३. आर्थिक समस्या
अक्सर पैसा खर्च गर्ने सम्बन्धमा पार्टनरको मत मिल्दैन । कोहि खर्चालु हुन्छन्, कोहि बचत गर्न मन पराउने । आर्थिक कारणले धेरैजसो परिवारमा कलह ल्याउँछ । व्यक्तिगत खर्चलाई प्राथमिकता दिएर घरायसी खर्चलाई महत्व नदिने बानीले पनि यस्तो समस्या ल्याउँछ ।
समाधान
– दुबै दम्पतीले सबैभन्दा पहिला खर्चको बिबरण तयार गर्नुपर्छ । यस्तो बिबरण तयार गर्दा कुन कुरालाई प्राथमिकता दिने ? सोच्नुपर्छ ।
– हरेक महिना बजेट तयार गर्ने र सोहि अनुसार खर्च गर्नुपर्छ ।
– मासिक तालिका बनाएर खर्च गर्दा फजुल खर्चबाट बचिन्छ ।
४. नो टाइम फर किड्स
अहिले धेरैजसो दम्पतीसँग आफ्नो छोराछोरीका लागि समय हुन्न । अफिसको, करियर, भाविष्यको योजना आदिको चक्करमा उनीहरु छोराछोरीका लागि समय निकाल्न सक्दैनन् । बच्चासँग खेल्न, बोल्न, रमाउन पनि कति अभिभावक त जाँगर चलाउँदैनन् । तर, यसको दीर्घकालिन असर स्वंम अभिभावकले भोग्नुपर्छ । अभिभावकको सामिप्यता नपाएको बच्चामा विभिन्न किसिमको शारीरिक मानसिक समस्या आउन सक्छ ।
समधान
– बालबालिका आफ्ना आमाबुवाको सामिप्यता चाहन्छन् । उनीहरुका लागि अभिभावकले छुटै समय निकाल्नु पर्छ ।
– घर फर्किसकेपछि बच्चासँग होमवर्क गर्ने, कार्टुन हेर्ने, खेल्ने जस्ता गतिविधिमा सरिक हुनुपर्छ ।
– बच्चाको मनोविज्ञन एवं भावना बुझ्नका लागि पनि उनीहरुसँग हेलमेल हुनुपर्छ ।
स्वास्थ्य सम्बन्धको लक्षण के हो ?
– दुई पार्टनरबीचको आपसी समझदारी नै स्वास्थ्य सम्बन्धको लक्षण हो । एकअर्काको भावना बुझ्ने र सम्मान गर्ने दम्पतीबीच सुमधुर सम्बन्ध हुन्छ ।
– यदि दुबै खुसी र तनावमुक्त छन् भने पनि उनीहरुको सम्बन्ध प्रगाढ रहेको संकेत मिल्छ ।
– दुबैले आफ्नो जिम्मेवारी अर्कालाई थोपर्दैनन् ।
– दुबैमा मन मुटाव कम हुन्छ । किनभने उनीहरु मिलेर समस्याको समाधान खोजिरहेका हुन्छन् ।
– एकअर्काको कामको सम्मान गर्छन् र अर्काको तनाव पनि महसुष गर्छन् ।
– यस्तो जोडी एकअर्कामा निर्भर हुँदैनन् , तर हरेक कदम एकसाथ चाल्छन् ।
– स्वास्थ्य सम्बन्धमा पति पत्नीले आपसमा प्रशस्तै क्वालिटी टाइम बिताउँछन् । एकअर्कालाई खुबी राख्न प्रयास गर्छन् ।
– उनीहरुबीच विश्वासको सम्बन्ध स्थापित भएको हुन्छ, वाह्य कारणले त्यसलाई तोड्न सक्दैन ।
पोखरा - हालसम्म तपाईले युट्युबमा भिडियो अपलोड गरेर पैसा कमाउनु हुन्थ्यो अब छिट्टै यो सुविधा फेसबुकले पनि दिने भएको छ ।
सोसियल नेटवर्किङ साइट फेसबुकले छिट्टै नै यस्तो फिचर लन्च गर्ने भएको छ जसका कारण भिडियो अपलोड गर्नेवालाले पैसा कमाउन सफल हुनेछन् ।
रिपोर्टका अनुसार फेसबुकले छिट्टै नै ‘मिड रोल’ एड फर्मेट सुरु गर्दैछ । जसमा तपाईले अपलोड गरेको भिडियोको बिचमा विज्ञापन देखाइनेछ जसबाट तपाईले पनि आम्दानी गर्न सक्नुहुनेछ ।
रिकोड नामक वेबसाइटले दिएको जानकारी अनुसार यदी कुनै भिडियो अपलोड कुनै युजरले गरेको छ र उसको भिडियो २० सेकेण्डभन्दा बढी कसैले हेर्छन् भने २० सेकेण्ड पश्चात उक्त भिडियोमा विज्ञापन राखिनेछ । उक्त भिडियो अपलोड गर्नेलाई पैसा दिइनेछ ।
अपलोड भएपछि भिडियोबाट हुने कमाईको ५५ प्रतिशत भाग भिडियो अपलोड गर्नेलाई दिइनेछ । यति नै रकम युट्युबमा अपलोड गर्ने युजरलाई समेत दिने गरिएको छ । यसबारे फेसबुकले आधिकारीक रुपमा आफ्नो धारण बाहिर ल्याएको छैन ।
गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो ।
दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् ।
‘एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् । चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् ।
एलीले भन्छिन-क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो ।’
नेपाली चलचित्रकि नायिका सपना सिंह गत ५ बर्ष अघि चलचित्र क्षेत्रमा होमिएकी हुन् l नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् । र नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ बर्ष देखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन ।
काठमाडौँ पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन । र आफुले निकै मेहनत गर्नु पर्ने उनले बताइन l लगभग ४ बर्ष अगाडी अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसी सँग म्युजिक भिडियो मार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले शुभ यात्रा म्युजिक बाट सपना सिंह ठकुरी ले (यो जोवनी) नामको तिज गीत आफैंले पहिलो तीज गीत बजारमा ल्याइएकी छिन् l अहिले सम्म अढाई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन् । र उनले अन्य अरु भिडियो आउने बताईन l
नेपाली कथानक चलचित्र ‘सारङ्क’ बाट शुभारम्भ गरेकी नायिका सपनाले अहिले सम्म ४ वटा चलचित्रमा काम गरि सकेकी छिन । हालसालै उनको नयाँ चलचित्र ‘मन को उजुरी’ को पनि छायांकन सुरु भईसकेको र आधा छायांकन हुन बाँकि रहेको उनले बताईन । अभिनय र नृत्यमा राम्रो अभिनय गर्ने नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी पनि देखिन्छिन l
सधै उज्यालो तथा हसिलो अनुहार साथ प्रस्तुत हुने नायिका सपना सबै संँग चाडै घुलमिल हुने बताईन ।
लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी, र माता लक्ष्मी देबी सिंह ठकुरीको, भाइ सागर सिंह ठकुरी र सुशिल भारती प्रेरणा र हौसलाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन l
नायिका सपना भन्छिन, आफ्नो अभिनय, कला प्रस्तुत गरेर आफु भित्र निहित प्रतिभा तथा क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहेको बताईन l
सपना भन्छिन, आफु कलाकार भएकोले कहिलेकाँहि सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन l उनले अगाडी भनिन “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्विकार गर्ने गरेको छु, कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन” भनिन ।
चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशिलता, अभिनय क्षमता हुनुपर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफु ननाङ्गीने र ग्ल्यामरसको नाममा जे पायो त्यहि नगर्ने समेत स्पष्ट पारिन l आफुले अंगालेको पेशालाई हृदय देखि नै निकै मन पराएको कारण आफु यो पेशामा लागेको बताइन l पेशामा निरन्तरता दिने भन्दै त्याग र तपस्या चाहिने हुनाले आफु दत्तचित्तको साथ लागेको बताईन l
उनले कुराकानी गर्ने क्रममा ,भबिष्यमा अभिनय र नृत्यको माध्यमबाट एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिने बताइन l उनले अगाडी भनिन ,नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने बताइन । साथै कथावस्तु र नेपाली समाजलाई पच्ने खालको चलचित्रमा मात्र आफु अभिनय गर्न तत्पर रहेको बताईन l
मुम्बई - बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् ।
ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको थियो । ऐश्वर्याले प्रस्ताब अस्वीकार गरेपछि मात्रै अन्य नायिकाले अभिनय गरेका थिए ।
ऐश्वर्याको भनाई अनुसार जतिवेला उनी अमेरिकामा ‘आ अब लौट चले’ को सुटिङको तयारीमा थिइन् निर्देशक करण जौहरले कुछ कुछ होता है मा काम गर्नुपर्ने प्रस्ताब राखे ।
‘आ अब लौट चले’ मा उनले ४० दिन काम गर्नुपर्ने थियो त्यसकारण करण जौहरको फिल्ममा काम गर्न सकिनन् ।
अर्को फिल्म ‘कभी खुसी कभी गम’ मा पनि पहिलो प्रस्ताब उनैलाई आएको थियो । काम गर्न भ्याइनन् । सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘बाजीराव मस्तानी’ मा पनि निर्देशक भन्सालीले पहिलो प्रस्ताब ऐश्वर्यालाई राखेका थिए ।
ऐश्वर्याले नमानेपछि मात्रै दीपिका पादुकोण अनुबन्ध भएकी थिइन् ।
ऐश्वर्याले छाडेको अर्को चर्चित फिल्म हो ‘राजा हिन्दुस्तानी’ निर्देशक धर्मेश दर्शनले करिश्मा कपुर भन्दा पहिला ऐश्वर्यालाई प्रस्ताव राखेका थिए । मिस वल्ड कम्पीटिशनमा भाग लिन जानुपर्ने भएकाले ऐश्वर्याले काम गर्न सकिनन् ।
विपुल शाहले पनि सुपरहिट फिल्म ‘नमस्ते लण्डन’ मा ऐश्वर्यालाई नै पहिलो प्रस्ताव राखेका थिए ।
ऐश्वर्याले काम गर्न नभ्याएपछि मात्रै कटि्रना कैफले काम गरेकी थिईन् । शाहरुख खान र प्रीति जिन्टा अभिनित ‘वीर जारा’ मा पनि पहिलो प्रस्ताब ऐश्वर्यालाई नै गएको थियो । ऐश्वर्याले काम नगरेपछि मात्रै पि्रतीले काम गरेकी थिइन् ।
अत्याधिक सफल भएको चलचित्र ‘मुन्ना भाई एमबीबी एस’ मा पनि निर्देशक राज कुमार हिरानीले ग्रेसी सिंहको ठाउँमा ऐश्वर्यालाई प्रस्ताब गरेका थिए ।
ऐश्वर्याले नमानेपछि मात्रै ग्रेसी अनुबन्ध भएकी थिइन् । शाहरुख खान अभिनित अशोकामा ऐश्वर्याले नमानेपछी मात्रै करिना अनुबन्ध भएकी थिईन् । चलते चलते, दोस्ताना, वक्त लगायतका फिल्ममा पनि पहिलो प्रस्ताव ऐश्वर्यालाइ नै आएको थियो ।
फाल्गुन - गत शुक्रबारदेखि देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको नेपाली फिलिम ‘लुट–२’को सफल प्रदर्शनसँगै त्यसमा काम गर्ने कलाकारहरु पनि ह्वात्तै व्यस्त बनेका छन् ।
त्यस्तैमा यस चलचित्रका नायक सुशिल राजद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
समपूर्ण मिडिया टेलीभिजन र यु ट्युबबाट यस गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन त्यस्तै अर्का एक नव मोडेल बिकेश श्रेष्ठलाई पनि यस भिडियोमा देख्न पाइन्छ ।
यल्सा खड्काको कोरियोग्राफी रहेको यस भिडियोमा सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने उज्ज्वल ढकालले भिडियोलाई इडीटिङ गरेका छन ।
किर्तिपुर लगायत काठमान्डौंको बिभिन्न स्थानहरुमा शुटिङ गरिएको यस म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन् ।
यस्ताे छ भिडियाे
राति अबेरसम्म भएको मत गणनामा नायिका रेखा थापा, गायिका कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वाचित भएका छन् । बाँकी जानकारी यही भिडियो हेर्नुहोस ।
केही दिनअगाडि २३ वर्षीया सुमिना (नाम परिवर्तन) गरेकी युवती पंक्तिकारसमक्ष आइपुगिन् । उनी विगत डेढ वर्षदेखि राकेश नाम गरेका पुरुषसँग एउटै कोठामा बस्दै आएकी रहिछन्, सहमतिअनुसार ।
सुमिनाको घर काठमाडाैंमै रहेछ भने राकेशको घर झापा । एउटै कलेजमा पढ्ने राकेश र सुमिना चिनजान बढेपछि विस्तारै एकअर्काप्रति आकर्षित हुन थालेछन् । राकेशले एक दिन सुमिनालाई तिम्रो घरबाट कलेज आउन–जान गाह्रो भो, बरु हामी कतै एउटै डेरा लिएर बसौं, भाडा आधा–आधा तिरौंला भनेपछि सुमिनाले राकेशको प्रस्ताव स्वीकार गरिछन् र दुवैजना सँगै बस्न थालेछन् ।
सुरुसुरुमा त दुवैजना एकदम मिलेरै बसेछन् र सम्बन्ध पनि राम्रै रहेछ । केही समयपछि दुईजनाबीच शारीरिक सम्बन्ध हुँदै गयो र सुमिना गर्भवती भइन् । पढ्न बसेका दुवैका लागि त्यो अवस्था एकदमै अप्ठ्यारो थियो । त्यसै क्रममा विस्तारै राकेश विभिन्न बहानामा घर आउन छोडे, कहिलेकाहीं आउँदा पनि राकेश सुमिनासँग झगडा गर्ने र उनलाई कुटपिट गर्दा रहेछन् । सोही क्रममा सुमिना साह्रै बिरामी परिन् र उनकोे बच्चाको गर्भमै मृत्यु भयो । त्यसपछिको सम्बन्ध फेरि केही सुध्रियो र पुनः उनी गर्भवती भइन् र त्यही कुटपिटको चक्कर सुरु भयो । अन्त्यमा राकेशले उनलाई डेराबाट निकालिदियो ।
अब सुमिनाको सहारा भनेको परिवार नै थियो, यही क्रममा उनले आफ्नो अवस्था र राकेशको बारेमा परिवारलाई जानकारी दिइन्, तर सुमिनाको परिवारले उनलाई खोजखबर केही गरेन, उल्टै ‘तैंले हामीलाई सोधेर सम्बन्ध बनाएकी थिइस् र अहिले आएर सोध्छेस्’ भने । यसपछि उनी बेसहारा बनिन् । कतैबाट पनि सहयोग नपाएपछि अन्त्यमा उनले राकेशको विरुद्धमा प्रहरीमा उजुरी दर्ता गरिन् ।
प्रहरीले कार्यालयले राकेशलाई झिकायो । सुरुमा त राकेशले सुमिनालाई आफूले चिन्दा पनि नचिनेको भनेपछि सुमिनाले राकेशसँग बसेको घरको मालिकलाई बुझिपाऊँ भनेपछि राकेश झस्कियो र दुईतीनपटकको कुराकानीपछि मुस्किलले राकेश सुमिनालाई पाँच लाख रुपैयाँ दिन राजी भयो । तर सुमिनालाई स्विकार्न तयार भएन । केही नहुनुभन्दा पाँच लाख लिएर आफ्नो पढाइलाई निरन्तरता दिने र पेटको बच्चालाई पनि जन्म दिने विचार सुमिनाले गरिन् । उनी अहिले एक्लै बस्छिन् ।
कानुनबमोजिम वैवाहिक सम्बन्ध स्थापित भएको दम्पतीबाट जन्मेको बच्चाले त वैधानिक बच्चाको हैसियत पाउँछ नै, लिभिङ टुगेदरकोे सम्बन्धबाट जन्मेको बच्चाको कानुनी हैसियत के हुने भन्ने सम्बन्धमा न हाम्रो मुलुकी ऐनको विवाहको महलले बोलेको छ न त प्रस्तावित सिभिल कोडले नै । अर्की युवती जमुना (नाम परिवर्तन) पनि आफ्नो मन मिल्ने साथी पवनसँगसँगै बस्न थालिन् विस्तारै उनी पनि गर्भवती भइन् ।
बच्चा गर्भमा आएपछि वैदेशिक रोजगारको लागि भनेर बाहिर गएको उनको पार्टनर हाल छोरा नै १३ वर्ष भइसक्दा पनि अत्तोपत्तो छैन । यी त प्रतिनिधि घटना मात्र हुन्, यस्ता घटना समाजमा खोतल्दै जाने हो भने अनगिन्ती भेटिन्छन् । वास्तवमा विवाह नगरी पतिपत्नीजस्तो भएर एउटै कोठामा लामो समयसम्म बस्ने परिपाटीलाई लिभिङ टुगेदर भनिन्छ । जहाँ केटा र केटी सामाजिक परम्परागत विवाह र कानुनी विवाह नगरीकनै एउटै कोठामा पतिपत्नीको रूपमा बसोवास गरिरहेका हुन्छन् । खासगरी सहरी क्षेत्रमा बसोवास गर्ने युवावर्ग बढी मात्रामा यो सम्बन्धमा रहे/बसेको पाइन्छ ।
कानुनी र सामाजिक बन्धन र दायित्वबाट पन्छिनको लागि उनीहरू लिभिङ टुगेदरमा बस्ने गरेको पाइन्छ । प्रत्येक व्यक्तिलाई आफ्नो जीवन सम्मानपूर्वक बाँच्न पाउने हक हुन्छ भनी संविधानले नै प्रत्याभूत गरेको अवस्थामा खासगरी शिक्षित वर्ग आफ्नो वैयक्तिक स्वतन्त्रताको उपभोग गर्दै यस्तो सम्बन्धमा बाँच्न रुचाउँछन् भने कोही पार्टनरको बहकाउमा आएर सँगै बस्ने गर्दछन् । यस्तो सम्बन्धमा बसेकाहरूको कानुनी हैसियत कस्तो हुने र नेपालमा यस सम्बन्धमा कस्तो कानुनी व्यवस्था छ भन्नेबारेमा धेरैलाई जानकारी पनि छैन । किनकि हामीसँग त्यसरी लिभिङ टुगेदरमा बसेकाहरूको कस्ता खालको अधिकार र कर्तव्य हुने, त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चाको कानुनी हैसियत कस्तो हुने, एकअर्काबीच सम्बन्ध बिग्रेमा त्यसबाट निस्कने परिणामको जिम्मेवार को हुने यदि लिभिङ टुगेदरलाई वैवाहिक मान्यता नै दिने हो भने पनि कति समय सँगै बस्न आवश्यक छ भन्ने सम्बन्धमा हामीकहाँ स्पष्ट कानुन नभएकाले लिभिङ टुगेदर समस्याकै रूपमा रहेको पाइन्छ ।
यस सम्बन्धमा भारतको सर्वोच्च अदालतले ५० वर्षसम्म सँगै बसेको आधारमा बन्द्री प्रसादविरुद्ध डाइरेक्टर अफ कन्सोलिडेसनको मुद्दामा अदालतले त्यस्तो विवाहलाई वैवाहिक मान्यता दिएको पाइन्छ । कतिपय अवस्थामा अर्थात् समाजको आँखामा त्यस्तो सम्बन्ध अनैतिक हो भनी मानिए पनि त्यस्तो सम्बन्धलाई गैरकानुनी भन्न नमिल्ने र त्यसलाई जीवनको अधिकार हो भनी व्याख्या गरेको समेत पाइन्छ । त्यस्तै कतिपय मुद्दामा कुनै जोडी एकअर्काको सहमतिले सँगै एक रात बिताउँदैमा र एक हप्ता बस्दैमा भने लिभिङ टुगेदर हुन सक्दैन भनी भारतको सर्वोच्च अदालतले बोलेको पाइन्छ। यिनीहरूबीचको सम्बन्ध वैवाहिक सम्बन्धजस्तै नभए पनि त्यसको प्रकृतिचाहिँ पतिपत्नीसरह नै हुन्छ ।
त्यस्तै दिल्लीको उच्च अदालतले वर्षा कपुरको मुद्दामा यस्तो सम्बन्धमा पछि दरार उत्पन्न भएमा महिलाले आफूसँग बसेको पार्टनरको विरुद्धमा मुद्दा दर्ता गर्ने मात्र होइन, उसको परिवारको सदस्यलाई पनि विपक्षी बनाउन सक्ने भनी व्याख्यासमेत गरेको पाइन्छ । अब यस्तो सम्बन्धबाट जन्मेको बच्चाको कानुनी हैसियत कस्तो हुने भन्नेबारेमा पनि विचार गर्नुपर्ने देखिन्छ । कानुनबमोजिम वैवाहिक सम्बन्ध स्थापित भएको दम्पतीबाट जन्मेको बच्चाले त वैधानिक बच्चाको हैसियत पाउँछ नै, लिभिङ टुगेदरकोे सम्बन्धबाट जन्मेको बच्चाको कानुनी हैसियत के हुने भन्ने सम्बन्धमा न हाम्रो मुलुकी ऐनको विवाहको महलले बोलेको छ न त प्रस्तावित सिभिल कोडले नै ।
अन्त्यमा, हाम्रो समाजमा एकातिर यस्तो सम्बन्धमा रहेका जोडीहरूलाई विभिन्न सामाजिक लाञ्छना लगाइन्छ, यस्तो सम्बन्धलाई अनैतिक र गैरकानुनी मान्ने मानसिकता छ भने अर्कोतिर त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चाहरूको भविष्य के होला भन्ने स्वयं राज्य, सरोकारवाला समुदाय, नागरिक समाज र सामाजिक अभियन्ताहरूले सोच्नुपर्ने बेला भएको छ । त्यसैले यस विषयमा छिट्टै नयाँ कानुन निर्माण गर्न व्यापक स्तरमा अनुसन्धान गरी लिभिङ टुगेदरबाट पीडित भएकाहरूको भावना र विचार आत्मसात गरेर लिभिङ टुगेदर सम्बन्धमा एउटा छुट्टै स्पष्ट कानुन निर्माण गर्नुपर्ने देखिन्छ ।
काठमाडौं – अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अभिनेत्री अर्चना पनेरुले पनि रेष्टुरेन्ट ब्यवसाय थालेकी छन् ।
उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी हुन् । केही युवासँगको सहकार्यमा उनले सो रेष्टुरेन्ट ब्यवसाय थालेको बुझिएको छ । केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।
सिक्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए । केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् । सो बार छोडेर उनले आफ्नै रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् । रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ ।
पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । नग्न तस्बिर सार्वजनिक भएपछि मिडियाका लागि हटकेक भएकी उनलाई प्रहरीले अश्लिलता फैलाएको आरोपमा कयौपटक उनलाई पक्राउ समेत गर्यो ।
अश्लिलता फैल्याएको आरोपका कारण गाउँ नै छोड्न बाध्य काठमाडौं छिरेकी उनी केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । चलचित्र अभिनयमा भरपुर हट दृश्य दिदा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् ।
हेर्नुहोस भिडियो:
म मोटी केटी थिएँ । त्यसैले सायद मेरा स्तन मेरै उमेरकी केटी भन्दा चाँडै विकसित भए । ११ वर्षको उमेरमा मलाई एउटा ब्राको जरुरी भयो ।
मेरी आमाले सदा यसलाई पहिरन अह्रानुभयो । अहिले पनि आमा त्यसरी नै कराउनहुन्छ, ‘सेप खराब होला ।’ म मोटी केटी थिएँ । त्यसैले सायद मेरा स्तन मेरै उमेरकी केटी भन्दा चाँडै विकसित भए । ११ वर्षको उमेरमा मलाई एउटा ब्राको जरुरी भयो । मेरी आमाले सदा यसलाई पहिरन अह्रानुभयो । अहिले पनि आमा त्यसरी नै कराउनहुन्छ, ‘सेप खराब होला ।’
सेप भनेको के ? इमान्दारीका साथ भनूँ मेरा स्तन सधै उस्तै देखिन्छन् । महिलाको एउटा अंग बाँध्ने(ब्रा)लाई सेक्सी भनिनु भ्रमपूर्ण प्रचार हो । ब्रालाई अक्सर सेक्सी भनिन्छ । अबहाम्रो स्तन हाम्रो रहेन, पवित्रता, पाप वा लाजका कारण । मेरो स्तनका लागि सधैं आमाको अनुमति जरुरी भयो । कहिल्यै मैले मेरा स्तन मेरा अनुसार राख्न पाइनँ । मेरा बा र छिमेकीको उपस्थितिमा मैले ब्रा पहिरनै पर्ने भयो । उनीहरुका अघि म कहिल्यै भित्र ब्रा नलाएर बाहिर अर्कै लुगाका साथ पनि उपस्थित हुन सकिनँ ।
मेरा स्तनलाई सार्वजनिक सवारीमा पुरुषबाट सुरक्षाको जरुरी भयो, जसले मलाई अपनमान गर्न चाहन्छ । मेरा सबै प्रेमी, जो मेरा स्तनको तारिफका गरेर कहिल्यै थाकेनन् । उनीहरु मेरा स्तनप्रति दिवाना थिए । म कल्पना गर्थें कि मेरा सन्तान कस्ता होलान्, जब मेरा सन्तान हुन्छन् उनीहरु मेरो छातिसँग जोडिएका स्तनको दूध पिउँछन् । उनीहरुले स्तन गिलो बनाइदिए वा दाँतले टोकेर, नंग्राले चिथोरेर निशान बनाइदिए के होला ! किन स्तनका बारेमा पुरुषको कल्पना पनि यसैगरी उनीहरुकी आमाका साथ जोडिएर सुरु हुँदैन ? सबै महिलाको स्तन सिर्फ पुरुषको आवश्यकतता र उनका इच्छाका लागि हुन्छन् । हरेक केटीको नारीत्वको दुःखपूर्ण यात्राको सुरुवातको प्रतिक हो स्तन ।
हाम्रा स्तनलाई किन सिर्फ शारीरिक नजरले मात्रै हेरिन्छ, यसमा अरु केही छैन ? किन हरेकले शरीरको यो भागमाथि दावी गर्न चाहन्छ ? मैले यो कुरा बुझिरहेकी छैन, एक महिला अर्की महिलालाई किन भन्छे, ‘तिम्रा स्तन साह्रै सुन्दर छन् ।’ वा उत्साहका साथ कराउँछे– वाह, हेर त कति राम्रा स्तन !’ ठीक यसैगरी सिलिकन इम्प्लान्ट हामी सिर्फ पोर्न स्टार वा हिरोइनका कामका सम्झिन्छौं ।
किन फ्ल्याट छाती भएकी महिलालाई ‘म्यानचेष्टर’ भनिन्छ ? नग्नता संस्कृतिकै नयाँ लाजलाग्दो अवधारणा हो । पहिले यसलाई कला र उत्साहका रुपमा लिइन्थ्यो । वास्तवमा यो पनि भनिन्छ ब्लाउजको प्रचलन आउनुअघि महिला माथिको कपडा पहिरदैनथे । महिला टपलेस रहेकोमा लाज पनि मान्दैनथे । प्राचीन मूर्ति हेर्नुहोस् एकपल्ट, तपाईंहरु थाहा पाउनुहुनेछ म के भन्ने चाहन्छु ? १८–१९औं शताब्दीमा महिलालाई स्तन ढाक्न मनाही थियो । ब्राह्मण छाडेर कोही पनि हिन्दू महिला आफ्ना स्तन छोप्ने बारेमा सोच्दैनथे– यस्तो गर्दा शालिनता गुमाएको आरोप खेप्नुपथ्र्याे ।
उच्च जातिकी महिला भने एउटा सेतो कपडाल स्तन छोप्न सक्थे । १९ औं शताब्दीसम्म भारतको त्रावणकोर, कोचीन । मालाबारमा कुनै महिलालाई आफ्ना स्तन छोप्ने अनुमति थिएन । अय्या वैजुंदरकोअ सर्थनमा केही समुदायले महिलाले पनि माथिल्लो शरीरमा समेत कपडा लगाउन पाउनुपर्ने भनेर लडाइ नै गरे । यसको प्रतिरोधमा १८१८मा उच्च जातिकाले हमला नै गरेका थिए ।
विभिध लडाइँका बाजुद १६ १५९मा मद्राका गर्भनरको दबाबमा त्राणकोरका राजाले घोषण गरे– सबै महिलाले माथिल्लो शरीरमा पनि लुगा लगाउन पाउनेछन् । तर, एउटा शर्त थियो, उच्च जातिका महिलाको पहिरनसँग मेल खानुहुँदैन । आज हामी अर्काे एउटा लडाइँ लडिरहेका छौं । यो सामग्री उनले नियमित लेख्ने आईचोक.इनबाट नेपाली रुपान्तरण गरिएको हो । फरक मत राख्ने रुचाउने लेखिका उपन्यासकार समेत हुन् ।
लूट– २ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र लूटको सिक्वेलका रुपमा निर्माण भएको ०१२ मा प्रदर्शनमा आएको चलचित्र लूटलाई नेपाली चलचित्रको परम्परागत स्वरुपमा धक्का दिने अर्थमा कतिपयले लिए पनि ।
५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको बेला चलचित्रकी अभिनेत्री एलिसा राई भने आफ्नो अन्तर्वार्ताका कारण चर्चामा छिन् । चलचित्रमा आफ्नो बोल्ड र हट दृश्य भएको उनले अन्तर्वार्तामा बताएकी छिन् । हेर्नुस् भिडियो
५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको बेला चलचित्रकी अभिनेत्री एलिसा राई भने आफ्नो अन्तर्वार्ताका कारण चर्चामा छिन् । चलचित्रमा आफ्नो बोल्ड र हट दृश्य भएको उनले अन्तर्वार्तामा बताएकी छिन् । हेर्नुस् भिडियो
काठमाडौं फागुन - नेपाली चलचित्र उद्योगमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनाएर ‘लुट–२’ रेकर्ड बनाएको छ ।
प्रदर्शनमा आएको दुई दिनमा ३ करोड ग्रस कलेक्सन गरेर चलचित्रले यसअघि छक्कापञ्जाले राखेको रेकर्ड पनि तोडेको छ । फागुन १३ गते शुक्रबार रिलिज भएको ‘लुट–२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको हो ।
काठमाडौंका सबै हलहरु र काठमाडौं बाहिरका ८० वटा हलमा चलिरहेको फिल्मले काठमाडौंबाट शनिबार मात्रै एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको यसका निर्माता नरेन्द्र महर्जनले बताए ।
निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ यसअघि छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गरेपछि नयाँ रेकर्ड राखेको हो ।
काठमाडौँ: पछिल्लो समय शेर्पा जातिको संस्कृति पुस्तापरिर्वतनसँगै लोप हुन थालेको भन्दै प्रमुख मौलिक स्याब्रु नृत्यको प्रतियोगिता आयोजना गरिएको छ।
देशभरका शेर्पाहरुमा भाषा, संस्कृति, परम्परा र रितीरिवाज युवापुस्तामा हस्तान्तरण गर्ने लक्ष्यले आइतबार काठमाडौमा स्याब्रु नृत्यको प्रस्तुती गरिएको आयोजक हिमालय शेर्पा सांस्कृतिक केन्द्रले जनायो।
२१४४ को ग्याल्पो लोसारको अवसरमा केन्द्रद्धारा आयोजित प्रतियोगितामा देशभरका ११ समूहको सहभागिता थियो। जातीय भेषभुषा, सुरताल, प्रस्तुति, समय र जनमतलाई मुख्य गरी स्याब्रुको प्रस्तुतिमा समेटिएको निर्णक केन्द्रका सल्लाहकार लाक्पा शेर्पाले बताए। युवापुस्ताले गरेका प्रस्तुतिलाई प्राथमिकतामा राख्दै प्रोत्साहन गरिएको उनले बताए।
नृत्यमा दोलखा, संखुवासभा, सोलुखुम्बु र रामेछापका प्रतियोगितामा पोशाक, भाषा लवजका मुख्य आर्कषण बनेको थियो। स्याब्रु प्रतियोगितामा शरिर पुरै ढाक्ने बाक्लो लुगा क्ष्युवा, अङगी, पाङदेन, दोचा, लगायत एक दर्जन बढी प्रकारका पोशाक प्रयोग गरेका थिए। विजयी टोलीलाई क्रमस ५०,३० र २० हजारले आयोजकले सोमबार लोसारको अवसरमा पुरस्कृत समेत गर्ने जनायो।
चार बर्ष यता देखि बार्षिक रुपमा आयोजन गर्दै आएको प्रतियोगिताले जातीय मौलिक भाषा संस्कृतिको संरक्षणमा टेवापुगेको र आउने दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने आयोजकले जनायो। विश्वको सर्वोच्च शिखर सगरमाथासँग पर्यवाची बनेको शेर्पा २०६८ को जनगणनाअनुसार एक लाख १२ हजार नौ सय ४६ रहेका छन्।
यी जातीले धर्म,संस्कृति, संस्कार, चाडपर्व, मेला, धार्मिक उत्सव मनाउने र पूजाआजा गर्ने गर्दछन्। शेर्पाहरू धार्मिक र सांस्कृतिक गरी दुई प्रकारको चाडपर्वहरू मनाउने गर्दछन्। मनिरिम्दु, ञ्युङने, डुम्जी, चिरीम, ओशो आदि यि जातीको धार्मिक चाडपर्व हुन् भने ल्होसार, फाकङयी र यारच्याङ सामाजिक चाडपर्व हुन्। हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जाती शेर्पा राज्यबाट सुचिकृत ५९ मध्ये एक हो।
युवतीसँग कसरी कुराकानी गर्ने भनेर युवाहरु अन्जानमा परेका हुन्छन् । केटीसँग कुरा गर्न नसकेर केटाहरु आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेका हुन्छन् । तपाँइ पनि युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ?
अब चिन्ता लिनु पर्दैन । युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् । उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुहोस्। त्यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ ।
केटीहरु कम बोल्ने केटालाई जिस्क्याउन रमाइलो मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् । अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने रु तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।
अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ ।
यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ । तर, यसमा के ध्यान दिनुपर्छ भने यी सब कुरा गरीसके पछि उनको यसमा कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस् । उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । तर उनको नकारात्मक प्रतिक्रिया आयो भने चाँही कुरा अगाडी नबडाउनुहोस् । एजेन्सीको सहयोगमा ।
समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ ।
शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।
१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।
२ कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।
३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।
४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।
५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।
६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । एजेन्सीको सहयोगमा
काठमाडौं । यतिबेला सांगीतिक बजारमा नयाँ गीत गल्तीको चौतर्फी चर्चा छ । गायक निरज सिलवालको गीतको भिािडयोका कारण गीतले चर्चा बटुलेको हो ।
गायक स्वयमकै शब्द संगीत रहेको गीतको भिडियोमा उनलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएको गीतको भिडियोलाई निर्देशक नेत्र जंग पाण्डेले निर्देशन गरेका हुन् । निर्देशक पाण्डेले निर्देशन गरेको गीतको भिडियोले प्रेम वियोग भित्रको मर्मस्पर्शी भावलाई टपक्कै टिपेर हरेक प्रेमीले आफ्नो वियोगमा भोग्ने यर्थाथलाई पर्दामा देखाउन सफल भएका छन् ।
सञ्जय, रोशना, आस्था र रेशमको अभिनय रहेको गीतको भिडियोको छायांकन बिनोद केसीले गरेका छन् । रेशम श्रेष्ठले सम्पादन गरेको भिडियोको निर्देशन नेत्र जंग पाण्डेले गरेका हुन् । शान्ति पाण्डेको कथामा जसको निर्मात्री हुन् नितु खड्काले भिडियोको निर्माण गरेकी हुन् ।
सुरुमा त उनले यसलाई सामान्य रुपमा लिइन् र वेवास्ता गरिन्। पछि विजय सरले उनलाई 'कहाँ भेटिएला?' फिल्मको अडिसनमा जान आग्रह गरे।
अडिसनबाट फिल्म युनिट प्रभावित भए र उनलाई फिल्म खेल्न कर नै गरे। 'मैले फिल्म नखेल्न धेरै बाहनाहरु बनाएँ, तर उहाँहरु घरमै आएर फोर्स गर्नुभयो।' आफ्नो रुची बिना नै फिल्म क्षेत्रमा हात हालेकी स्वेताको पहिलो फिल्म 'कहाँ भेटिएला' सफल भयो। यसमा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग काम गरेकी थिइन्। यो फिल्मको सुटिङ नसकिँदै स्वेतालाई दोश्रो फिल्म 'हाँसिदेउ एक फेर'को प्रस्ताव आयो। दोश्रो फिल्ममा पनि उनले मन नहुँदा नहुँदै काम गरिन्।
'त्यसमा पनि काम गर्न मन थिएन, त्यही पनि रिलेसनको कारणले स्क्रिप्ट पनि नपढी काम गरेँ' उनले भनिन्। 'हाँसिदेउ एक फेर' पनि केही मात्रामा सफल भयो। एक पछि अर्को फिल्मको प्रस्ताव आइरहेको उनलाई फेरि 'श्रीमान श्रीमती' को प्रस्ताव आयो। आफूलाई फिल्म क्षेत्रमा ल्याउने अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी भएर काम गर्नुपर्ने भएकाले पनि उनले त्यस फिल्ममा अभिनय गरिन्। 'श्रीमान श्रीमती' ले पनि उनलाई सफलता नै दियो। २०७१ सालमा प्रदर्शनमा आएको फिल्म 'कोहिनुर' त्यसबेलाको सर्वाधिक कमाइ गर्ने फिल्म हो। जुन फिल्ममा उनले तेस्रो पटक नायक श्रीकृष्ण श्रेष्ठसँग जोडी बाँधेकी थिइन्।
त्यस फिल्ममा उनको पनि लगानी थयो। फिल्म अत्यधिक सफल भयो। तर यो फिल्मको सफलताबारे उनलाई धेरै पछिमात्र थाहा पाइन्। विबाह र पति बियोग : 'कोहिनुर' फिल्ममा काम गरेसँगै स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठले विवाह गरे। फिल्म प्रर्दशनमा आउने तयारी हुँदै गर्दा उनीहरु हनिमुन मनाउन भारततर्फ गए। विवाहको एक महिना नपुग्दै पति श्रीकृष्ण श्रेष्ठको निधन भयो। श्रीकृष्णको निधन हुनु दुई दिन अगाडि उनी अभिनित फिल्म 'कोहिनुर' प्रर्दशनमा आएको थियो। फिल्म अति नै सफल भयो तर स्वेतालाई त्यस कुराले केही मात्रमा पनि खुशी बनाउन सकेन। स्वेता भन्छिन् 'त्यस बेला म आफै होसमा थिइनँ फिल्मको सफलताले मलाई कुनै पनि कुरामा खुसी बनाउन सकेन।'
पतिको मृत्युपछि लगभग १ बर्षसम्म स्वेताले आफूलाई नियन्त्रणमा लिन पनि सकिनन्। उनले लगातार १ बर्षसम्म डिप्रेसनको औषधी खाइन्। भन्छिन् 'यो अवस्थामा आउँछु होला जस्तो लाग्दैन थियो।' उनी उपचारका लागि अमेरिका जाँदा एउटा कार्यक्रममा सहभागी भइन्। त्यहाँ उनले दर्शकको अत्यधिक माया पाइन्। त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिन थालिन्। कार्यक्रममा जादा दर्शकले देखाएको मायाले उनलाइ केही हदसम्म जिउने हौसला मिल्यो। 'मलाई मेरा दर्शकहरुले एकदमै माया गर्नुहुँदो रहेछ म उहाँहरुके कारण अहिले यहाँ छु' स्वेताले भनिन्।
फिल्म निर्माण र समाजसेवा स्वेता खड्का अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि सहभागी छन्। अहिले उनले सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्न थालेकी छन्। भूकम्प गएको दुई वर्ष पुग्न लागिसक्दा पनि पीडितहरु सामान्य टहरामा बसिरहनुपरेकाले बस्ती निर्माण गर्न लागेको उनले बताइन्। ' मैले भूकम्पको बेला पनि केही मात्रमा सहयोग गरेको थिएँ, तर त्यो केही समयको प्रयोगका लागि मात्र भयो अब भने सँधै प्रयोग गर्न मिल्ने गरी दिगो निर्माण गर्ने सोच राखेर यो काम सुरु गर्न लागेको हुँ' स्वेताले भनिन्। त्यहाँ उनले ६२ घरहरु निर्माण गर्नेछिन्।






























