रामेछाप जिल्ला राजधानी काठमाडौंबाट नजिकै रहेर पनि विकास निर्माणको दृष्टिकोणले अझै पछाडि रहेको छ ।
यस बर्ष मात्र रामेछापको सबै गाविसमा सडक पुगेको छ । अझै पनि जिल्लाका आधा गाविस बिजुली बल्न सकेको छैन् । हरेक बर्षको बजेट अधिकाशं सडक निर्माणमा खर्च हुँदै आएको छ । जिल्लामा हाल तीस किलोमिटर मात्र सडक कालोपत्रे छ । बाँकी ११ सय किलोमिटर सडक कच्ची छन् । हिउदको समयमा जसोतसो गाडी गुडे पनि बर्षाको समयमा आधा सडकमा मात्र गाडी सञ्चालन हुने गरेको छ ।
सडक स्वास्थ्य शिक्षा, खानेपानी लगायतको आधारभूत विकास निर्माणको कामले पनि रामेछापमा अपेक्षा गरे अनुसारको गति लिन सकेको छैन् । रामेछाप जिल्लाको विकास कसरी गर्न सकिन्छ ? जिल्लाको विकास गर्ने योजना लगायतको विषयमा रामेछाप जिल्लाबाट एमालेको तर्फबाट समानुपातिबाट सांसद बनेकी कमला घिमिरे सुवेदी जिल्लामा हुने विकास निर्माण कार्यमा संलग्न हुँदै आएकी छिन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिको सदस्य समेत रहेकी सुवेदीसँग जिल्लाको समग्र विकासको बारेमा रामेछाप न्युजले गरेको कुराकानीः–
रामेछापलाई समृद्ध बनाउन पहिलो आधार सडक स्तरउन्नती
रामेछाप जिल्लालाई समृद्ध बनाउने पहिलो आधार सडक नै हो । जिल्लामा सबै क्षेत्रमा सडक पुगेको छ । २ नगरपालिका र ४५ वटा गाविसमा नै सडकले छोएको छ । जिल्लामा ३० किलोमिटर मात्र सडक पिच छ । बाँकी ११ सय किलोमिटर सडक कच्ची छ । सेलेघाटदेखि साँघुटारसम्मको सडक पिच हुने क्रममा छ । खिम्तीदेखि धोवी हुँदै शिरेसेसम्मको सडक पनि पिच हुने प्रक्रियामा छ ।
कोलञ्जोरघाट साँघुटार खिजी चण्डेश्वरी भुसिङगा सडक निर्माणको लागि ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सडक निर्माणको लागि यस बर्ष नै २५ करोड रुपैयाँ बिनियोजन भएको छ । ठेक्का सम्झौता मार्फत अब काम अगाडि बढ्छ । यो सडक निर्माण भएपछि साँघुटारबाट मन्थली आउनु भन्दा खुर्कोटबाट राजधानी आवतजावत गर्न सहज हुन्छ ।
रामेछापसँग जोडने पक्की पुलहरु पनि निर्माण भइरहेका छन् । यसले पनि सहजता बढाउछ । अब सडकको प्राथमिकता छुटयाएर मुख्य सडक पिच गर्ने पहल गछौं । यसो गर्दा रामेछापवासीको दैनिक जीवनीलाई सहज बनाउछ । जिल्लाको विकास गर्न सामुहिकता जिल्लामा हुने विकास निर्माण कसैको निजी हुँदैन । पहल गर्ने छुट्टै कुरा हो । तर विकास निर्माण सबैको साझा हुन्छ ।
जिल्लाको प्राथमिकता निर्धारण गरेर विकास निर्माणका योजना अगाडि बढाउनु पर्छ । सांसदले प्राप्त गर्ने बजेट विनियोजन गरेपनि म आफै पनि धेरै सन्तुष्ट हुन सकेको छैन् । सांसदले बाँडे पनि पैसा राज्यको नै हो । सांसद क्षेत्र विकासको लागि आउने तीन करोड रुपैयाँ पनि आवश्यकताको आधारमा विनियोजन गर्नुपर्छ । रामेछाप जिल्लामा सांसदलाई आएको साढे ८ करोड रुपैयाँ विनियोजन भएको छ । प्राथमिकता निर्धारण गरेर नै विनियोजन भएको छ ।
अधिकांश बजेट सडक निर्माण र स्तरउन्ततीको लागि छुटयाइएको छ । अब सबै गाविसमा बिजुली रामेछाप र मन्थली नगरपालिकाकै बासिन्दा बिजुलीबाट बञ्चित भएको अवस्था छ । अब यो अवस्था अन्त्य हुन्छ । जिल्लामा विद्युतीकरण गर्न बाँकी रहेको सबै गाविसहरुमा कुनै अवरोध नभए र ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गरे अबको दुई बर्षमा सबै गाविसमा बिजुली बल्छ । अब कोही पनि रामेछापवासी अन्धकारमा बस्नु पर्दैन । हिमाल हाइड्रोपावरसँग अधिकार लिन नसक्दा अहिले पनि अन्धकार भोग्न रामेछापवासी बाँध्य छौं । रामेछाप जिल्लाबाट लक्ष्मण घिमिरे सांसद भएपनि भूमिका खेल्न नसक्दा अहिले त्यसको सास्ती रामेछापवासीले खेप्नु परेको छ ।
रामेछापको पानीबाट बिजुली निस्कने अनि जिल्लावासी नै बत्ती बाल्न नपाउने ? जिल्लाको विकासमा राजनीतिक दलका प्रतिनिधिहरुले गम्भीर भएर सोच्नु पर्छ । जनताले तिरेको करबाट आउने बजेट जनताको अत्यावश्यक माग सम्बोधन गर्ने विकासमा खर्च गर्नुपर्छ । जनताको भावना बुझेर काम गर्नुपर्छ अब जनतालाई झुक्याउने छक्याउने जमाना छैन् । जनता निकै सचेत भएका छन् । झुट बोलेर पत्याउदैनन । आश्वासनमाथि धेरै विश्वास गर्दैनन । नेताले गरेको घोषणा व्यवहारमा हेर्न चाहन्छन । जनताले राम्रो नराम्रो काम स्पष्टसँग छुटयाउन सक्ने भएका छन् । विगतमाजस्तो जनता झुक्याउने अवस्था छैन् । जनताले पार्टी र पार्टीमा पनि विकास गर्ने जनताको चाहना र भावना बुझ्ने व्यक्ति छान्ने अवस्था आयो । वास्तविक भुकम्प पीडितलाई राहत दिलाउछौ भुकम्प गएको २२ महिना वितिसकेको छ ।
जिल्लामा यस अवधिमा तीन हजार घर निर्माण भएका छन् । छ हजार भन्दा बढी घर निर्माणको चरणमा छन् । नौ हजार घरको लागि दोस्रो किस्ता माग भएको छ । वास्तविक भुकम्प पीडितले राहत पाउनबाट छुटनु हुँदैन । हामी त्यसमा सचेत छौं । भुकम्पपछिको पुननिर्माणको काम अपेक्षा गरे अनुसार अगाडि बढ्न सकेन । दातृ निकायले दिएको भन्दा पनि सरकारले बिनियोजन गरेको रकम नै खर्च हुन सकेको छैन् । जो वास्तविक भुकम्प पीडित हो उसले राहत पाउनु पर्छ । हामी सचेत भएर लागेका छौं । केही व्यवहारिक र कानुनी जटिलता फुकाउनको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पनि कुरा भएको छ । भुकम्प पीडितको समस्याप्रति हामी गम्भीर छौं । पुननिर्माणमा अनुगमनको खाँचो जिल्लामा पुननिर्माणको कामले केही गति लिएको छ । केही अनुगमन पनि भएको छ । तर पर्याप्त रुपमा अनुगमन हुन सकेको छैन् ।
जिल्लामा जारी रहेको घर निर्माणको काममा प्रभावकारी अनुगमनको खाँचो छ । भुकम्प पीडितहरुको वास्तविकता बुझ्ने र समस्या समाधान गर्न पनि अनुगमन आवश्यक छ । अनुगमन निकै न्युन छ । सांसद,पुननिर्माण प्राधिकरणका जिल्ला प्रमुख, सिडियो, एलडियो सबैको सहभागीतामा अनुगमन हुनुपर्छ । मापदण्ड अनुसार भुकम्प प्रतिरोधी घर निर्माण गरेका भुकम्प पीडितहरुलाई सरकारले एकमुष्ट तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । घर निर्माणमा भुकम्प पीडितहरुले खेप्नु परेको निर्माण साग्रागी ढुवानी, काठ, पानी लगायतको समस्या समाधान कसरी गर्न सकिन्छ ?
भनेर पनि अनुगमन आवश्यक छ । जिल्लामा दक्ष जनशक्ति र आवश्यक कामदार लैजान पनि सरकारले भूमिका खेल्नु पर्छ । रामेछापवासीलाई अब लिफ्टबाटै खानेपानी जिल्ला विकास समिति रामेछापले जिल्लाको २९ वटा गाविसलाई सुख्खाग्रस्त गाविस घोषणा गरेको छ । अहिले पनि सदरमुकाम मन्थली र रामेछाप लगायतका क्षेत्रमा खानेपानीको हाहाकार नै छ । रामेछाप वृहत्त खानेपानी आयोजना पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन् । भुकम्पको कारण अधिकांश खानेपानीको मुहान पनि सुकेका छन् । अब एक मात्र विकल्प भनेको तामाकोसी,सुनकोसी नदी र लिखु खोलाबाट लिफ्ट सिस्टम मार्फत जनतालाई खानेपानी पुर्याउने हो ।
अहिले भुकम्प पीडितले घर निर्माणमा पानीको अभाव झेलिरहेका छन् । कति ठाउँमा त हातमुख चुठने पानी समेत छैन् । जिल्लामै आवश्यक स्वास्थ्य सेवा दिनुपर्छ जिल्लामा स्वास्थ चौकी भएपनि दरबन्दी अनुसार डाक्टर र अनमी नबस्ने समस्या छ । जहाँ दरबन्दी हो त्यहाँ नबसी भनसुनको आधारमा बस्ने संख्या ठूलो छ । आफ्नो कार्य क्षेत्रमा नजाने समस्या छ । स्वास्थ्य मन्त्रालयले भन्दा पनि जिल्ला जनस्वास्थ्य कार्यालयले नै सम्बन्धित दरबन्दी बाहेक अन्यत्र नपठाउने व्यवस्था मिलाउनु पर्छ । सरकारले गाउँमै महिलाहरुलाई स्रोत र साधन सहितको सुत्केरी गराउने व्यवस्था मिलाउनु पर्छ । गाउँगाउँमा आवश्यक उपकरण समेत छैन् ।
दक्ष जनशक्ति पनि पनि छैनन् । जिल्लाका केही स्वास्थ्य चौकी हेर्दा वस्तु बाँध्ने हो मान्छे राख्ने हो ? भन्ने छुटयाउन नै गाह्रो छ । जिल्लामा सहज रुपमाा स्वास्थ्यकर्मी र औषधी पसल छैन । स्रोत र साधनको लागि बजेट पनि आवश्यक छ । यसको साथै भएको स्रोत र साधन अनुसारको सेवा पनि जनतालाई दिनुपर्छ । कृषिमा आनुधिकरण जिल्लामा सिंचाईको अभावको कारण अधिकाशं स्थानमा खेतीपातीको लागि आकाशकै पानीको भर पर्नुपर्ने अवस्था छ । अहिले पनि परम्परागत रुपमा खेतीपाती हुँदै आएको छ । अब समय र परिस्थिति अनुसार गरिरहेको कृषिलाई आधुनिकरण गरी वैज्ञानिक ढंगले कृषिको विकास गर्नुपर्छ ।
जिल्लामा उत्पादन हुने कृषि वस्तुहरुको सम्भाव्यता अध्ययन गरी सोही अनुसारको खेती सञ्चालन गर्नुपर्छ । जिल्लामा उत्पादन हुने जुनार, किबी, सुन्तला, आलु उत्पादनलाई भण्डारण गर्ने व्यवस्था सहित सोच्नु पर्छ । विभिन्न क्षेत्रबाट जंग फुट बोकेर रामेछाप आउने जाने गाडीहरुमा रामेछापबाट उत्पादन हुने खाद्यन्न र फलफुल पठाउने सक्नु पर्छ । पर्यटन क्षेत्रको विकास रामेछाप जिल्लामा पर्यटन क्षेत्रको विकासको लागि प्राकृतिक, सांस्कृति धार्मिक ऐतिहासिक धेरै क्षेत्रहरु छन् । तीन लालको जिल्ला पनि रामेछाप नै हो । जिल्लालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिन्छ । चुचेरको आधा भू–भाग रामेछापलाई सुगम बनाउने नाममा दोलखामाा हालिएको छ ।
यस भु–भाग रामेछापतर्फ प्रयास गरिरहेका छौं । स्थानीय तह राज्यपुनर्संरचनामा हाम्रो भूमि ल्याउने कोशिस गरेका छौं । अहिले दोलखा जिल्लामा रहेको पाँच पोखरी रामेछाप जिल्लाभित्रकै क्षेत्र हो । सैलुङ्ग पनि हाम्रो जिल्लाभित्र नै पर्छ । विदेशीले मिचेको होइन । तर रामेछापको भूमि हो । खाँडादेवी, थानापति महादेव, सैलुगेश्वरी पदमार्गको रुपमा विकास गर्न सकिन्छ । तामाडाँडा वाम्ती चुचुरे ठोसे गुम्देल लगायतका क्षेत्रमा होमस्टे बनाएर पनि पर्यटनको विकास गर्न सकिन्छ ।
पछिल्लो समयको एकदमै चर्चित गीत ठमेल बजार र काले दाई कि गायीका मीना निरौला संगको ताजा अन्तर्वार्ता -हेर्नुहो भिडियो सहित
पैसा कमाउन मलेसिया गयको छोरालाई मृत्युदन्डको सजाय पाउदा आमा र छोराछोरी कसरी समाल्न सकुन र । सारा नेपाली रुवाउने भिडियो शेहर गरी हेरौ ।
एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् ।
उनले अब आफू महिला केन्दि्रत चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । अनलाइनखबरसँगको विशेष भेटमा जलले मोटाएको फिगरमा भनिन्-‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?’
उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाहले अनलाइनखबरसँग मस्तीको गफ गरेकी छिन् । उनीसँग गरिएको भिडियो कुराकानी केही दिनमै प्रकाशन हुनेछ । जलले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीको केही अंश भने यस्तो छ ।
पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्षसमेत हुन् । द्वन्द्वकालीन घटनाका सन्दर्भमा गठित उक्त आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको २ वर्षे कार्यकाल पूरा भएपछि सरकारले केही दिनअघि थप एक वर्ष म्याद थप गरेको छ । यो बीचमा आयोगमा के–कस्ता काम भए, कति बाँकी छन् ? त्यस क्रममा कस्ता विवाद देखिए र बेपत्ता पार्नेसम्बन्धी कानुनी अवस्था के छ भन्नेमा केन्द्रित रही कान्तिपुरका बालकृष्ण बस्नेतले अध्यक्ष मल्लिकसँग गरेको वार्ता :
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद भर्खरै एक वर्ष थप भएको छ । यस बीचमा केके काम भए ?
आयोग २ वर्षका लागि गठन भएको थियो । यस अवधिमा हामीले पूरा समय कामै गर्न पाएनौं । १३ महिनाभन्दा बढी त नियमावली नभएकाले केही काम नै गर्न सकेनौं । नियमावली नभई ऐनको कार्यान्वयन गर्न कठिन हुन्छ । आन्तरिक काम मात्र गरेर बस्यौं । पछि नियमावली आएपछि बल्ल खास काम अघि बढ्यो ।
त्यति लामो अवधिसम्म नियमावली किन अड्किएको ?
सरकारले नियमावली हामीलाई दिएन । हामीले पटकपटक गएर भन्यौं । किन ढिलो भयो, बुझ्न सकेनौं । नियमावली नहुँदा पीडितहरूको उजुरी लिने, सूचना प्रकासित गर्ने काम सुरुमै हुन सकेन । फिल्डमा जान सकेनौं । खालि आन्तरिक कार्यविधिहरू बनाउने काम भयो । पीडितको हकमा देखिने काम केही पनि भएन ।
नियमावली बनेपछि हालसम्म चाहिं आयोगले के काम गर्यो त ?
गत वैशाख २ गतेबाट उजुरी संकलनको काम सुरु भयो । साउन २६ सम्म उजुरी लिने काम भयो । सोचेभन्दा बढी नै उजुरी आए । ती उजुरीलाई कसरी अघि बढाउने भनेर ३ चरणमा गृहकार्य भयो । पहिलो चरणमा हामीले प्राप्त उजुरीको प्रारम्भिक कारबाही सुरु गर्यौं । ती उजुरी सशस्त्र द्वन्द्वसँग सम्बन्धित छन् कि छैनन् । द्वन्द्वरत पक्षसँग सम्बन्धित छन् कि छैनन् ।
द्वन्द्वभन्दा अघि वा पछिका उजुरी छन् कि ?
त्यसको खोजी गर्यौं । दोस्रो चरणमा छानिएका उजुरीलाई विस्तृत अनुसन्धानमा कसरी लैजान सकिन्छ भनेर गृहकार्य गर्यौं ।
अहिलेसम्म कति उजुरी परेका छन् ?
जम्मा ३ हजार ४ वटा उजुरी परेका छन् ।
त्यसमा प्रारम्भिक अनुसन्धान कसरी थाल्नुभयो ?
उजुरीकर्ताले केही प्रमाण दिएका छन् भने त्यसलाई केलाउने काम गर्यौं । त्यसअघि उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग, आईसीआरसी, शान्ति मन्त्रालयलगायत निकायमा कति उजुरी हाले भन्ने बुझ्ने काम गर्यौं । सबै ठाउँबाट तथ्य संकलन गरेर त्यसका आधारमा अघि बढाउने खालको छ कि छैन भन्नेतर्फ हामी लाग्यौं । त्यो पनि हामी अन्तिम चरणमा पुगिसकेका छौं । त्यो छानबिनका आधारमा अब कति उजुरीलाई विस्तृत अनुसन्धान गर्ने भन्ने निकाल्नेछौं ।
हामी ५ जना पदाधिकारीले बाँडेर ती उजुरी हेरिरहेका छौं । हामीले आफ्नो राय लेख्ने काम प्राय: सकिसकेका छौं । यसलाई आयोगमा राखेर कुनलाई अघि बढाउने, कुन नबढाउने भन्ने निर्णय हुन बाँकी छ । यसरी हेर्दा अहिलेको उजुरी संख्या घट्छ । जस्तो कतिपय व्यक्तिको मृत्यु भइसकेको छ । त्यस्ता विषयमा पनि बेपत्ता भनेर आएको छ । त्यसलाई हामी सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाउँछौं । त्यस्तै कुनै व्यक्तिलाई द्वन्द्वरत पक्षले लिएर गए, केही समय बेपत्ता बनाएर राखे, बीचमा यातना दिए, कुटपिट गरे ।
अमानवीय व्यवहार गरे । तिनीहरूको पनि उजुरी हामीकहाँ आएको छ । व्यक्तिको पत्ता लागिसकेको छ भने हामीले छानबिन गर्ने अवस्था आएन । जो अहिलेसम्म पत्तो लागेको छैन, तिनको मात्र हामीले हेर्ने हो । त्यस्ता उजुरीलाई पनि हामीले सत्य निरूपणमै पठाउनुपर्ने अवस्था छ । कतिपय भूलवश उतै दर्ता हुनुपर्ने पनि हामीकहाँ आएका छन् । सशस्त्र द्वन्द्वसँग सम्बन्धित देखिएन भने पनि हामी हेर्दैनौं । हामीले त्यसलाई केलाइरहेका छौं ।
बेपत्ता आयोगका खास काम केके हुन् ?
सशस्त्र द्वन्द्वका क्रममा कोही निशस्त्र व्यक्ति वा जनसमुदाय छन् र तिनलाई लक्षित गरेर बेपत्ता पार्ने काम भएमा हामीले हेर्छौं । कानुनले पनि त्यही भनेको छ । हामीले ४ वटा काम गर्ने गरी कार्यादेश पाएका छौं । सबैभन्दा पहिले त सत्यको खोजी गर्ने हो । अर्थात अनुसन्धानबाट त्यो व्यक्ति कसरी बेपत्ता पारियो । कसले पार्यो भन्ने कुरालाई अनुसन्धान गरी टुंगोमा पुर्याउने हो । दोस्रो चरणमा हामी अभियोजन पक्षमा ध्यान दिन्छौं । अर्थात पीडितलाई न्याय दिलाउनका लागि दोषीउपर कारबाहीका लागि मुद्दा चलाउन महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाउँछौं ।
तेस्रो कार्यादेश पीडित व्यक्तिलाई परिचयपत्र प्रदान गरेर तिनलाई केके राहत पाउने हो, केके परिपुरण पाउने हो, त्यसबारे सरकारलाई लेखी पठाउने । र, चौथो चरणमा संस्थागत सुधारका कुरा छन् । जुन १० वर्षे सशस्त्र द्वन्द्व हो, यो कति कारणले भएको हो भनेर खोज्ने जिम्मेवारी पनि आयोगको छ । सशस्त्र द्वन्द्व भविष्यमा नदोहोरिनका लागि केके उपाय अवलम्बन गर्नुपर्ने हुन्छ, यो सम्बन्धमा पनि सुझाव दिनुपर्ने हुन्छ ।
बेपत्ता पारिएका व्यक्तिको कानुनी हैसियत अहिले के छ ?
अलमल छ । यससम्बन्धमा पीडितहरूका लागि कस्तो किसिमको कानुन बनाउनुपर्ने हुन्छ भन्ने हामीले अध्ययन गरिरहेका छौं । बेपत्ता पारिएका व्यक्तिहरूको न्यायका लागि के कस्तो कानुन छ, कानुनी हैसियत के हो भनेर पनि हेर्नुपर्ने हुन्छ । अहिलेको कानुनले त केही भन्दैन । बेपत्ता व्यक्ति मरेको भन्न पनि मिल्दैन । बाँचिरहेको अवस्था भन्न पनि मिल्दैन ।
त्यस्तो व्यक्तिको हराएको सम्पत्ति, अंशबन्डा के हुने, कसरी गर्ने ?
यो सम्बन्धमा कानुन बनाउन सिफारिस गर्छांै । त्यस्तै, न्यायिक प्रक्रियामा के कस्ता सुधार गर्नुपर्छ भन्नेबारे पनि हामी सुझाव दिन्छौं ।
द्वन्द्वकालीन घटनाका सन्दर्भमा सर्वोच्च अदालतले के कस्ता नजिर प्रतिपादन गरेको छ ?
सर्वोच्च अदालतले यस विषयमा निकै मार्गनिर्देशन दिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनमा संशोधन गर्न भनेको छ । गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा मेलमिलाप, क्षमादान हुन नसक्ने निर्देश गरेको छ ।
अदालतमा विचाराधीन मुद्दाहरू आयोगतिर पठाउन मिल्दैन भनेर पनि बोलेको छ । त्यस्तै मुद्दा चलाउन सिफारिस गर्दा सोझै महान्यायाधिवक्ता कार्यालयमा लेखी पठाउनुपर्ने भनेको छ । कानुनमा शान्ति तथा पुनिर्निर्माण मन्त्रालयमार्फत भनेको थियो । सर्वोच्चको फैसला कानुनसरह लागू हुने भएकाले अब हामीले सिधै महान्यायाधिवक्ता कार्यालयमा लेखी पठाउनुपर्छ ।
सर्वोच्चको फैसलाको कार्यान्वयन त भएको छैन नि ?
छैन । यस विषयमा हामी दुवै आयोगका पदाधिकारीले दवाव दिएका छौं, कानुन संशोधन गर्नुपर्यो भनेर । तर संशोधन भएको छैन । संसद्को समितिमा गएर पनि हामीले भनेका छौं । समितिले पनि चाँडै काम गर भनेको छ । तर, सरकारले किन हो अलमल गरेको छ ।
सर्वोच्चको फैसलाप्रति माओवादी पक्षले असन्तोष व्यक्त गरेको थियो नि ? यसबारे अन्तर्राष्ट्रिय अभ्यासहरू के पाउनुभएको छ ?
हो । केही राजनीतिक नेतृत्वबाट सर्वोच्चको फैसलाले द्वन्द्वलाई चर्काउने काम गरेको प्रतिक्रिया पनि आए । गम्भीर प्रकृतिका घटनामा क्षमादान नहुने अन्तर्राष्ट्रिय अभ्यास नै हो । त्यस्ता अपराधमा क्षमादान गर्न मिल्दैन पनि । किनकि हामीले कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई अवलम्बन गर्नैपर्छ । सर्वोच्चले पनि सोही आधारमा फैसला गरेको हो ।
आयोग ऐनले ९ वटा विषयवस्तुलाई गम्भीर प्रकृतिको अपराध भनेको छ । ती सबै गम्भीरै हुन् कि होइनन् भनेर छुट्याउनुपर्ने चाहिं छ । सामान्य कुटपिटका घटना, सम्पत्ति कब्जाजस्ता कुरा पनि ऐनमा समेटिएका छन् । त्यसलाई त मेलमिलापमा लैजान सकिन्छ । त्यसका लागि पनि ऐनमा संशोधन त जरुरी नै छ । कुन सामान्य र गम्भीर प्रकृतिका हुन् भन्ने विषयमा चाहिं बोलेको छैन । बोलेको भए त कानुन सरह कार्यान्वयन गर्न सजिलो हुन्थ्यो । त्यही भएर संशोधनमा यस्ता कुरा ख्याल गर्नुपर्छ ।
संशोधनको प्रक्रिया कहाँ पुगेको छ त ?
यसमा विचित्र देखिएको छ । ऐन संशोधनको मस्यौदा शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गत भदौमा नै कानुन मन्त्रालयमा पठाइसकेको हो । त्यहाँबाट अगाडि कता पुग्यो, हामीले बुझ्न सकेका छैनौं । यसअघिको सत्ता समीकरणमा फेरबदल आउँदा शान्ति प्रक्रियासँग जोडिएका यिनै मुद्दाका सन्दर्भमा कुरा नमिलेको भन्ने चर्चा थियो । त्यसयता संशोधनको कामले गति लिएको पाएका छैनौं । गम्भीर प्रकृतिको मुद्दामा क्षमादान हुन सक्दैन त भनियो ।
तर, खासगरी बेपत्तासम्बन्धी घटनामा कस्तो मुद्दा चलाउने, कस्तो सजाय हुने विषयमा प्रस्ट कानुन छैन नि ?
हो । यो अर्को ठूलो समस्या छ । नेपालमा बलपूर्वक बेपत्ता पार्ने कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्ने कानुन नै छैन । यो कुरा त हामीले आयोगमा आएर हेरेपछि मात्र थाहा पाएको हो । न आयोग गठनसम्बन्धी कानुनमा छ, न अन्य कानुनमा छ ।
वेपत्ताको त कानुन नै छैन । विदेशी विज्ञहरूले पनि यो प्रश्न उठाए । बेपत्ता पार्ने व्यक्तिलाई समाउने, कारबाही गर्ने कानुन नै छैन भने तपाईंहरू कसरी सत्यको खोजी गरी न्याय दिलाउन सक्नुहुन्छ भनी उनीहरूले प्रश्न गरे । हामीले पनि महसुस गर्यौं । सरकारलाई भन्यौं । तर सरकारी पक्षबाट यसलाई त्यति ध्यान दिइएन । पछि हामीले एउटा मस्यौदा तयार गरी पठायौं । व्यक्ति बेपत्ता पार्ने कार्य (कसुर र सजाय) सम्बन्धमा बनेको विधेयकको मस्यौदा शान्ति मन्त्रालयमा पुग्यो । पछि सरकार पनि कानुन बन्नुपर्ने रहेछ भन्नेमा पुगेको हो । र, मस्यौदा पनि बनेर बसेको छ ।
कस्तो छ भन्ने चाहिं हेर्न पाएका छैनौं । यो कानुन नआउने हो भने बेपत्ता आयोगको औचित्य छैन ?
प्रभावकारी हुन सक्दैन । दोषीलाई कारबाही पनि हुन सक्दैन । त्यसैले हामीले यो कानुन चाहिन्छ भनेको हो ।
यस विषयमा सरकारसँग कसरी समन्वय भइरहेको छ ?
हामीले त भनिरहेका छौं । म्याद थपको सिफारिस गर्दा पनि हामीले सर्तसहित सिफारिस पठाएका थियौं । कामै नगर्न हामीले म्याद थप गर भनेका होइनौं । काम गर्छौं तर यो–यो कुरा पनि पूरा गरिदेऊ भनेका हौं । हामीले ४ वटा कुरा माग गरेका छौं । पहिलो, भइरहेको कानुनको सर्वोच्चको फैसलाअनुसार समयानुकूल परिमार्जन र संशोधन हुनुपर्छ भनेका छौं ।
दोस्रो, बेपत्ता पार्ने व्यक्तिलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउने कानुन बनाउनुपर्छ भन्ने छ । बेपत्ता पार्नेलाई समाउने कानुन नै छैन । यसका लागि अलग कानुन बनाउनुपर्छ । संशोधन गरेर हुँदैन । तेस्रो, जनशक्ति छ । हाम्रो कार्यक्षेत्र ७५ वटै जिल्ला हो । बाँके, बर्दिया, दाड., कपिलवस्तुजस्ता जिल्लामा बढी पीडित छन् । बर्दियामा त झन्डै ३ सय संख्यामा छ । यसका लागि आयोगका पदाधिकारीले मात्र अनुसन्धान गर्ने होइन । चौथो चाहिं पर्याप्त बजेटको व्यवस्था हुनुपर्छ भन्ने हो ।
अहिले वार्षिक करिब १३ करोड रूपैयाँ जति छ । जुन पर्याप्त छैन । यसमध्ये अधिकांश कर्मचारीको तलबमा, प्रोत्साहनमा जान्छ । वैज्ञानिक उपकरण खरिद गर्ने, विशेषज्ञ राख्नेजस्ता कुरालाई पैसा अपुग छ । त्यसैले यी चारवटा सर्त सरकारले नसुने एक वर्ष के, १० वर्ष म्याद थप्दा पनि आयोगको केही अर्थ हुँदैन । तपाईं कानुनको विज्ञ पनि, शान्ति प्रक्रियाका मुद्दा राजनीतिक निर्णयबाट विशेष खालको अदालतले टुंग्याउनुपर्छ भन्ने कुरा पनि एक पक्षले उठाइरहेको छ ।
तपाईंलाई के लाग्छ ?
मैले बुझेसम्म अदालतमा विचाराधीन मुद्दा अदालतको सहमतिबेगर आयोगले लिन सक्दैन । अदालतले दिँदा पनि दिँदैन । सर्वोच्चको फैसलाले पनि यही भनेको छ । विचाराधीन मुद्दा धेरै कम मात्रामा छ । बढीमा ५० वटा होला । जुन अदालतबाट फैसला भइसकेका छन्, तिनलाई यो आयोग वा अन्य निकायमा लैजाने भन्ने त कुनै पनि सिद्धान्तले मिल्दैन । अदालतबाट फैसला भएका मुद्दा सार्न मिल्दैन ।
कार्यान्वयन गर्ने हो । विशेष अदालत कस्तो खालको बनाउने प्रयास भइरहेको छ त ?
हामीले मुद्दा चलाउन महान्यायाधिवक्तालाई पठाइसकेपछि दुई तहको विशेष अदालतले हेर्ने भनी प्रस्ताव भएको देखिन्छ । अदालतमा विचाराधीनबाहेक हामीले सिफारिस गरेका मुद्दा विशेष अदालतले नै टुंग्याउने हो । तर अदालत प्रस्ताव गर्दा पहिलो सुनुवाइ जुन अदालतले गर्छ, उही अदालतले पुनरावेदन पनि हेर्ने विवादास्पद संरचना प्रस्तावित छ ।
एकै अदालतमा २ तहले सुनुवाइ गर्ने व्यवस्था हुन सक्दैन । सरकारले त्यस्तो प्रस्ताव सुझावका लागि सर्वोच्चलाई पठाएको पनि थियो । सर्वोच्चले उक्त व्यवस्थालाई मानेन । मुद्दा अन्तिम गर्न त तल्लो तह र माथिल्लो तहकै अदालत हुनुपर्छ । विशेष अदालतमै २ तह राख्नु कुनै सिद्धान्तअनुसार भए जस्तो लाग्दैन ।
हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले धुर्मुस-सुन्तलीले हास्य कलाकारिता क्षेत्रलाई उजिल्याएको बताएका छन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका महजोडीले स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुस र सुन्तलीले थालेको देश निर्माणको काम सिंगो कला क्षेत्रका लागि गर्व गर्नलायक भएको बताए ।
महजोडीसँग राजकरण महतोले गरेको कुराकानीको संक्षेप :-
पाँच दिनअघि (२५ पुस २०७३) तपार्ईंहरूले एकीकृत नमुना मुसहर बस्ती शिलान्यास गर्नुभएको थियो । आज फेरि आउँदा के फरक पाउनुभयो ?
मदन : पाँच दिनबीच बस्ती निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त पाएका छौं । हरिवंश : जाँगरिला हातको कमाल देखियो ।
काम सुरु भएको सय दिनमै घर हस्तान्तरण गरिने घोषणा छ, भनेको समयमै ५० वटा घर हस्तान्तरण हुने सम्भावना के देख्नुहुन्छ?
मदन : यहाँको काम गराइले तोकिएको अवधिमै घर हस्तान्तरण हुन्छजस्तो लाग्छ ।
हरिवंश : मन सोझिएको छ, काम सोझिएको छ । आउने वैशाख १ गते यहाँका मुसहर नयाँ घरमा सर्छन् । कला क्षेत्रका हस्तीहरू विकासनिर्माण र समाजसेवामा जुटेका छन्,
देश निर्माण गर्छौं भन्नेले के गर्छन् होला ?
मदन : देश निर्माण गर्छौं भन्नेहरूले चिन्ता गर्न पर्दैन । धुर्मुस-सुन्तली काभ्रेको पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा काम सकेर बर्दिवासको मुसहर बस्ती आएका छन् । यहाँको काम सकेर कहीँ जालान् । बाँकी सिंगै नेपाल बनाउँछौं भन्नेका लागि खुला छ त ।
हरिवंश ; देशमा काम गर्नुपर्ने क्षेत्र विशाल छ । बनाउँछौं भन्ने मित्रहरूले संकल्प गरेर अघि बढे हुन्छ । सम्झिए हामी पनि सकेको सहयोग गर्न पुग्छौं । तपाईंहरू हास्य कलाकारिता क्षेत्रको महारथी पनि आपूmपछिका कलाकारलाई नियालिरहनुभएको होला ।
यो क्षेत्रको सम्भावना कस्तो देख्नुभएको छ ?
मदन : धुर्मुस-सुन्तलीसहितको जाँगरिलो नयाँ पुस्ता काममा लागेको छ । के तपार्इंलाई शंका छ ? हाम्रो हास्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हँसाउनेमात्र हैन, देश हँसाउने पात्र पनि छन् भन्नेमा ।
हरिवंश : मदन दाइले भन्नुभयो नि ! हामी हाम्रो नयाँ पुस्ताप्रति गर्व गछौं । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकोस् । त्यो प्रतिबद्धता, त्याग र मानवीयता अनुसरण गरोस् न ।
नेपाली चलचित्र क्षेत्रमा जम्ने उद्देश्यका साथ प्रवेश गरेकी नव-कलाकार अनुष्का शर्माका लागि उनले सोचे जस्तो रहेन, यो क्षेत्र ।
चलचित्रको अफर आएपनि अफर गर्नेको गलत नियतका कारण उनलाई हैरानी भएको छ । अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा अनुष्काले आफू खासै राम्री नभएको बताइन् । तर, आफूमा कला भरपुर रहेको उनको दाबी छ । अवसर पाएको खण्डमा हरेक किसिमको भूमिका गर्न सक्ने दाबी उनको छ ।
अनुष्कासँ गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः
तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी रक्षा श्रेष्ठले केहि विज्ञापनमा पनि काम गरेकी छिन् । ठूलो पर्दाको चलचित्रबाट प्रस्ताव आएपनि उनको रुची सिरियलमै छ । फुर्सदमा सिनेमा हेरेर बस्ने गरेकी रक्षालाई सुटिङमा भने निकै रमाईलो लाग्छ ।
उनै कलाकारसँग अनलाइनखबरले गरेको टि-टकः
बिहान कति बजे उठ्नुहुन्छ ?
म बिहान ६ बजे उठिसक्छु । सुटिङ हुँदा त अझ छिटो उठ्नुपर्छ । सुटिङ नहँुदा पनि ६ बजे उठिसकेको हुन्छु । उठेपछि एक घण्टा जति मर्निङवाक जान्छु ।
चिया अनि ब्रेकफाष्ट ?
चिया साँढे सात बजेतिर हुन्छ । खासै चिया खान्नँ, ग्यासटि्रक नहोस् भन्नका लागि साँढे सात बजेतिर एक कप कालो चिया खान्छु । ब्रेकफाष्टको रुपमा बिस्कुट र कहिलकाही उसिनेको अण्डा खान्छु ।
आजको कार्यक्रम ?
अहिले म मर्खुभन्ज्याङमा छु । अहिले ‘भद्रगोल’को सुटिङ भइरहेको छ । आजको दिन सुटिङ गरेरै बित्छ ।
फुर्सदको बेला के गर्नुहुन्छ ?
फुर्सदको बेला त घर तिरै हुन्छु । त्यहि त हो चलचित्र हेर्ने, फेसबुक चलाउने घरको काम पनि गर्छु ।
घरको काम के के गर्नुहुन्छ ?
सब थोक गर्छु । भात पकाउनेदेखि घर पुछ्नेसम्म सबै काम गर्छु ।
अनि फेसबुक ?
चलाउँछु तर, फेसबुकमै झुण्डिने बानी भने छैन । अपडेट हुनका लागि वेला वेलामा फेसबुक चलाउँछु ।
ब्लक कतिलाई गर्नु भयो होला ?
भयो होला ३०/४० जना जति । साथी हुन्नन् तर, जे पायो त्यहि कमेन्ट गर्नेहरुलाई ब्लक गरिदिन्छु ।
दिनमा कति खर्च हुन्छ ?
रिचार्ज कार्ड, खाजा सबै गर्दा धेरै नै खर्च हुन्छ तर, म भन्नै सक्दिनँ, यति नै हुन्छ भनेर त । अहिलेसम्म हिसाबै गरेकी छैन । आफूले कमाएको पैसा आफैंलाई ठिक्क हुन्छ
कि घरमा पनि दिनुहुन्छ ?
अलि अलि त दिन्छु । सपिङलगायत अन्य कामका लागि आफ्नै कमाई खर्च गर्छु ।
ज्योतिषलाई हात हेराउनु भएको छ ?
अहिलेसम्म छैन । मलाई त्यस्तो कुरामा विश्वासै लाग्दैन ।
के गर्दा रमाईलो लाग्छ ?
मलाई प्रायः सुटिङमा रमाईलो लाग्छ ।
अनि चलचित्रवाट प्रस्ताव आएको छैन ?
केहि चलचित्रबाट प्रस्ताव आएको छ तर, मलाई चलचित्र भन्दा सिरियल र विज्ञापनमै काम गर्दा रमाईलो लाग्छ ।
भविष्यमा के गर्ने योजना छ ?
अभिनय गरेर मात्रै त हुन्न होला । कपडाको होलसेलको ब्यापार गर्ने योजनामा छु ।
हिजो फेसबुकमा साथीहरुको अमेरिकाको डिभी चिट्ठा परेन भन्दै गुनासोले भरिएका स्टाटसहरु पढेपछि केही कुरा लेख्न मन लाग्यो । जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै, सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो ।
जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ। कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन । डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु ।
म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले । २ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं । हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।
डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म । मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर । उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ ।
श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’ ‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो। साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो । त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’ कुन ठाउँबाट ? फलानो ठाउँ । ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ । फोन नम्बर छ, तपाईहरुसँग ? ‘छ । इमेलमा छ ।’-
र्दिनुभयो । उताबाट ती दाईको जवाफ आयो- ‘ए आइपुग्यौ तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं । घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै। त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।
र्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो ! मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका ! किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि । यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका । अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।
दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’ ‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ । दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो । त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो । तर, मेरो यो खुशी त्यतिबेला दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी ।
अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ । म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन । त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ । यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए । हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए ।
अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे ! एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो । त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च ।
सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे ! केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए। श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !
त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस । यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ ।
तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ । rekha-Ojhaनेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु । किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा ।
कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल ! (लस एञ्जलस, क्यालिफोर्निया)
जंगली युगमा मान्छे नांगै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । आजजस्तो सामाजिक नियम,कानुन, मर्यादा, ढोंग, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशुजस्तै । अस्तित्वको संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । संघर्ष जारी छ र जारी रहने छ । अझ करोडौं बर्ष पृथ्वीमा मानव अस्तित्व जारी रहने भविश्यवाणी गर्छन् वैज्ञानिकहरू ।
प्रकृति बिरूद्धको संघर्षमा मान्छेले उल्लेख्य सफलता प्राप्त गर्दै आइरहेका छन् र भबिश्यमा पनि हुँदै जाने निश्चित छ । मान्छेका लागि पृथ्वी साँघुरो बन्दै गइरहेको छ । त्यसैले त अन्य विभिन्न ग्रहहरूमा मानव बस्ती बसाउने विकल्प खोज्दैछन् मान्छेहरू । कुनै दिन अवश्य सफलता प्राप्त हुनेछ मान्छेलाई । विश्वबन्धुत्वको भाव र मानवतावाद क्षीण हुँदै गइरहेको छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्बोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको ब्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कने छ ।
हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकरात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्तब्य हो । केही नकारात्मक कुराहरूमध्ये यहाँ नारी स्वतन्त्रताको अभियानमा देखापरेका विकृतिहरूमाथि टिप्पणी गरिनेछ । खासगरी भारतवर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्र लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ । वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाईं अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूष सहयोगको खाँचो छ ।
नारी स्वतन्त्रताविना किमार्थ, घर-परिवार, समाज र देशमा सुख, शान्ति, खुसी र समृद्धि संभव छैन । तर,स्वतन्त्रता भनेको के हो ? सबभन्दा पहिला यो बुझ्न जरूरी छ । मेरो बिचारमा स्वतन्त्रता भनेको अधिकार र कर्तब्यको सुन्दर संयोजन हो । अधिकारबिनाको कर्तब्य निरंकुश र कर्तब्यबिनाको अधिकार अराजक हुन्छ । पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ । हाम्रो संस्कृति, कला, साहित्यको बेइज्जत गर्नमा नारीहरूको शारीरिक सुन्दरता प्रयोग भइरहेको छ । कतिपय नारीहरू पनि त्यसैलाई नारी स्वतन्त्रता बुझेर गौरव गरिरहेका छन् । स्वतन्त्रता भनेको सर्बांग अंग प्रदर्शन हो? पक्कै होइन । यो एक प्रकारको उपभोक्तावाद हो । के नारी उपभोगको साधन हो ? नारीलाई नंग्याएर वा नारी आफु स्वयं नांगिएर नारीको सम्मान बढ्छ ? नारी स्वतन्त्रता सुनिश्चित हुन्छ ? किन हामी यस्तो विनाशका बाटो हिंडिरहेका छौं ? समाज र देशका शासकहरू के हेरिरहेका छन् ?
समाज र देशको बेइज्जत हुँदा शासकहरूलाई लाज लाग्नुपर्दैन ? पक्कै पनि ब्यक्ति बन्धनमा बाँधिनु हुँदैन । ब्यक्तिको सर्बोच्चतालाई सबैले सम्मान गर्नु पर्छ । तर ब्यक्तिले आफ्नो स्वतन्त्रता प्रयोग गरिरहँदा समाजको मर्यादा र सीमालाई बिर्सनु हुँदैन । ब्यक्तिसँग घर-परिवार,समाज, देश, संस्कृति, इज्जत र सम्मान सबै कुरा जोडिएको हुन्छ । सायद त्यसैले दार्शनिक रूसोले भनेका होलान्- ‘मानिस स्वतन्त्र जन्मन्छ तर ऊ सर्वत्र सिक्रीले बाँधिएको हुन्छ ।’ शील र अश्लीलको परिभाषा आ-आफ्नो समाज र संस्कृति अनुसार फरक-फरक देखिन्छ । पश्चिमा समाजमा सामान्यत: नारी-पुरूष ‘हग’ गर्नु र ‘किस’ गर्नुलाई संस्कृति कै रूपमा लिइन्छ । तर हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइँदैन । तर, नांगिनुलाई पश्चिमेली र पूर्बेली दुबै समाजले पचाउन सक्दैन ।
अझ हाम्रो समाजले अंग प्रदर्शनलाई बर्जित नै गरेको छ । अंग प्रदर्शनको कारण ज्योती मगर र रिया श्रेष्ठ अहिले चर्चाको चुलीमा हुनुहुन्छ । ब्यक्तिगत रूपमा म उहाँहरूलाई इज्जत गर्छु । उहाँहरूको कलाको सम्मान गर्छु । तर, ब्यक्तिगत स्वतन्त्रताको नाममा देशका विभिन्न भागहरूमा ज्योतीजी र बिदेशमा रीयाजीले नेपाली संस्कृति र कला प्रदर्शन गर्ने बाहानामा जसरी आफूलाई नंग्याइरहनु भएको छ, त्यसले मजस्ता नेपाली नारीहरूको लज्जाले शीर नुहेको छ । मेरो प्रश्न छ उहाँहरूलाई- तपाईंहरूले कस्तो संस्कार दिन चाहनुभएको हो भावी पुस्तालाई ? अनि कस्तो सन्देश दिन चाहनुभएको हो नेपाली समाजलाई ? यस पुरूष प्रधान समाजमा स्टेजमा तपाईंहरूको नग्न शरीर र कामुक हाउभाउ देख्दा जुन ताली र प्रसंशाको बर्षा हुन्छ, स्टेजबाट झरेपछि त्यसको सयगुणा बढी निन्दा र भत्सर्ना हुन्छ । बाहिर छोटो कपडामा नारी सुन्दरता देख्ने पुरूषहरू घरमा सकेसम्म बुर्काभित्र देख्न चाहन्छन् नारीलाई ।
पुरूषको यस्ता संकीर्ण सत्ता बिरूद्ध संघर्ष गर्नैपर्छ । तर, सीमा नाघेर होइन । तपाईंहरूले आफूलाई बोल्ड र आधुनिक नारी पनि भन्न सक्नुहोला । तर, अन्ततः तपाईंहरूको क्रियाकलापले नारीलाई केवल भोग्या र पुरूषको मनोरन्जनको साधन नै बनाउने छ । के यो हामी नेपाली नारीहरूका लागि सुखद कुरा हो ? कृपया एकचोटि निधार खुम्च्याएर सोंच्ने कि ? अन्तमा, मेरो विनम्र अनुरोध छ- सर्बांग नांगिन पाउनु नारी स्वतन्त्रता होइन । नांगो शरीरमा कुनै सौन्दर्य रहँदैन । तसर्थ, सामाजिक मर्यादा र सीमाभित्र रही ब्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने कि ?
नविना लामा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष हुन् । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव मिति घोषणा गरेपछि उनी प्रचार प्रसारमा व्यस्त रहेकी छिन् ।
त्रिविले २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणली सहितको चुनाव गराउने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । यसै विषयमा स्ववियु चुनावको सेरोफेरोमा केन्द्रीत रहेर एभरेष्टदैनिक डटकमका लागि विद्या राजपुत र सागर न्यौपानेले गरेको कुराकानीः
स्ववियु चुनाव त हुने नै भयो अब त आक्रामक रुपमा प्रचार–प्रसार गर्नुहुन्छ होला नी ?
तपाईँले सही भन्नुभयो, हिजोसम्म हामी स्ववियु चुनाव हुन्छ कि हुदैँन भन्ने अन्यौलतामा थियौं । तर, आज विहान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूसँग तीन प्रमुख दलका प्रमुख र हामी विद्यार्थीसंगठन सहित त्रिवि शिक्षाध्यक्षहरुको बैठकमा तोकिएकै मितिमा चुनाव गर्ने सहमति बनेको छ । अब प्रचार प्रसार हामीले पहिल्यैदेखि गरिरहेका थियौं । अब झन् आक्रामक बनाउँछौं । ८ वर्षपछाडी हुन लागेको चुनाव हो, यो चुनावलाई हाम्रो संगठनले विशेष महत्वपूर्ण रुपमा लिएको छ । चुनावको तयारी आन्तरिक रुपमा गरेका छौं । मानसिक रुपमा तयार छौं ।
तर, तपाईँहरुकै संगठनमा मारामार छ भनेर भन्छन समस्या पर्ला नी ?
तपाईले पोखरामा भएको विवाद र सरस्वति क्याम्पसमा भएको झडपपछि हामी झन बढी सचेत भयौं र सहमति गरिसकेका छौं । केही पक्षहरु विभाजनमा छन् । हेर्नुस् हाम्रो संगठनले स्पष्ट के भनेको छ भने संगठनले आधिकारिक रुपमा जसलाई उठाउँछ उही उम्मेदवार हो । संगठनमा काम गरेको आधारमा मूल्याङ्कन हुन्छ । कसैलाई व्यक्तिगत रुपमा मन लाग्दैमा संगठनको गतिविधि बाहिर जान मिल्दैन । फेरि उम्मेदवार छनौटको लागि हामीले प्रत्येक क्याम्पसमा उम्मेदवार छनौट कमिटि नै बनाउने भएका छौं । यसकारण संगठनका साथीहरुलाई मेरो आग्रह छ, कृपया विवाद हुने क्रियाकलाप बन्द गरौं । अर्काे कुरा केही क्याम्पसमा विशेषगरी माऊ पार्टीबीचकै कुरालाई लिएर समस्या सिर्जनागर्न खोजिएको जस्तो देखिन्छ यसलाई मिलाउँछौं । संगठनमा तुलनात्मक रुपमा पहिलेको भन्दा एकता राम्रो छ । हामी अराजकता बातावरण निर्माण गर्न नदिने कुरामा सचेत छौं ।
स्ववियु चुनावमा संगठनको अबस्था कस्तो हुने आँकलन गर्नुभएको छ ?
हामी स्ववियु चुनावमा अधिकांश क्याम्पसमा जीतेर पहिलो हुन्छौं । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उठाएको राष्ट्रवादीको एजेण्डालाई धेरै समथीहरुले साथ दिएको पाएको छु । हामीले धेरै क्याम्पसमा १०० प्रतिशत नतिजा ल्याउँछौं । मलाई लाग्छ, विगतमा अनेरास्ववियुले उठाएको एजेण्डा राम्रो भएका कारणले पनि हामीले धेरै क्याम्पसमा जित्नेछौं ।
पार्टीभित्रै रहेको असन्तुष्टि संगठनमा देखिइसकेको छ, अधिकांश क्याम्पसमा जित्नुहोला भनेर कसरी पत्याउने ?
मैले अघि पनि भने हाम्रो संगठनमा समस्या छैन । उम्मेदवार छनौट सर्वसम्मत बनाउने कोसिस गरेका छौं । संगठनभन्दा बाहिर गएर कसैले काम गरेको पाइएमा संगठनले एक्सन लिनेछ । केही क्याम्पसमा देखिएका मतभेद अन्तय गर्न पार्टीका जिम्मेवार नेताहरुलाई आग्रह गरेका छौं । आशा छ सबै एकमत भएर स्ववियु चुनावमा होमिने छौं । अर्काे कुरा हामीलाई जसरी भए पनि जित्नका लागि नेतृत्वको दबाब छ ।
चुनावका लागि कार्यगत एकताको सम्भावना छ कि छैन ?
छ, हामीले पार्टीले लिएको राष्ट्रवादी एजेण्डा बोक्ने शक्तिहरुसँग कार्यगत एकता गरेर चुनावमा जाने विचार गरेको छौं अहिले पनि छलफलमै छु हेरौं को को सँग मिलेर जान सकिन्छ प्रयास गर्नेछौं ।
पार्टीले लिएको एजेण्डा त राप्रपासँग मिल्छ, राप्रपाको विद्यार्थी संगठनसँग मिलेर जानुहुन्छ ?
हुनसक्छ । कुरा मिल्यो भने कुन पार्टी भन्ने हुँदैन एजेण्डा मिलेपछि सँगै अघि बढिन्छ । तर अन्य पार्टीसँग पनि कार्यगत एकताको पहल गर्नेछौं । हाम्रो एउटै मिशन हो धेरै क्याम्पसमा अनेरास्ववियुले जित्नुपर्छ त्यसका लागि लागिपरेका छौं ।
२८ वर्षे उमेरहदले तपाईहरुका बलिया उम्मेदवार नै छैन भन्छन् ?
अ.. (केही बेर रोकिएर) होइन त्यस्तो समस्या छैन । तर केही क्याम्पसमा बलियो उम्मेदवार नभएको चै साँचो हो । विशेषगरी आठ वर्षसम्म स्ववियु चुनाव नहुँदा हामीले केही साथीहरुको नेतृत्व विकास गर्न सकेनौं । जसकारण कतै कतै समस्या पर्ला कि जस्तो देखिएपनि हामी एजेण्डाका कारण बलियो अबस्थामा छौं र मलाई लाग्छ हामीले उम्मेदवारलाई भन्दा पनि विद्यार्थीको एजेण्डा बोकेकोले अन्य संगठन भन्दा अगाडि छौं । हामीले स्ववियुको चुनाव चाहेको हो । उमेरको अडान कहिल्यएै लिएनौं । चुनाव हुन पर्यो । हमाी मानसिक रुपमा तयार छौं । हामीलाई उमेर हद म्यादले केही असर गरेको छैन । तराइमा पुराना देखिएका नेता बन्चित भए । नयाँ आएका छन । राम्रै छ । राम्रै हुन्छ ।
विद्यार्थीको एजेण्डा उठाएको त भन्नुभयो के छन र त्यस्ता एजेण्डा ?
विश्वविद्यालयमा गुणस्तरिय शिक्षाको पहुँच बढाउने, समयमा परीक्षा, ट्रन्सक्प्टि, पाठ्यक्रम, लाइब्रेरी, स्वच्छ शैक्षिक बातारण, कर्मचारि नियमितता आदि । मैत्रीपुर्ण प्राविधिक शिक्षा, रोजगारको सुनिश्चिताता, सबै विद्यार्थीलाई स्वास्थ्य विमा, राजनीतिक भागबण्डाको अन्त्य शैक्षिक लोनको व्यवस्था कार्यान्वयन गर्नुपर्ने लगायतका विषयलाई अगाडि सारेका छौं । यस्तै हाम्रो क्याम्पस राम्रो क्याम्पस डिजिटल कार्ड, डिजिटल इलर्निङ आदिका विषय क्याम्पसमा लागू गर्नुपर्ने हाम्रो माग रहेका छ ।
तर, यो विषय त तपाईँहरुले प्रत्येक स्ववियु चुनावको बेला उठाउनुहुन्छ खै कहिल्यै कार्यान्वयन भएन ? भोट तान्नकै लागि यस्ता एजेण्डा उठाएको आरोप लाग्न थालेको छ नी ?
हा हा (हास्दै) अनेरास्वीयुको एजेण्डा नारमा मात्र सीमित हुँदैन । हामीले वर्तमानमा काम गर्नुपर्छ । सबै कुरा व्यवहारले कार्यशैलीले देखाउँछौं । हिजो भुकम्पमा हामीले गरेको काम, शैकिक्ष गुणस्तर प्राप्तिका कुरामा गरेको कामले हामीलाई चिनाएको छ । शैक्षिक लोनको कुरा पुरा गर्न दवाव दिन्छौं । बोलेको कुराहरुलाई कार्यन्वयन गछौं । यो विश्वास दिलाउन चाहान्छु । हामीले विद्यार्थीको मुद्धा विर्सेका छैनौं । हामीले विद्यार्थीको लागि ४५ प्रतिशत छुटको व्यवस्था गर्यौं । कालोबजारी, भ्रष्टाचारको अभियानमा अनेरास्वीयु सहभागी छ । डुवान, प्राकृतिक प्रकोपमा , स्कुलमा पास भएका गरीब जेहेन्दार छात्राहरुर्ला छात्राबृति दिएका छौं हाम्रो अभिभावकत्वमा । त्यही कामाको आधारमा भोट मागेका छौं । विद्यार्थी संगठनले विद्यार्थी मुद्धा विर्सिएर कहाँ हुन्छ । हामी संधै विद्यार्थीको पक्षमा छौं ।
त्यसो भए तपाईहरुकै उपस्थिति भएको भनिएका क्याम्पसको गुणस्तर किन दिन प्रतिदिन खस्किदैँ गएको त ?
नेपालको शिक्षा नीति नै विभेदकारी छ । राज्यको व्यवस्थामा परिवर्तन गर्नुपर्छ । सरकारी विद्यालय दिनप्रति कमजोर हुने र नीजि चाँही धनी हुँदै गएको देखिन्छ । हामीले अधिकतम् पहल गरेका छौं । हाम्रो उपस्थिति रहेका क्याम्पसमा धेरै राम्रो काम पनि भएका छन् । तर, शिक्षा निशुल्क अनिवार्य हुनुपर्छ ।
शिक्षामा कसरी पहुँच बढाउने भन्ने हामीले यो बुझ्नु जरुरी छ । यसमा राज्यदेखि हामी लाग्नुपर्छ । यस्तो हुँदा हुँदै अधिकांश क्याम्पसमा जितिन्छ भनेर कसरी ठोकुवा गर्नुहुन्छ ?
विचारको हिसावले क्रियाशिलताको हिसावले सिदान्तको हिसावले हामी पहिला नै छौं । कुण्डली मण्डली गरेर जितेको अर्थ हुँदैन । अनेरास्वीयुको मुद्धा देशका विखण्डनकारीको विरुद्धमा छ, विद्यार्थीको हितमा छ । यसैले हामी देशको स्वाभिमानमा अडिग छौं त्यसकारण हामी जित्छौं ।
























