अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् ।
कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् । घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् । कान्सास सिटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए । त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए ।
भारतीयहरूलाई बचाउने क्रममा अमेरिकी नागरिक इयान ग्रिलोट पनि घाइते भएका थिए । घटनापछि भागेका प्युरिन्टन ९० माइल टाढाको मिसौरीको क्लिन्टनस्थित रेस्टुरेन्ट पुगेर रक्सी पिउँदै आफूले मध्यपूर्व मूलका दुई मानिसको हत्या गरेको र लुक्ने ठाउँ चाहिएको बताएका थिए । उक्त रेस्टुरेन्टका कर्मचारीको सहयोगले घटनाको ६ घण्टापछि उनी पक्राउ परेका थिए । आक्रमणकारी प्युरिन्टन अमेरिकी जलसेनाका पूर्वकर्मचारी हुन् । संघीय गुप्तचर ब्युरोका एरिक ज्याक्सनले उक्त घटना नागरिक अधिकारको उल्लंघन या जातीय आक्रमण भए/नभएकोबारे अनुसन्धान भइरहेको बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरूले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै यो आक्रमण जातीय आक्रमण भएको जनाएका छन् । दुई भारतीयलाई मध्यपूर्व मूलका मानिस सम्झेर आक्रमण गरेको अनुमान गरिए पनि यसबारे प्रहरीले केही भनेको छैन । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले उक्त हत्या जातीय आक्रमण भएको बारे प्रतिक्रिया दिन अस्वीकार गरे । घटनाको भारतले भत्र्सना गरेको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएकी छन् । भारतले श्रीनिवासको शवको व्यवस्थापनका लागि दूतावासका दुई अधिकारी कान्सास पठाएको छ । आजको कान्तिपुरमा खबर छ ।
फागुन १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ ।
कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनुभएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्दै ट्रम्पले आफूले जहिले पनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले नराम्रा मानिसलाई अमेरिका भन्दा बाहिर राख्ने विषयलाई पनि प्राथमिकता दिनुभयो । उहाँले इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने गरी तयारी गरेको पनि बताउनुभयो ।
अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो । तर टिल्लर्सन र केलीले आफ्ना समकक्षीसँगको भेटमा सीमामा बनाउने भनिएको पर्खालका विषयमा कुरा नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो राष्ट्रपति ट्रम्पले भने भन्दा धेरै बढी हो ।
चुनावी अभियानदेखि नै ट्रम्पले पर्खाल बनाउनका लागि १२ अर्ब डलर लाग्ने बताउँदै आउनु भएको छ । ट्रम्पले पर्खाल निर्माणका लागि मेक्सिकोले पनि लगानी गर्नु पर्ने बताउनुभएको छ । तर मेक्सिकोका राष्ट्रपति इन्ड्रिक पेनाले अस्वीकार गर्नुभएको छ । पर्खाल निमार्णका लागि राष्ट्रपतिले कांग्रेसको स्वीकृति लिनु पर्छ । त्यो प्रक्रिया सजिलो भने छैन ।
१४ फागुन, काठमाडौं - अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् ।
कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका कान्तिपुर दैनिकमा समाचार छ ।
घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् । कान्सास सीटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलार्इ उद्धृत गर्दै जनाएअनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए ।
न्होमपेन्ह, १३ फागुन - क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ ।
फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा उनलाई सो जेल सजाय भएको हो । गत हप्ता भएको अदालतको फौजदारी सुनुवाइमा पूर्वी प्रे भेङ्ग प्रान्तका बासिन्दा भेन सोफेप नामक ती व्यक्तिलाई दोषी मुकर्रर गरिएको थियो । उक्त युवकले तीन दशकभन्दा बढी सयमसम्म कम्बोडियामा एकछत्र कठोर शासन गर्न सफल प्रधानमन्त्री हुन् सेन विरुद्ध फेसबुकमा धम्कीका शव्दले भरिएका ‘हुन् सेन आज तेरो मृत्युको दिन हो’ ‘खमेर बालबालिकाको कर्तब्य भियतनामी जनताको शिरच्छेदन नै हो’ जस्ता उग्रवादी नारा लेखेर आफ्नो फेसबूक एकाउन्टमा पोस्ट गरेका कारण गत अक्टोबर महिनामा ती युवकलाई पक्राउ गरी देशद्रोहको मुद्दा चलाइएको थियो ।
मुद्दा चल्दै गएकोमा, प्रधानमन्त्रीलाई मार्ने प्रपन्च रचेको, जनता जनताबीच शत्रुता उत्पन्न गराई देशद्रोह गरेको भन्ने आरोपमा उक्त युवकलाई दुई वर्षको कारावासको सजाय तोकिएको न्होमपेन्ह अदालतका न्यायाधीश ली सोक्लेङ्गले बताए । प्रधानमन्त्री हुन् सेनको शासनकालमा भ्रष्टाचार मौलाएको र मानवअधिकारको ब्यापक दुरुपयोग भएको भन्ने आरोपमा हिजोआज क्याम्बोडियाका युवा पुस्ता ६४ वर्षीय प्रधानमन्त्रीसँग रुष्ट छ ।
फेसबूकजस्ता सामाजिक सञ्जालमा विश्वभरीका मानिसले सामान्य आक्रोश प्रकट गर्ने खालका साधारण शव्दहरु पोस्ट गर्छन्, उनीहरुको खास त्यस्तो कुनै कुत्सित उद्देश्य हुँदैन, तर यहाँ यस्तो सामान्य आक्रोश पोखेकै भरमा यसरी दुइदुई वर्षको जेल सजाय तोक्नु क्याम्बोडियाको अदालतको चरम अन्याय र जनताउपर कठोर ज्यादति हो भनी क्याम्बोडियाको मानवअधिकार संस्थाःक्याम्बोडियन सेन्टर फर ह्युमन राइट्सका कार्यकारी निर्देशक चाक सोफेपले अदालतको फैसला उपर आलोचना गरेका छन् । एएफपी
मोसुल - अमेरिकी समर्थनको इराकी गठबन्धन सेनाले इस्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेको मोसुल सहरस्थित विमानस्थल बिहीबार आफ्नो कब्जामा लिएको छ ।
हवाई कारबाहीमा विमानस्थल आसपासमा रहेका आइएसका सैन्य अखडामा पनि भीषण गोलाबारी गरिएको छ। इराकको सरकारी टेलिभिजनले दिएको जानकारीअनुसार इराकका सबै सुरक्षा संयन्त्रले संयुक्त रूपमा मोसुल विमानस्थलमा आक्रमण गरेका थिए ।
गठबन्धन सेनाले गत महिना मोसुल सहरको पूर्वी भागबाट आइएसलाई धपाएको थियो । इराकी सेनाले विमानस्थल र त्यस नजिकै रहेको अल गाजलानी सैन्य अखडामा नियन्त्रण गर्न सफल भएको छ । यी भाग इराकी सेनाको नियन्त्रणमा आएपछि गठबन्धन सेनालाई मोसुलको पश्चिमी क्षेत्रमा आक्रमण सहज हुने बताइएको छ । उक्त क्षेत्रमा आइएसको तालिम केन्द्र पनि रहेको छ ।
सन् २०१४ को जुनमा आइएसले मोसुल कब्जा गरेको थियो । त्यसै बेलादेखि विमानस्थल र सैन्य तालिम केन्द्र आइएसले कब्जामा परेको थियो । मोसुल सहरबाट आइएसलाई धपाएपछि इराकमा आइएसको अस्तित्व समाप्त हुने सैन्य विश्लेषकहरूको भनाइ छ ।
बिहीबार गरिएको आक्रमणमा १ लाखभन्दा बढी इराकी सैनिक, कुर्द लडाकर र सिया लडाकु सहभागी थिए । पश्चिमी मोसुलमा करिब ६ लाख सर्वसाधारण फसेका छन् । आइएसले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गर्ने गरेको छ ।
बलिउड सुपरस्टार शाहरुख खान फेरि एकपटक सानो पर्दामा देखिने भएका छन् । उनी कुनै शोमा आफ्नो फिल्मको प्रमोसनका लागि आउन लागेका होइनन्, बल्कि आफ्नै शो लिएर आउनेछन् ।
शाहरुखले ‘टेड टक्स-नई सोच’ नामको कार्यक्रम लिएर टेलिभिजनमा आउन लागेका हुन् । यस कार्यक्रम कहिलेबाट सुरु हुनेछ भनेर खुलासा गरिएको छैन । पहिलो एपिसोडको विषय पनि गोप्य राखिएको छ । यति मात्रै जानकारी प्राप्त भएको छ कि यस शोको पहिलो एपिसोडमा एक पुरुष र एक महिला स्पिकर हुनेछन् । एउटा पत्रकार सम्मेलनमा शाहरुखले भने, ‘मेरो बिचारमा टेड टक्सले भारतभरीका मानिसहरुलाई प्रेरणा दिनेछ ।
यो एउटा09यस्तो अवधारणा हो जसमा म डुबेको महसुस गर्न सक्छु । मलाई लाग्छ मिडिया मात्रै एउटा माध्यम हो जसले परिवर्तनका लागि तपाईंलाई प्रेरित गर्न सक्छ । यो शोमा फरक सोचमाथि चर्चा र छलफल गरिनेछ ।’ शाहरुखको शो भिडियो सीरिज टेडटक्समा आधारित छ जसमा अलग-अलग क्षेत्रका मानिसको जिन्दगीसँग जोडिएका समस्याहरुलाई उजागर गरिन्छ । भिडियो सिरिजमा कयौं क्षेत्रका मानिसहरु स्पीकरका रुपमा आएर आफ्नो दृष्टिकोण प्रस्तुत गर्छन् ।
टेडको फुल र्फम टेक्नोलोजी, इन्टरटेनमेन्ट र डिजाइन हो । शोको आधार पनि यिनै तीन चिज हुने बताइएको छ । यसअघि कौन बनेगा करोडपतिको एउटा सिजन सञ्चालन गरेर फ्लप भएका शाहरुखले नयाँ शोबाट कति सफलता हासिल गर्ने हुन् हेर्न बाँकी छ । -एजेन्सी
एजेन्सी - फेसबुकका संस्थापक मार्क जुकरवर्गकी पत्नी चान जुकर्वगले घर नहुनेहरुका लागि आवास संकट राहत अभियान सुरु गरेकी छन्। चानले ३.६ मिलियन डलर दान गर्दै सो अभियानको सुरुवात गरेकी हुन्।
गरिब कामदारहरुको हितमा सानफ्रान्सिस्को उपमहानगरमा बसोबास गर्दै आएका आवास क्षेत्रमा उक्त आवास परियोजा सुरुवात गर्न लागिएको मर्करी न्युजले उल्लेख गरेको छ। फेसबुकको मूख्यालय नजिक रहेको बासोबास गर्ने घरवारविहीनहरुको लागि सामुदायिक कानुनी सेवा परामर्श प्रदान गर्नेछ जसलाई इस्ट पालो अल्टोमा नामले चिनिनेछ। यसको लगात करीब ३१ लाख डलर रहनेछ।
यो लगानीले त्यहाँ बसोबास गर्ने धनीहरुसँग सशक्त रुपमा अदालतमा उत्रिन सहयोग हुने बताइएको छ। उक्त संस्थाले गरीब तथा असहायलाई नि:शुल्क कानुनी सेवा प्रदान गर्नेछ। यसका साथै उक्त पैसाले गरिबहरुको घरभाडामा खर्च गरिनेछ भने कानुनी परामर्श दिने वकिलहरुलाई उपलब्ध गराइनेछ। यो संस्थाले तीन वर्षमा करीब २ हजार ५ सय निवासीहरुलाई राहत पुर्याउने लक्ष्य लिएको छ।
यस्तै करीब ५ लाख डलर युसी बर्कमा आवासका लागि टेर्नर केन्द्रमार्फत लगानी गरिनेछ। उक्त क्षेत्रमा लामो समयसम्म टिक्ने आवास बनाउन यो संस्थाले मद्दत गर्नेछ। टेर्नरले व्यापारिक मोडलबाट संस्थामा फण्ड जम्मा गर्ने तथा गरिबहरुको लागि अचल सम्पतति जुटाउन सहयोग दिनेछ। नीति र पोलिसीका सीजेडआइका अध्यक्ष डेभिड प्लाउफीले लेखेका छन्, 'निम्न आयस्तरका मानिसहरुलाई समुदायमा मानव विकासको क्षमता बढाइनेछ भने उनीहरुको आयस्तर बढाउन समान अवसर प्रदान गरिनेछ। यो नै हाम्रो मिसन हुनेछ।'
काबुल, ५ माघ - अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।
“गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ । रासस÷सिन्ह्वा










