सिन्धुली, फागुन १६ - सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।
जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।
पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ ।
गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन ।
गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो ।
निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयोे ।
उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो ।
सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो ।
काठमाडौँ - नान्सी एच रोथस्टेन निदाउन नसक्नु अहिले विश्वमै आमसमस्या बन्न थालेको छ । ७६ प्रतिशत अमेरिकी अहिले पनि आरामदायी निद्राको भोको रहेको नेसनल कन्जुमर रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनले देखाएको छ ।
कम्प्युटर, ल्यापटप, स्मार्टफोन र टिभीजस्ता उपकरणले मानिसको निद्रा नराम्रोसाग खल्बल्याउादा करिब १० करोड अमेरिकी राम्रोसाग निदाउन सकेका छैनन् । जसले गर्दा धेरैलाई मधुमेह, मोटोपन, मुटुरोग तथा डिप्रेसनले सिकार बनाएको छ । दिनप्रतिदिन विकराल बनिरहेको अवस्थामा द स्लिप एम्बेस्डरमा कार्यरत निद्रा विशेषज्ञ नान्सी एच रोथस्टेनले दिएका केही सुझाब यस्ता छन् :
- आफ्नो सुत्ने समयभन्दा एक घन्टापहिले नै कुनै पनि इलेक्ट्रोनिक उपकरण चलाउन आफैँलाई बन्देज गर्ने । यसको अनुसरण गर्दा ग्याजेटसँगको अन्तक्र्रिया र त्यसबाट निस्कने निलो प्रकाशले मस्तिष्कमा पार्ने तनाव कम भई आराम मिल्छ । शयनकक्षमा रहेको टेलिभिजनले सुत्ने बानीमा नकारात्मक प्रभाव गर्ने पाइएको छ ।
- शयनकक्षलाई सहायक कार्यालय वा मनोरञ्जन केन्द्र नभई निद्राको मन्दिर बनाउनु राम्रो हुन्छ । रक्सीले निदाउन सहयोग गर्ने र मीठो निद्रा पर्ने सोच्नुभएको छ भने त्यो भ्रम मात्रै हो । कतिपयलाई सुरुसुरुमा मादकपदार्थको सेवनले चाँडै निदाउन सहयोग गरे पनि पछि यसले निद्रा–चक्रमा व्यवधान उत्पन्न गराउँछ ।
- दिनभर ताजा र स्फूर्त भइरहन भन्दै चिया, कफीलगायत क्याफिनयुक्त पेय पिउँछन् । तर, त्यसबाट प्राप्त हुने क्याफिन लामो समयसम्म शरीरमा रहिरहन्छ । नेसनल स्लिप फाउन्डेसनका अनुसार कफी पिएको ६ घन्टासम्म पनि आधाजति क्याफिन शरीरमै रहन्छ । जसका कारण निद्रा खल्बलिन सक्छ ।
दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहार चमकदार हुन्छ र यसका फाइदै फाइदा हुन्छन् भन्ने सोँच्नुभएको छ भने होसियार ।
दिनहुँ दाह्री जुँगा खौरिनु तपाइँका लागि हानिकारक हुनसक्छ । दिनहुँ दाह्रीँजुँगा खौरिनाले अनुहारको छालामा पार्ने असर र दाह्रीजुँगा खौरिने उत्तम तरिका यस्ता छन्ः
दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहारको छालामा रहेको प्राकृतिक तैलीय पदार्थ अर्थात् नेचुरल आयल नष्ट हुन्छ । त्यसैले हप्तामा बढिमा ५ पटक सम्ममात्र दाह्रीँजुँगा खौरिनुपर्छ ।
दाह्री खौरिनुअघि अनुहार चिसो पानीले धुनु हुँदैन ।
यसो गर्दा रौँ का छिद्रहरु संकुचित हुन्छन् र राम्रोसँग दाह्री खौरिन पाउँदैन ।
मनतातो पानीले अनुहार धोइसकेपछि ग्लिसरिनयुक्त मोइस्चराइजर लगानुहोस् । जसले आरामदायी तबरबाट शेविंग हुन्छ र छालामा जलन हुँदैन ।
हलुका तवरले सेविंग गर्नुहोस् ।
रेजर तथा ब्लेड बढि रगड्नाले काट्ने तथा दुख्ने समस्या हुन्छ ।
समयमै ब्लेड परिवर्तन गर्नुहोस् । कम धारिलो वा खिया लागेको ब्लेडले दाह्री खौरिँदा घाउ हुने तथा रोग लाग्ने डर हुन्छ ।
१. महिलामा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढी भयो भने शरीरका विभिन्न भागमा पुरुषको जस्तै बाक्ला रौँँ आउँछन् । टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषमा बढी हुने यो हर्मोन महिलामा पनि केही मात्रामा हुन्छ । महिलामा यसको मात्रा बढ्न गयो भने पुरुषमा जस्तै रौँ पलाउन थाल्छन् । टेस्टोस्टेरोन हर्मोन बढ्दा महिलामा दाह्रीजुँगा आउने, छाती तथा यौनांगमा धेरै रौँ आउने हुन्छ ।
२. पोलिसिस्टिक सिन्ड्रोमका कारण पनि महिलाको शरीरमा पुरुषमा जस्तो रौँ देखा पर्छन् । महिलाका सेक्स हर्मोन एस्ट्रोजिन र प्रोजेस्टेरोनको सन्तुलन गुम्नुलाई पोलिस्टिक सिन्ड्रोम भनिन्छ । यसले महिलाको महिनावारी प्रक्रिया, गर्भधारणलगायतमा त असर पार्छ नै अनावश्यक रौँ पनि उमार्न भूमिका खेल्छ ।
३. महिलाको डिम्बाशयमा कुनै ट्युमर छ भने पनि शरीरमा धेरै रौँ उम्रिने हुन सक्छ । ट्युमरको असर रौँमा देखिएको हुन सक्छ ।
४. पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथिपट्टि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामको अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।
उपचार
महिलाको शरीरमा बढी रौँ उम्रिने समस्या देखिएमा दुई किसिमले उपचार गर्न सकिन्छ । एउटा हार्मोनल उपचार हो भने दोस्रो लेजर उपचार । एउटा मात्रै उपचार गरेर समस्या समाधान हुँदैन । लेजर प्रविधिद्वारा रौँ हटाइसकेपछि हार्मोनको पनि उपचार गर्नुपर्ने हुन्छ । उपचारपछि हार्मोनको असर देखिन ५–६ महिना लाग्छ । ट्युमरको समस्या हो भने बेग्लै उपचार आवश्यक पर्छ ।
धेरैजसोले यौनसम्पर्क भन्नाले योनि-लिङ्ग मैथुनलाई मात्र बुझछन्। यौनसम्पर्क योनि-लिङ्ग मात्र नभई मुख-मैथुन वा गुदा-मैथुन पनि हुनसक्छ।
सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदा- मैथुन भनिन्छ। धेरै मानिस गुदामैथुनलाई समलिङ्गी यौन व्यवहार मान्छन् तर वास्तविकता के हो भने यो समानलिङ्गी व्यक्ति तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाबीच पनि हुन सक्छ। वैवाहिक जोडीको बीचमा पनि यस्तो यौनव्यवहार देखिन्छ।
मानिसहरू किन गुदामैथन गर्छन् ?
यो कुराको जवाफ प्राप्त गर्न सजिलो छैन, तर भिन्न भए पनि यो प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार नै हो भन्ने मान्यता छ। फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरको अन्य अङ्गभन्दा बढी यौन संवेदनशील हुन्छन्। योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्। अर्को कुरा, प्रोस्टेट अर्थात् पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडि हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रूपमा पौरुष ग्रन्थिको घर्षण हुन्छ। यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ। गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई बलब भिचयतष्अष् भनिन्छ।
लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई बलब यिचनबsm भनिन्छ। अर्कातिर, कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एक विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन्। गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनेर मानसिक रूपमा रोमाञ्च लिने चलन पनि छ।’
गुदामैथुन गर्दा पर्ने असर ?
यदि आफ्नो साथीमा कुनै संक्रमण छ भने कुनै पनि यौनसम्पर्कमा जस्तै रोग सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुनबाट पनि सर्न सक्छन्। एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि-लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमपूर्ण मानिन्छ। त्यसो हुनुको कारण गुदानलीबाट योनिको जस्तो रस निस्कँदैन र त्यसको भित्री छालापनि पातलो र कमलो हुने भएकाले यौनसम्पर्कले चोट पुर्याउँछ र सजिलै रोगको संक्रमण हुनसक्छ।
यौन रोगका अतिरिक्त मलाशयमा अन्य रोगका जीवाणु पनि हुन्छन्। यदि दुवै जनामा कुनै यौन रोग छैन भने पनि गुदामैथुन पछि लिङ्ग-योनि मैथुन गरे योनि वा मूत्र प्रणालीको संक्रमण हुनसक्छ। तपाईंले सोध्नु भएको कतै दिसा रोक्न गाह्रो हुन्छ कि प्रश्नमा केही सत्यता छ। तपाईंलाई थाहै होला, ठूलो आन्द्रा वा मलाशयमा भएको दिसा रोक्ने किसिमको संरचना नै मलद्वारमा हुन्छ। मलद्वारमा एउटा गोलाकार मांसपेशी हुन्छ जुन खुम्चिएको अवस्थामा त्यसले मलद्वारलाई पूर्ण रूपमा बन्द गर्छ। यही मांसपेशी प्रयोग गरेर उपयुक्त समय नभएसम्म हामी दिसा रोक्छौं। उक्त मांसपेशी बन्द भएका बेला दिसा बाहिर आउन नसक्ने मात्र होइन, बाहिरबाट भित्र कुनै पनि कुरा सजिलै पस्न सक्दैन। यस्तो बेलामा लिङ्ग पसाउन गाह्रो हुन्छ र पसाउन खोजे पनि पीडा हुन्छ। मांसपेशी संकुचित भएर मलद्वार बन्द भएको अवस्थामा जबरजस्ती लिङ्ग, औंला वा अन्य वस्तु वारम्बार पसाइरहँदा उक्त मांसपेशी कमजोर हुने सम्भावना रहन्छ।
त्यस्तो भए दिसा रोकेर राख्न केही गाह्रो हुन्छ। उक्त मांसपेशीको कसरत गरेर त्यसलाई बलियो बनाउन सकिन्छ, जसले गर्दा समस्या कम हुनसक्छ। तपाइर्ंले प्राकृतिकता हराउने कुरा गर्नुभएको छ। यहाँ के भनौं भने गुदद्वार प्राकृतिक रूपमा यौनसम्पर्कका लागि बनेको अङ्ग होइन। त्यसका अतिरिक्त यसको छाला पनि योनिको तुलनामा निकै पातलो हुन्छ। त्यसैले चोटपटक लाग्न सक्छ।
के-कस्ता सावधानी अपनाउनुपर्ला ?
गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ। बाहिरी मांसपेशीलाई हामीले चाहेअनुरूप संकुचित गर्न वा खोल्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन। लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो गर्न सकिन्छ। गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे उक्त मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ।
गुदामैथुनलाई सुखमय बनाउन गुदद्वारमा लिङ्ग, औंला वा अन्य केही वस्तु ग्रहण गर्ने व्यक्ति र उसको गुदद्वारको मांसपेशी तनावरहित स्थितिमा हुनु आवश्यक छ।
यस्तो स्थितिमा गुदा-मैथुनलाई पीडारहित बनाउन सकिन्छ। कतिपय व्यक्तिले गुदाक्षेत्रमा आफ्नो साथीले खेल्दा वा भनौं सुमसुम्याउँदा औंला वा लिङ्गलाई गुदद्वारमा पसाउँदैन भन्ने कुरामा ढुक्क छ भने तनाव कम हुनुका साथै मांसपेशीको संकुचन पनि कम हुन्छ र यौनआनन्द प्राप्त गर्न मद्दत मिल्छ। योनिमा जस्तो रस नआउने भएकाले पर्याप्त मात्रामा थप चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ। गुदद्वारमा बढी हानिकारक किटाणु हुने भएकाले संक्रमण नसरोस् भनेर कन्डमको नियमित तथा सही प्रयोग गर्नुपर्छ।
योनिमा जस्तो प्राकृतिक चिप्लोपन नहुने भएकाले कन्डमलाई बिगार नगर्ने किसिमको चिप्लो पदार्थ प्रयोग गर्नुपर्ने हुनसक्छ। गुदद्वारमा प्रवेश गराइएको लिङ्ग कन्डम नफेरी त्यसै योनिमा प्रवेश गराउनु हुँदैन, किनभने योनिमा ती जीवाणुबाट संक्रमण हुनसक्छ। जीवाणुहरूलाई कम गर्न गुदद्वार वरिपरी मात्र सफा गरेर पुग्दैन, भित्रतिर सफा गर्ने डूसकै आवश्यकता पर्छ। त्यसो गर्दा पनि जीवाणुरहित बनाउन भने सकिँदैन।
यौन प्रसाधन प्रयोग गरे पनि विशेष सावधानी अपनाउनुपर्छ। आफ्ना यौनअंगहरूमा चोट नलागोस् भनेर पर्याप्तमात्रामा चिप्लो पदार्थ प्रयोग गर्नुपर्छ, साथै ती प्रसाधनको सतह चिल्लो र सम्म परेको (घोच्ने, काट्ने सम्भावना नभएको) हुनुपर्छ। गुदद्वार, मलाशयमा केही समस्या भएजस्तो लाग्यो, पीडा भैरह्यो वा दिसा गर्दा रगत आयो भने चिकित्सकबाट जँचाउनु बेस हुन्छ।
काठमाडौं, फागुन - काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले पुष्टि गरे ।
काठमाडौंमै उक्त भाइरस भएका व्यक्ति भेटिएप्छि डाक्टरहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । अहिले विवाहको लगन भएकाले पनि जमघट धेरै हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च हुने भएकाले रोग फैलन नदिन आफैँले सावधानी अपनाउनुपर्ने डा. पुनको सुझाव छ ।
विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सावधानी अपनाउन डा. पुनको सुझाव छ ।
१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र काम छुटे स्वाइनफ्लू भएको हुनसक्ने उनले बताए । सार्वजनिक ठाउँमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु, साबुन पानीले हातमुख धुन डाक्टरहरुले सुझाव दिएका छन् ।
कण्डमले परिवार नियाेजनका साथै यौन तथा एचअाइभीबाट बचाउँदछ । इसापूर्व १३५० मा इजिप्ट भन्नेदेशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे ।
सन १५६४ मा इटालीदेशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८ औ शताब्दीमा आएर कण्डमको अन्तराष्ट्रियनामाकरण गरिएको, जुन कण्डम आन्द्रा मुख्यतय भेडाको आन्द्राबाटबनेको थियो । विभिन्न धार्मिक संघ, संगठनहरुको बिरोधको बाबजुदपनि कण्डम बजारले व्यापकता पाउँदै गयो ।
१८ औं शताब्दीमा कण्डमविभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो । कण्डम क्याफे,आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोप भरमापाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तरत्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो ।१९ औं शताब्दीको सुरुवात तिर पहिलो पटक गरीव समुदायहरुमा पनिपरिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलककार्यक्रमहरु थालियो ।
विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डमनिर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले । विभिन्नबाधा÷ब्यबधानलाई तोड्दै १९ औं शताब्दीको अन्त्य तिर कण्डमपश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमाविकास भयो ।
१९ औ शताब्दीको अन्त्य तिर जर्मन सैनिकहरुलेआफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे । यता २० औ शताब्दीको सुरु तिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोगसंक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो ।
सन१९२० मा आएर संसार भर कण्डमको प्रयोग दोब्बर भएर गयो ।संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ ।जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसको अलाबा पनिसंयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्रछोपिने कण्डमको प्रयोग हुन्थ्यो । दोश्रो विश्वयुद्धको समय भरीकण्डमलाई चलचित्र , पोस्टर तथा अध्यापनको माध्यमबाट झन्व्यापकता दिइयो ।
दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५–१९६५ मा ४२%अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोगगरेको इतिहास भेटिन्छ । यता वेलायतमा सन् १९५०–१९६० मा ६०%विवाहित जोडीले कण्डम प्रयोग गर्थे ।
सन् १९९५ मा अमेरिकी वजारमाप्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्ककोमाध्यमबाट सर्ने पत्ता लागे पछि त झन् एच आइ भी किटाणु सर्न नदिनेकण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमाअनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ । एउटा अध्ययनले केदेखाउँछ भने सन् २०१५ सम्म १८.६ बिलियन कण्डम आवश्यक पर्ने छ। नेपालमा वि.स. २०३५ सालमा कण्डम, ब्रान्ड नाम “ढाल” राखेरविक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले ।
कण्डमको गुण र स्तरको आधारमा मूल्य पनिफरक फरक पाइन्छन् । कण्डमका प्रकारहरु कण्डम लेटेक्स सिन्थेटिक रबरबाट निर्मित खोल हो जसलाई पुरुष वामहिलाले “यौन सम्पर्क” को बेला परिवार नियोजनको अस्थायीसाधनको रुपमा तथा एड्स तथा यौनजन्य रोगहरु बच्न प्रयोग गर्छन् ।प्रायः कण्डम १७७ एम एम (७ इञ्च) लम्बाई, ४० एम एम (२ इञ्च)गोलाई तथा ०.००१–०.००५ इञ्च वाक्लो हुन्छ ।
प्राकृतिक लेटेक्स कण्डम यस तत्वको प्रयोग गरी बनाइएका कण्डममा अत्याधिक तन्कने गुणविद्यमान रहन्छ । तर यी कण्डमहरु तेलमा आधारित लुब्रिकेन्ट,कुकिङ्ग तेल, स्किन लोसन, कोल्ड क्रिम, बटरमा फुट्ने सम्भावनाअत्यधिक रहन्छ । यस्ता प्रकारका कण्डम प्रयोग गर्दा एलर्जी गराउनेपनि गर्दछन् सिन्थेटिक कण्डम पोलीयुरेथेन, पोलीआइसोप्रितबाट बनेको हुन्छ । यी कण्डमहरु लेटेक्सकण्डम भन्दा राम्रा मानिन्छन् । तेलमा आधारित लुब्रिकेन्टमा पनि यीप्रयोग गर्न सकिन्छन् ।
यी कण्डमको प्रयोगले एलर्जी कम गराउँदछ ।यी कण्डम अलि महँगो हुन्छ । ल्यामस्किन कण्डम भेडाको आन्द्राबाट वनेका हुन्छन् तर यसले यौन तथा एड्स रोगसर्नबाट बचाउदैन तर परिवार नियोजनको साधनको रुपमा भने कामगर्दछ । यी कण्डमबाट एलर्जीको खतरा कम हुन्छन् तर यी महँगा रसजिलैसँग उपलब्ध नहुने कण्डम हुन् । स्परमीसाइडल कण्डम लेटेक्स कण्डममा शुक्रकिट नष्ट पार्ने नोनोजाइनोल–९ नामक रसायनप्रयोग गरिएको हुन्छ । तर यी रसायन तत्वको असर लामो समयनरहने हुनाले यसको खासै फाइदा भने रहँदैन ।
टेक्सचर कण्डम अन्तरगत स्टडेड र रिब कण्डमहरु पर्दछन्, यी कण्डमको प्रयोगले दुवैयौन जोडीमा अझ यौन आनन्द थप्ने काम गर्दछ । रिब अर्थात घेराहरुकण्डमको भित्री र बाहिरी दुवै सतहमा रहन्छन् यी सतहहरुको प्रत्यक्षसम्पर्क ‘जी स्पट’ र ‘फ्रेनुलम’ सँग रहेको हुन्छ । यसले बढी नै यौन आनन्द लिने प्रयोगकर्ताको दावी छ । बुस्टीङ्ग कण्डम सन २०११ को जुन महिनाबाट यस कण्डमले औपचारिकता पाएको छ ।यसले पुरुषमा लिङ्ग उत्तेजना लामो समयसम्म राख्ने र लिङ्गकोआकार समेत बृद्धि गरिदिन्छ । यसले महिलाहरुमा यौन आनन्दथपिदिने जानकारहरु बताउँछन् ।
वास्तवमा यी कण्डमको टुप्पोमा एकप्रकारको जेली प्रयोग गरिएको हुन्छ जसले लिङ्गमा रहेका रक्तनशामारक्तसंचार बढाई दिन्छ जसले लिङ्ग ठूलो तथा लामो समय उत्तेजितरहन्छ । एन्टी रेप कण्डम यो महिलाले प्रयोग गर्ने कण्डम हो । महिलालाई कसैले बलात्कार गर्नेप्रयाश गरेमा यसले बलात्कारीको लिङ्गमा अत्याधिक दुखाई गरिदिन्छजसले गर्दा उ भाग्दछ ।
अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
छोरा जन्माउनका लागि लोग्ने स्वास्नीले के गर्नुपर्छ ? भारतको एउटा पत्रिकाले छोरो पाउने काइदा सुझाएको छ । भारतको केरलामा प्रकाशित हुने मंगलम नामक उक्त पत्रिकाले छोरा जन्माउने उपाय भन्दै विभिन्न टिप्स प्रकाशित गरेसँगै उक्त विषय निकै चर्चा र विवादमा परेको छ । उक्त पत्रिकाले आमा हुने तयारीमा रहेका महिलाहरुले छोरा जन्माउनका लागि प्रसस्त खानेकुरा खानुपर्ने र सुत्दाखेरी चाहीँ पश्चिमतर्फ मुख फर्काएर सुत्नुपर्ने भनी सुझाएको छ ।
बच्चाको लिंग पुरुषको शुक्रकिटको रहेको क्रोमोजोमले निर्धारण गर्दछ । तर त्यो वैज्ञानिक तथ्यलाई नजर अन्दाज गर्दै उक्त पत्रिकाले छोरो पाउने घरेलु उपायका रुपमा विभिन्न ६ वटा सल्लाह (टिप्स) प्रकाशित गरेको छ । पत्रिकाका अनुसार छोराको आमा बन्ने तयारीमा रहेका महिलाहरुले बिहानको खाजा छाड्नै नहुने र शुक्रकिट बलियो हुने हप्ताका केही बारमात्र सेक्स गर्न समेत सल्लाह दिएको छ ।
साथै उसले अमिलो खालका खानेकुरा नखान पनि सुभावएको छ । अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! तर विज्ञहरुका अनुसार शुक्रकिटको शक्ति कम बढि हुनुले बच्चाको लिंगमा असर गर्दैन । जब महिलाको एक्स क्रोमोजोम पुरुषको वाइ क्रोमोजोमसँग मिल्यो भने छोराको भ्रुण बन्दछ, अन्यथा छोरी । -अनलाइन खबर
काठमाडौं, फागुन - महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।
अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले निःशुल्क गर्न लागेको जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी वर्षेनि चार हजार नयाँ रोगी थपिने गर्छन् ।
मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ । मन्त्री खड्काले भने, ‘महिला अनमीमार्फत पहिलो चरणमा सबै महिलाको पाठेघरको बायप्सी परीक्षण गरी क्यान्सरका सिन्ड्रम देखिए नदेखिने व्यवस्था मिलाउन लागेका छौँ, यो कार्य तुरुन्त सुरु हुन्छ ।’ यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन, युन वुमन, अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए ।
हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि दुई अर्ब ४२ करोड रुपैयाँ बजेट रहेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो । सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ ।
बिहानै उठ्ने बितिकै खाली पेट पानी पिउनुका पाँच महत्वपूर्ण फाइदाहरु …..जानिराखौ मानव जीवनका पानीको महत्व धेरै छ ।
हामी पानी त खान्छौं तर, विहान खाली पेट खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ ।खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ । तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् । बिहान उठेर पानी पिउनुका फाइदा –
बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।– बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ । – खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् । – बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन ।
बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ । – बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ
कागती स्वादिष्ट खानाका लागि धेरैले खान्छन् तर थोरैले मात्र स्वास्थ्यका लागि खाने गरेका छन् । स्वास्थ्य रहनका लागि कागती खानुका यस्ता छन् ८ फाइदा
: १. नियमित कागतीपानी सेवन गर्नाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । कागतीले छालामा चमक ल्याउनुका साथै पेटसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
२. तौल घटाउँछ : शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्छ । रगत र कलेजोको कोलोस्टोललाई घटाउछ ।
३. पाचन प्रक्रिया राम्रो बनाउँछ : कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ ।
४. अम्लियपनले क्षार बढाउँछ : कागती खाँदा शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । यसले गर्दा विभिन्न सङ्क्रमणबाट बचाउँछ ।
५. श्वास गनाउने समस्या हटाउँछ : कागतीमा सूक्ष्म जीवप्रतिरोधी तत्व पाइने भएकाले श्वासमा हुने दुर्गन्ध हट्नुका साथै मुखमा हुनसक्ने विभिन्न रोगबाट बचाउँछ ।
६. कलेजो र मिर्गौलालाई स्वस्थ्य राख्छ : कागती पानी पिउँदा कलेजोलाई सफा गर्छ । कलेजोका इन्जाइमहरु कमजोर भएका ऊर्जा प्रदान गर्दै रगतको उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।
७. क्यान्सर लग्नबाट बचाउँछ : पर्याप्त भिटामिन सी र एन्डिअक्सिडियन्टयुक्त कागतीको सेवनले शरीरमा भएका अनाआवश्यक तत्वलाई नष्ट गर्छ र क्यानसर हुने खतराबाट बचाउँछ ।
८.स्वस्थ शरीर : पर्याप्त पोटासियम भएको कागती पानी पिउँदा रक्तचापलाई नियन्त्रणमा राख्छ र दिमागलाई स्वस्थ राख्न सहयोग गर्छ ।
करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । यो खाएपछि सजिलै पच्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो । यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले त डिप फ्राइ गरेर करेला खाने गरेका छन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।
करेला खानुको फाइदा
१. कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ । २. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।
४. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।
५. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
६. करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ ।
७. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।
८. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।
निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो ।
मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका (डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी) हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनतनाव बढाउँछ भने अर्कोतिर यस अवस्थामा वीर्यको पनि उत्पादन हुन थाल्छ । अनि वीर्यले स्वाभाविकरूपमा बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौनतनाव बढ्न थाल्छ । यसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो ।
हस्तमैथुन वा यौनसम्पर्कबाट यस्तो अवसर मिल्न नसकेको स्थितिमा व्यक्तिले यौन–सपना देख्छ । अनि पुरुषको हकमा सपनामै वीर्यस्खलन हुने र यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्ने हुन्छ । महिलाले त्यस्तो सपना देखेको खण्डमा पनि योनिश्राव हुने र चरमसुख प्राप्त गर्ने हुन्छ । यौन तनावलाई शान्त पार्न गरिएको प्रयास वा क्रियाकलाप पर्याप्त नहुन पनि सक्छ । यौन तनाव शान्त पार्ने अर्को उपाय नभएको वा नगरिएको स्थितिमा त्यसलाई कम गर्न प्रकृतिले नै दिएको यो यौन–सपना एक स्वाभाविक कुरा हो ।
अर्कोतिर यौनसम्पर्क वा हस्तमैथुन सामान्यरूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । केहीमा पर्याप्त र नियमितरूपमा हस्तमैथुन वा यौनसम्पर्क गरिएकै अवस्थामा पनि यौन–सपना निरन्तर देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले यौन–सपनालाई ‘टेस्टेस्टेरोन’ नामक हर्मोनको शरीरमा हुने मात्रासँग यौन–सपना देख्ने वा नदेख्ने कुरालाई जोडेका छन् ।यौन–सपना देख्ने व्यक्तिमा ‘टेस्टेस्टेरोन’ को मात्रा बढी हुने देखिएको छ ।
यौनको दृष्टिकोणले स्वस्थ व्यक्तिमा यो हर्मोन हुन्छ नै तर पनि कुनै व्यक्तिले यौन–सपना नै नदेख्न पनि सक्छ । यौन–सपना देखेर निद्रामै यौन चरमसुख पाउनु अनि यौन–सपना नै नदेख्नु दुवै प्राकृतिक कुरा हो । एजेन्सीको सहयोगमा
शरीरमा चिलाउने, रातो–रातो सानो फोका आउने गरेको भएमा त्यसलाई एलर्जी भनिन्छ। कसै–कसैको त्यो फोकाहरू बढ्दै जाने अनि कहिलेकाँही घाउ हुने समस्या हुन्छ। शरीर चिलाउनु र रातो–रातो साना फोकाहरू आउने सबैभन्दा बढी एलर्जी हुँदा हुनेगर्छ। कुनै छालाकै रंगको पनि हुनसक्छ कुनै रातोरातो पनि हुनसक्छ । यसलाई नै एलर्जी भनिन्छ। हामीले खाएको खानादेखि लिएर आन्तरिक वा बाह्य रुपमा प्रतिक्रिया भई शरीरमा बेचैनी हुनु सामान्य भाषामा एलर्जी हुनु हो। एक वा विभिन्न बाह्य कारणले एलर्जी हुन सक्छ।
एलर्जी एउटा क्षणिक समस्या भए पनि कतिपय अवस्थामा यसका कारण ज्यान नै जोखिममा पर्न सक्छ। एलर्जीको खास कारण नै शरीरमा प्रतिकूल प्रतिक्रिया हुनु हो। खानेकुरा, प्रयोग गर्ने सामग्रीदेखि वातावरण र मौसमले समेत एलर्जी हुन्छ। शरीरको कनै तत्वको अगेनेष्टमा डेभलप गर्ने इमिनोलोजीकल रियाक्सनलाई मेडिकल भाषामा एलर्जी भनिन्छ।
किन हुन्छ एलर्जी ? एलर्जीको कारण धेरै छन्। संसारमा अहिलेसम्म थाहा पाएको मध्ये झण्डै चार हजार बाहिरी तत्वहरु छन् जसले गर्दा एलर्जी हुन्छ। यी तत्वहरु मध्ये जुन कुनैले पनि मान्छेलाई एलर्जी हुन्छ तर सबै मान्छेलाई एलर्जी हुन्छ भन्ने छैन। कोही मान्छेलाई केही कुराले एलर्जी गर्छ कोहीलाई केही कुराले एलर्जी गर्छ। एलर्जीको कारण धेरै छ। धेरै भन्दा भन्दै पनि सबैभन्दा बढी एलर्जीको कारण के हो त? कुनै खानेकुरा हुन सक्छ कुनै लगाउने कुरा हुनसक्छ कुनै इन्जेक्सन लगाएको हुन सक्छ । पेटमा जुका परेर हुनसक्छ । कहिले संक्रमणले पनि हुन सक्छ। सुई लगाउँदा अथवा कुनै किराहरूले टोक्यो भने पनि एलर्जी हुन्छ।
पेटमा जुका परेको छ भने पनि एलर्जी हुन्छ। बाहिर हिड्दा धुलो मैलोले पनि एलर्जी हुन्छ। फुलहरूको कणले पनि एलर्जी हुन्छ जसलाई हामीले देखेका हुँदैनौं सुक्ष्म खालका कारण कणहरू हुन्छन् यसले पनि एलर्जी गराउँछ। कुनै पनि कुरालाई हुन्छौ भने, कुनै चिज हाम्रो शरीरको सम्पर्कमा आउँछ भने पनि यस्तो हुन्छ। सबैभन्दा बढी एलर्जी गराउने मध्ये डिटरजेन्स एउटा कारण हो। साबुन, सरफ, लुगा धुने पाउडरले सबैभन्दा बढी एलर्जी गराउँछ। कुनै पनि प्रकारको केमिकलले पनि एलर्जी गराउँछ। घडीका कारण एलर्जी हुनसक्छ। कानको मुन्द्राले पनि एलर्जी गराउँछ। गहना नक्कली छ भने पनि एलर्जी हुन्छ।
कहिले काही परफ्यूमले एलर्जी गराउँछ। कस्मेटिक सामग्रीमा प्रयोग हुने रसायनहरुले छालामा फोका, पसिना आउने र अनुहार रातो भएर सुन्निने गर्छ । कतिपए कस्मेटिक सामानले एलर्जी गराउँछ। अनुहारमा लगाउने क्रिम पाउडरले पनि एलर्जी गराउँछ। कपालमा रंग लगाउँदासमेत एलर्जी हुनसक्छ।
औषधिले पनि एलर्जी गराउँछ मनिस सधै सञ्चो कोही पनि हुँदैन। बिरामी भएपछि औषधि खानै पर्यो। मान्छेलाई सबैभन्दा बढी एलर्जी गर्ने भनेको खाने औषधिले पनि हो। यसमा भन्नै पर्ने एउटा कुरा छ। मान्छेले जुन दिन औषधि खान्छ त्यही दिन एलर्जी हुन्छ भन्ने छैन। मान्छेले भन्ने गर्छ मलाई एलर्जी हुने भए पहिला किन भएन? औषधि खाएको वर्षो भयो तर अहिले किन भयो भन्छ? त्यो कुरा बुझाउँन एलर्जी किन हुन्छ बुझ्न जरूरी छ। कोही मान्छेलाई सुरूमा एलर्जी नहुन पनि सक्छ। धेरै समयपछि पनि हुन सक्छ।
एलर्जीबाट कसरी जोगिने? उपचार के हो? एलर्जी भयो भनेर जसले पनि भन्दिन सक्छ। रातो रातो फोका देख्यो चिल्चिलायो भने एलर्जी भयो भनेर भन्न सकछ। कहिलेकाँही एलर्जीले गर्दा स्वास फेर्न गाह्रो हुन्छ अनि तुरून्तै अस्पताल जाने पनि हुन्छ। एलर्जी भयो भन्न सजिलो छ तर एलर्जीको उपचार गर्न गाह्रो छ। सबैभन्दा पहिला उपचार गर्नुभन्दा केले गर्दा एलर्जी भएको हो भन्ने थाहा भएमा यसको जस्तो सजिलो उपचार केही पनि छैन। तर, यति धेरै एलर्जीका कारणहरु छन् जुन पत्ता लगाउन कठीन छ। यसका लागि हामी बिभिन्न परिक्षणहरू गर्छौ। कहिलेकाँही रगतको परीक्षण गर्छौ ।
कहिले एलर्जी प्याथचेस्ट गर्छौ। यो एलर्जी पत्ता लगाउने एक प्रकारको प्रविधि हो। प्याथचेस्ट गरेमा एलर्जी कहाँ छ भन्ने त पत्ता लाग्नसक्छ। यसको पनि नराम्रो पाटो छ। सबै कारणहरुको परीक्षण गर्न सकिदैन। हामीले केही साझा कुराहरुको मात्रै परिक्षण गर्न सक्छौं। यसअर्थमा यसको उपचार कठिन पनि छ। एलर्जीको कारण पत्ता लगाउन कहिलेकाही बिरामीले पनि निकै सोच्नुपर्छ डाक्टरहरुलाई पनि पत्ता लगाउन कठिन हुन्छ। आफूलाई थाहा भए पछि त्यो कुराको नजिक आउन भएन। यदी सकिन्छ भने गर्ने हो कतिपय कुरा यस्ता हुन्छन् जुन हामीले रोक्न सक्दैनौं। नेपालीलाई भातमा एलर्जी भयो भने के गर्ने?
कसैलाई रोटीमा एलर्जी हुनसक्छ। यस्तो बेलामा उपचारको पाटो अलग हुन्छ। यसको उपचार एलर्जी जे कुराले गरेको छ त्योबाट बच्ने र बचाउन कोशिश गर्ने नै ठूलो कुरा हो । कहिलेकाँही यसोगर्दा पनि सकिदैन। काठमाडौंका मानिसलाई धुलोबाट बच भनेर सकिदैन। त्यस्तो बेलामा केही औषधिहरू प्रयोग गर्न पनि सकिन्छ। कर्टीको स्टोरेन्स भन्ने मलम हुन्छ। त्यस्तै मोस्सीलाइजर क्रीम लगाएर छालालाई फुस्रो हुन नदिने गर्नुपर्छ। इमोडेन्ट, कटिकोस्टोरोइड, क्यालामेन्सको लोसन लगाएमा एलर्जी ठीक हुन सक्छ । त्यसपछि पनि भएन भने एन्टी स्टामीन्सहरु खानुपर्छ। चिलाउन कम गर्ने औषधि पनि पाइन्छ। जो मान्छेलाई खाएर, लगाएर एलर्जी कम हुन्छ त्यो त गर्न सकिन्छ तर कहिलेकाही अति संवेदनशील अवस्था समेत आउँछ त्यस्तो बेलामा तत्काल अस्पतालमै जानपर्छ।
काठमाडौंमा बढी हुन्छ एलर्जी धुलोका कणहरु नाकभित्र छिरेर नाक बन्द हुने, हाच्छ्युँ आउने, खोकी लाग्ने र घाँटी खसखस हुनु धुलोको एलर्जी हो । यस्तो समस्याबाट आम सहरिया मानिस र विशेष गरी धुलो धुवाँमा हिँडडुल गर्ने व्यक्ति प्रभावित हुने गरेका छन् । एलर्जी हुने नहुने मान्छे अनुसार भरपर्छ। कसैलाई धुलोले एलर्जी होला कसैलाई नहोला। तर, धुलो साझा कारण हो जसले प्रायः एलर्जी गराउँछ। धेरै कुराले एलर्जी गराउँछ। कतै खाल्डो, कतै हिलो अनि कतै धुलो छ जसले गर्दा एलर्जी हुन्छ।
जो मान्छे गाडीमा हिँडेको हुन्छ उसलाई धुलोले हुने एलर्जी कम हुनसक्छ। तर मोटरसाइकल, साइकल र सार्वजनिक गाडीमा हिँड्ने मान्छेलाई धुलो नखाइ हिड्दैन। यसले गर्दा राजधानीमाल बस्ने धेरैलाई एलर्जी हुन्छ। यस्तै मौसम र वातावरण परिवर्तनसँगै मानिसलाई विभिन्न प्रकारका एलर्जी हुने गर्छ । चिसो मौसम सुरु हुँदा नाकबाट पानी वग्ने, निरन्तर हाच्छ्यूँ आउने गर्छ । त्यस्तै गर्मी मौसममा आँखा रातो हुनु, अनुहारमा डावर आउनु, छालाको कत्ला परिवर्तन हुने गर्छ। यो पनि एउटा एलर्जीको कारण हो।ब
महिलाहरु गर्भवती भएपछि छालामा निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए, च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म रहन सक्छ । यसले महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्तो समस्याबाट छुटकरा पाउन निम्न उपायहरु अपनाउन सकिन्छ ।
चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्ने । त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्ने र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने । १० मिनेटपछि त्यसलाई पखाल्ने । यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ।
आलु आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले आलुलाई काटेर मोटो चिरा बनाउने र त्यसलाई दागमा दल्ने । केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्। सुपारी सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्।
ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउने । त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्न सकिन्छ । राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ । खत नहराउञ्जेलसम्म यो विधि अपनाउनु पर्छ ।
अण्डाको सेतो भाग उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ।
घिउकुमारी घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सकिन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।
बुढापाकाले भन्ने गरेको ‘घामपानीको शरीर’ कहिले काहीँ तलमाथि त परिरहन्छ । शरीरले आफूलाई सँधै स्वस्थ महसुस गर्दैन ।
कहिलेकाँही शरीर कमजोर र आलस्यको पोको बनिदिन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस्ः
१. दैनिक पालकको सागको एक गिलास जुस पिउँदा शरीरलाई ऊर्जा मिल्छ ।
२. एक गिलास दूधमा एक चम्चा मह र थोरै बेसार मिलाएर नियमित खाँदा कमजोरी हट्छ ।
३. बिहान र साँझ दैनिक दुई कोसा केरा दूधमा मिसाएर खाँदा कमजोरी हराउँछ ।
४. अनारको गेडा सुकाएर पिसेको धुलो बिहान र बेलुका एक–एक चम्चा नियमित खाँदा शरीरले शक्ति प्राप्त गर्छ ।
५. चार–पाँच वटा छोकडा, दुई–तीन वटा काजु, दुई वटा बदाम मिसाएर एक गिलास दूध उमाल्ने र त्यसमा एक चम्चा मिश्री मिसाएर नियमित पिउँदा कमजोरी हुँदैन ।
६. अमलाको धुलोलाई मिश्रीको धुलोसँग मिसाएर दैनिक सुत्नुभन्दाअघि एक चम्चा पाउडर खाने ।
७. एक गिलास दूधमा एक चिया चम्चाको चार भागको एक भाग दालचिनीको धुलो र एक चम्चा मह मिसाएर खाँदा शरीरमा स्फुर्ती आउँछ ।
८. साँझ पाँच चम्चा चनाको दाल एक गिलास काँचो दूधमा भिजाउने र बिहान मिश्री र किसमिस मिसाएर दैनिक पिउँदा शरीरको कमजोरी हराउँछ ।
९. दुई चम्चा मेथी पाँच घण्टासम्म पानीमा भिजाउने । भिजेको पानीलाई उमालेर दुई चम्चा मह मिसाएर नियमित खाँदा फाइदा पुग्छ । १०. खाना खाएपछि दैनिक एक कप अंगुरको ताजा जुस खानाले शरीर फुर्तिलो बन्छ । स्वास्थ्य खबरबाट ।


















