नेपाली चलचित्रकि नायिका सपना सिंह गत ५ बर्ष अघि चलचित्र क्षेत्रमा होमिएकी हुन् l नेपालगंज घर भएकी र मोफसलमा बसेर चलचित्र उद्योगमा काम नचल्ने भएकोले आफ्नो चलचित्रमा भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन् । र नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रको उदयमान नायिका सपना सिंह ठकुरी बिगत ८ बर्ष देखि नेपाली सिनेमा जगतमा छाँउदै आएकि छिन ।
काठमाडौँ पुरानो बानेश्वरको ‘एमआर थिएटर’ बाट भरत नाट्यम, अभिनय र नृत्य सिकेकी नायिका अभिनय र नृत्यमा निकै नै पोख्त छिन । र आफुले निकै मेहनत गर्नु पर्ने उनले बताइन l लगभग ४ बर्ष अगाडी अहिलेका चर्चित संगीत भिडियोका नायक र कलाकार शंकर बिसी सँग म्युजिक भिडियो मार्फत मोडलिङ र अभिनय सुरु गरेकी नायिका सपनाले शुभ यात्रा म्युजिक बाट सपना सिंह ठकुरी ले (यो जोवनी) नामको तिज गीत आफैंले पहिलो तीज गीत बजारमा ल्याइएकी छिन् l अहिले सम्म अढाई दर्जन भन्दा बढी म्युजिक भिडियोहरुमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन् । र उनले अन्य अरु भिडियो आउने बताईन l
नेपाली कथानक चलचित्र ‘सारङ्क’ बाट शुभारम्भ गरेकी नायिका सपनाले अहिले सम्म ४ वटा चलचित्रमा काम गरि सकेकी छिन । हालसालै उनको नयाँ चलचित्र ‘मन को उजुरी’ को पनि छायांकन सुरु भईसकेको र आधा छायांकन हुन बाँकि रहेको उनले बताईन । अभिनय र नृत्यमा राम्रो अभिनय गर्ने नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी पनि देखिन्छिन l
सधै उज्यालो तथा हसिलो अनुहार साथ प्रस्तुत हुने नायिका सपना सबै संँग चाडै घुलमिल हुने बताईन ।
लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी, र माता लक्ष्मी देबी सिंह ठकुरीको, भाइ सागर सिंह ठकुरी र सुशिल भारती प्रेरणा र हौसलाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन l
नायिका सपना भन्छिन, आफ्नो अभिनय, कला प्रस्तुत गरेर आफु भित्र निहित प्रतिभा तथा क्षमतालाइ प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहेको बताईन l
सपना भन्छिन, आफु कलाकार भएकोले कहिलेकाँहि सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउँछु र नाता गाँस्नु पर्छ भनेर नचाँहिदो प्रस्ताब पनि आउने गरेको कुरा बताईन l उनले अगाडी भनिन “मैले त्यस्तो प्रस्ताबलाई ठाडै अस्विकार गर्ने गरेको छु, कामको लागि शरीर बेच्दिन साथै आफ्नो आत्मसम्मान बेचेर सम्झौता पनि गर्दिन” भनिन ।
चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशिलता, अभिनय क्षमता हुनुपर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफु ननाङ्गीने र ग्ल्यामरसको नाममा जे पायो त्यहि नगर्ने समेत स्पष्ट पारिन l आफुले अंगालेको पेशालाई हृदय देखि नै निकै मन पराएको कारण आफु यो पेशामा लागेको बताइन l पेशामा निरन्तरता दिने भन्दै त्याग र तपस्या चाहिने हुनाले आफु दत्तचित्तको साथ लागेको बताईन l
उनले कुराकानी गर्ने क्रममा ,भबिष्यमा अभिनय र नृत्यको माध्यमबाट एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन ठकुरी आफ्नो सुन्दरता प्रति पनि त्यतिकै ध्यान दिने बताइन l उनले अगाडी भनिन ,नेपाली दर्शकहरुको मागलाइ ध्यान दिदै समय सापेक्ष आफुलाइ परिबर्तन गर्दै लैजाने बताइन । साथै कथावस्तु र नेपाली समाजलाई पच्ने खालको चलचित्रमा मात्र आफु अभिनय गर्न तत्पर रहेको बताईन l
काठमाडौँ: पछिल्लो समय शेर्पा जातिको संस्कृति पुस्तापरिर्वतनसँगै लोप हुन थालेको भन्दै प्रमुख मौलिक स्याब्रु नृत्यको प्रतियोगिता आयोजना गरिएको छ।
देशभरका शेर्पाहरुमा भाषा, संस्कृति, परम्परा र रितीरिवाज युवापुस्तामा हस्तान्तरण गर्ने लक्ष्यले आइतबार काठमाडौमा स्याब्रु नृत्यको प्रस्तुती गरिएको आयोजक हिमालय शेर्पा सांस्कृतिक केन्द्रले जनायो।
२१४४ को ग्याल्पो लोसारको अवसरमा केन्द्रद्धारा आयोजित प्रतियोगितामा देशभरका ११ समूहको सहभागिता थियो। जातीय भेषभुषा, सुरताल, प्रस्तुति, समय र जनमतलाई मुख्य गरी स्याब्रुको प्रस्तुतिमा समेटिएको निर्णक केन्द्रका सल्लाहकार लाक्पा शेर्पाले बताए। युवापुस्ताले गरेका प्रस्तुतिलाई प्राथमिकतामा राख्दै प्रोत्साहन गरिएको उनले बताए।
नृत्यमा दोलखा, संखुवासभा, सोलुखुम्बु र रामेछापका प्रतियोगितामा पोशाक, भाषा लवजका मुख्य आर्कषण बनेको थियो। स्याब्रु प्रतियोगितामा शरिर पुरै ढाक्ने बाक्लो लुगा क्ष्युवा, अङगी, पाङदेन, दोचा, लगायत एक दर्जन बढी प्रकारका पोशाक प्रयोग गरेका थिए। विजयी टोलीलाई क्रमस ५०,३० र २० हजारले आयोजकले सोमबार लोसारको अवसरमा पुरस्कृत समेत गर्ने जनायो।
चार बर्ष यता देखि बार्षिक रुपमा आयोजन गर्दै आएको प्रतियोगिताले जातीय मौलिक भाषा संस्कृतिको संरक्षणमा टेवापुगेको र आउने दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने आयोजकले जनायो। विश्वको सर्वोच्च शिखर सगरमाथासँग पर्यवाची बनेको शेर्पा २०६८ को जनगणनाअनुसार एक लाख १२ हजार नौ सय ४६ रहेका छन्।
यी जातीले धर्म,संस्कृति, संस्कार, चाडपर्व, मेला, धार्मिक उत्सव मनाउने र पूजाआजा गर्ने गर्दछन्। शेर्पाहरू धार्मिक र सांस्कृतिक गरी दुई प्रकारको चाडपर्वहरू मनाउने गर्दछन्। मनिरिम्दु, ञ्युङने, डुम्जी, चिरीम, ओशो आदि यि जातीको धार्मिक चाडपर्व हुन् भने ल्होसार, फाकङयी र यारच्याङ सामाजिक चाडपर्व हुन्। हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जाती शेर्पा राज्यबाट सुचिकृत ५९ मध्ये एक हो।
‘क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो ।
बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् । उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरिन् । उनले फोटो पोष्ट गरेपछि यसले निकै सकारात्मक प्रतिक्रिया पायो ।
भारतीय मिडियामा पनि उनको हट फोटोले चर्चा पायो । रीया मानिसहरुले दिएको प्रतिक्रियाबाट खुशी छिन् । उनले भनिन्–‘सबैले बच्ची बच्ची भनेको सुन्दा म दिक्क भएको थिए । यो फोटोसुट पछि मानिसले मलाई बच्ची भन्न छाडेका छन् । म निकै खुशी छु ।’
सुरुमा त उनले यसलाई सामान्य रुपमा लिइन् र वेवास्ता गरिन्। पछि विजय सरले उनलाई 'कहाँ भेटिएला?' फिल्मको अडिसनमा जान आग्रह गरे।
अडिसनबाट फिल्म युनिट प्रभावित भए र उनलाई फिल्म खेल्न कर नै गरे। 'मैले फिल्म नखेल्न धेरै बाहनाहरु बनाएँ, तर उहाँहरु घरमै आएर फोर्स गर्नुभयो।' आफ्नो रुची बिना नै फिल्म क्षेत्रमा हात हालेकी स्वेताको पहिलो फिल्म 'कहाँ भेटिएला' सफल भयो। यसमा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग काम गरेकी थिइन्। यो फिल्मको सुटिङ नसकिँदै स्वेतालाई दोश्रो फिल्म 'हाँसिदेउ एक फेर'को प्रस्ताव आयो। दोश्रो फिल्ममा पनि उनले मन नहुँदा नहुँदै काम गरिन्।
'त्यसमा पनि काम गर्न मन थिएन, त्यही पनि रिलेसनको कारणले स्क्रिप्ट पनि नपढी काम गरेँ' उनले भनिन्। 'हाँसिदेउ एक फेर' पनि केही मात्रामा सफल भयो। एक पछि अर्को फिल्मको प्रस्ताव आइरहेको उनलाई फेरि 'श्रीमान श्रीमती' को प्रस्ताव आयो। आफूलाई फिल्म क्षेत्रमा ल्याउने अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी भएर काम गर्नुपर्ने भएकाले पनि उनले त्यस फिल्ममा अभिनय गरिन्। 'श्रीमान श्रीमती' ले पनि उनलाई सफलता नै दियो। २०७१ सालमा प्रदर्शनमा आएको फिल्म 'कोहिनुर' त्यसबेलाको सर्वाधिक कमाइ गर्ने फिल्म हो। जुन फिल्ममा उनले तेस्रो पटक नायक श्रीकृष्ण श्रेष्ठसँग जोडी बाँधेकी थिइन्।
त्यस फिल्ममा उनको पनि लगानी थयो। फिल्म अत्यधिक सफल भयो। तर यो फिल्मको सफलताबारे उनलाई धेरै पछिमात्र थाहा पाइन्। विबाह र पति बियोग : 'कोहिनुर' फिल्ममा काम गरेसँगै स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठले विवाह गरे। फिल्म प्रर्दशनमा आउने तयारी हुँदै गर्दा उनीहरु हनिमुन मनाउन भारततर्फ गए। विवाहको एक महिना नपुग्दै पति श्रीकृष्ण श्रेष्ठको निधन भयो। श्रीकृष्णको निधन हुनु दुई दिन अगाडि उनी अभिनित फिल्म 'कोहिनुर' प्रर्दशनमा आएको थियो। फिल्म अति नै सफल भयो तर स्वेतालाई त्यस कुराले केही मात्रमा पनि खुशी बनाउन सकेन। स्वेता भन्छिन् 'त्यस बेला म आफै होसमा थिइनँ फिल्मको सफलताले मलाई कुनै पनि कुरामा खुसी बनाउन सकेन।'
पतिको मृत्युपछि लगभग १ बर्षसम्म स्वेताले आफूलाई नियन्त्रणमा लिन पनि सकिनन्। उनले लगातार १ बर्षसम्म डिप्रेसनको औषधी खाइन्। भन्छिन् 'यो अवस्थामा आउँछु होला जस्तो लाग्दैन थियो।' उनी उपचारका लागि अमेरिका जाँदा एउटा कार्यक्रममा सहभागी भइन्। त्यहाँ उनले दर्शकको अत्यधिक माया पाइन्। त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिन थालिन्। कार्यक्रममा जादा दर्शकले देखाएको मायाले उनलाइ केही हदसम्म जिउने हौसला मिल्यो। 'मलाई मेरा दर्शकहरुले एकदमै माया गर्नुहुँदो रहेछ म उहाँहरुके कारण अहिले यहाँ छु' स्वेताले भनिन्।
फिल्म निर्माण र समाजसेवा स्वेता खड्का अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि सहभागी छन्। अहिले उनले सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्न थालेकी छन्। भूकम्प गएको दुई वर्ष पुग्न लागिसक्दा पनि पीडितहरु सामान्य टहरामा बसिरहनुपरेकाले बस्ती निर्माण गर्न लागेको उनले बताइन्। ' मैले भूकम्पको बेला पनि केही मात्रमा सहयोग गरेको थिएँ, तर त्यो केही समयको प्रयोगका लागि मात्र भयो अब भने सँधै प्रयोग गर्न मिल्ने गरी दिगो निर्माण गर्ने सोच राखेर यो काम सुरु गर्न लागेको हुँ' स्वेताले भनिन्। त्यहाँ उनले ६२ घरहरु निर्माण गर्नेछिन्।
हुनत, नायिका हर्षिका श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा त्यस्तो उचो स्थान बनाइनन् । तर, पनि उनी मिडियामा सधै नै विभिन्न कारणले चर्चामा रहन्थिन् ।
उनै, हर्षिका बिहे बन्धनमा बाँधिएपछि हराइन् । तर, अब उनी चलचित्र ‘मेरी कुसुम’म मार्फत दर्शकमाँझ आउँदैछिन् । उनले आफू नहराएको बताइन् । तर, बिहेपछि परिवारलाई पनि समय दिनुपर्ने भएकाले पारिवारिक रुपमा पनि व्यस्त हुने गरेको उनको भनाई छ ।
उनले आफूलाई आधा दर्जन चलचित्रको अफर आएपनि कथा मन नपरेकाले छाडेको बताइन् । आफ्नो ट्याटु शो गर्दै ‘मेरी कुसुम’ चलचित्रको ट्रेलर शोमा उनी पुगेकी थिइन् ।
सर्ट फिल्म कलाको सशक्त विधा हो । तर, नेपालमा थुप्रै गिरोह सर्ट फिल्मलाई अश्लील धन्दाको माध्यम बनाइरहेका छन् ।
भद्दा, छाडा र सस्ता यौनजन्य विषयवस्तु हुने यस्ता फिल्म युट्युबमा अपलोड गरेर पैसा कमाउन पल्केका उनीहरूलाई कला वा अभिनयसँग मतलब हुने कुरा पनि भएन । यस्ता फिल्ममा काम गर्ने महिलाको श्रम तथा यौन शोषण हुने गरेको छ । सर्ट फिल्मका नाममा नेपालमा कस्ता–कस्ता तमासा भइरहेका छन् त ? किन कसैले नियमन गरिरहेको छैन ? को–को छन् यसमा संलग्न ? अनिल यादवले केस्रा–केस्रा केलाएका छन् । फिल्मको नामः पैसा कि बैँसा ।
दृश्य छ यस्तो– गाउँबाट हिरो बन्ने सपना बोकेर शहर छिरेको एक युवक एउटा कार्यालयभित्र प्रवेश गर्छ । कार्यालयमा बसेकी युवती उसलाई ‘पैसा दिन नसके बैँसा’ दिन आग्रह गर्छे । केटा राजी हुन्छ । अनि, कार्यालयको सोफामै ती युवती र युवक बैँसको प्यास मेट्न थालिहाल्छन् । र, यत्तिकैमा चार मिनेट लामो फिल्म सकिन्छ । फिल्मको नामः कलेज बंक । कलेज जाँदै गरेकी आफ्नी प्रेमिकालाई युवक ‘कलेज बंक’ गर्न आग्रह गर्छ । एकछिनको आनाकानीपछि युवती मञ्जुर हुन्छे । युवक उसलाई एकान्त ठाउँको एउटा झाडीमा लिएर जान्छ । त्यसपछि उनीहरू रमाइलो गर्न थाल्छन् । ‘सामाजिक सन्देशका लागि’ भनिएको साढे सात मिनेट लामो यो फिल्म पनि रमाइलो गर्दागर्दै सकिन्छ ।
‘इन्जोय नेपाल’ युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई तीन करोडभन्दा बढी पल्ट हेरिएको छ । फिल्मको नामः ‘ड्यामड्याम–४’ । फिल्म छायांकन भइरहेको दृश्य छ यसमा । निर्देशक केटा र केटीलाई सुझाउँदै हुन्छन्, ‘पहिला बहिनी त्यहाँ गएर लड्ने, त्यसपछि हिरोले हिराइनलाई रेप गर्ने सिन हो । त्यसपछि चाहिँ तपाईंहरूको लभ पर्छ क्या । यो अनौठो खालको लभस्टोरी हो क्या ।’ अनि निर्देशक ‘एक्सन’ भन्छ । निर्देशकले भनेझैँ दृश्य सुट हुन्छ ।
क्यामेराम्यानलाई सिन चित्त बुझ्दैन । ऊ निर्देशकलाई ‘मजा आएन’ भन्छ । त्यसपछि निर्देशक आफैँले ‘मजा’ गरेर देखाउँछ । अनि, युवती ‘भएन’ भन्दै आफैँ निर्देशकमाथि सवार हुन्छे । र, ‘रेप’ गर्ने यसरी हो भन्दै निर्देशकलाई उल्टै सिकाइदिन्छे । ‘कुलेन टीभी’ नामक युट्युब च्यानलबाट अपलोड भएको यो फिल्मलाई युट्युबमा ४ लाख ४१ हजारभन्दा बढी पल्ट हेरिएको छ । ‘न्यू नेपाली सर्ट फिल्म’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला सयौँको संख्यामा अश्लील दृश्य र संवादमात्र समावेश भएका यस्ता फिल्म छ्याप्छ्याप्ती भेटिन्छन् । ‘सर्ट फिल्म’को नाम दिँदै उनीहरू ‘सफ्ट पोर्न’ नै बनाइरहेका छन् । यस्ता भिडियोमा सिर्जनशीलता र अभिनय शिल्प देखिने कुरा भएन ।
भद्दा किस र बेड सिन नै यस्ता फिल्मका विशेषता हुन् । यसमा सहमत छन्, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई । भन्छन्, ‘नेपालमा सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न सर्ट मुभीको नाममा सर्ट पोर्न मुभी जस्ता देखिने भिडियोहरू बनाएर अपलोड गरिन्छन्, यो त ज्यादती नै भइरहेको छ । यो कुनै कला होइन । यस्ता फिल्मले अश्लीलतालाई मात्र बढावा दिन्छन् । समाजमा विकृति ल्याउने काम गरिरहेका छन् । यहाँ त सर्ट फिल्म जान्रकै बदनाम भइरहेको छ ।’ यता ‘एकादेशमा अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिभल’का प्रोग्राम डिरेक्टर समेत रहेका सर्ट फिल्म निर्देशक अविनाशविक्रम शाह व्यक्तिगत रूपमा आफूलाई त्यस्ता फिल्म मन नपर्ने बताउँछन् । ‘हरेक मेकरको फिल्म बनाउनुपछाडि एउटा ‘इन्टेन्सन’ हुन्छ,’ उनी भन्छन्, ‘जसको उद्देश्य भनेकै पैसा कमाउने मात्रै हो ।
उनीहरूले काम गर्ने पनि त्यसरी नै हो । एकचोटि विदेशमा बस्ने मेरो एउटा साथीले युट्युबमा नेपाली फिल्म भनेर सर्च गर्नासाथ नराम्रो, छाडा फिल्म मात्र भेटियो भनेर मलाई गुनासो ग¥यो । यसो भन्दैमा कसैलाई नबना भन्न त मिल्दैन नि । त्यो उनीहरूको स्वविवेकको कुरा हो ।’ यसरी हुन्छ शोषण यस्ता ‘सर्ट फिल्म’मा काम गर्ने अधिकांश कलाकार विभिन्न हिसाबले शोषणको शिकार भइरहेको स्वयं कलाकारहरू नै बताउँछन् । ‘नबुझीकन फिल्म खेल्न आउनेहरू यहाँ अश्लील फिल्म खेल्न बाध्य भइरहेका छन्,’ दर्जनजति सर्ट फिल्ममा अभिनय गरेकी मोडल निशा घिमिरे भन्छिन्, ‘यहाँ त सर्ट फिल्मको नाममा नयाँ केटी ल्याएर अनुहार बेच्ने काम जस्तो भयो ।
युवतीलाई नंग्याएर उनीहरू पैसा कमाइरहेका छन् । यस्तो गरेर कहिलेसम्म टिक्ने हो त ?’ उनले आफूलाई म्युजिक भिडियो भन्दै झुक्याएर सर्ट फिल्म खेलाएको तीतो अनुभवसमेत शुक्रवारसँग साटिन् । ‘डेढ वर्षअघिको कुरा हो । मलाई निर्देशक आरएस बस्नेतले म्युजिक भिडियोमा खेल्नका लागि भनेर पोखरा बोलाए,’ उनले सम्झिइन्, ‘म गएँ । त्यतिबेलासम्म मैले दुइटा म्युजिक भिडियोमा काम गरिसकेकी थिएँ । सुटिङ अवधिसम्म मलाई उनीहरूले म्युजिक भिडियो नै भनेका थिए । ‘लभ सिन हो, अलि अलि चाहिन्छ’ भन्दै किस सिनहरू दिन लगाए । भिडियो होइन जस्तो लागेर मैले प्रश्न पनि उठाएँ ।
पछि काठमाडौँमा सम्पादन गर्ने बेलामा मात्र थाहा भयो ‘सर्ट फिल्म’ रहेछ । ‘बलात्कार–३’ नाममा युट्युबमा अपलोड भएको त्यो फिल्म आफैँलाई हेर्न लाज लाग्छ । परिवारबाट धेरै गाली खाएँ । ‘ज्योति मगर र अर्चना पनेरुलाई टक्कर दिने नायिका’ भन्दै युट्युबमा प्रचार पनि गरियो । अहिलेसम्म त्यो फिल्म युट्युबबाट हटाइदिन भनेर संघर्ष गरिरहेकी छु । तर, मान्दै, मान्दैनन् । के गर्ने होला ?’ उनले भोगेको पीडा यतिमै सकिँदैन । कुलेन टीभी च्यानलबाट अपलोड भएको सर्ट फिल्म ‘उत्ताउलो मन’ सुटिङका क्रममा पनि उनले दुव्र्यवहार खेप्नुपरेको बताइन् ।
‘निर्देशक अर्जुन थापा अविरलको फिल्म हो यो,’ उनले भनिन्, ‘सुटिङका क्रममा उहाँले मलाई जबर्जस्ती सिनहरू गराएको म कहिल्यै बिर्सन सक्दिनँ । ‘अलि तल, अलि तल’ भन्दै छाती धेरै देखाउन लगाउँथे । सुटिङका बेला पनि भल्गर शब्द प्रयोग गर्थे । हाम्रो इज्जतको ख्याल नै नगर्ने । अहिले त ऊ मलाई निर्देशकजस्तो नै लाग्दैन । मबाट अञ्जानमा भएका गल्ती हुन् यी । र, अरु केटीहरूलाई बुझेरमात्र यो क्षेत्रमा काम गर्न सुझाव दिन्छु ।’ ‘आवश्यक परे जस्तोसुकै सिन दिन पनि तयार छु’ भन्दै अन्तर्वार्ता दिने अभिनेत्री सपना लामिछानेका पनि थुप्रै सर्ट फिल्महरू युट्युबमा भेट्न सकिन्छ । उनी निकटकाहरू भन्छन्, ‘सर्ट फिल्मका नाममा हुने शोषणका कारण उनले यस्तो फिल्म नखेल्ने निर्णय गरेकी छिन् ।’
शुक्रवारसँग उनले भनिन्, ‘म सर्ट फिल्म पहिला गर्थें, अहिले गर्न छाडिसकेँ । त्यस्ता मुभीबारे मेरो भन्नु केही छैन ।’ शोषण महिला मात्र होइन, पुरुष कलाकारको पनि भइरहेको छ । २ सय ७० भन्दा बढी सर्ट फिल्ममा काम गरिसकेको बताउने अभिनेता आर्यन बोगटी (नवीन) युट्युबमा भिडियोको भ्युअर्स बढाएर पैसा कमाउने लोभमा अरूलाई नंग्याउने मेकरहरू व्याप्त रहेको बताउँछन् । ‘मलाई पनि निर्देशकहरूले जबर्जस्ती र झुक्याएर भल्गर सिनहरू धेरै लिए,’ उनी भन्छन्, ‘उनीहरू सम्पादनका क्रममा मिलाउँछु भन्थे तर जस्ताको तस्तै अपलोड गर्थे । त्यही कारण कति त मैले अपलोड नै गर्न दिइनँ ।
मेरो घर भारतको पञ्जाबमा छ । मेरा पञ्जाबका साथीहरू मलाई ‘तँ नेपालको पोर्न स्टार होस्’ भन्दै जिस्काउँछन् । यस्तो सुन्दा निकै दुःख लाग्छ ।’ यही कारण केही समय सर्ट फिल्मबाट विश्राम लिएका उनी फेरि काम गर्न थालेका छन् । ‘अब त्यस्तो भल्गर खेल्दिन,’ उनले भने । यता सयभन्दा बढी सर्ट फिल्म निर्माण गरिसकेको बताउने शंकर अधिकारी ‘घायल’ आफूले अहिलेसम्म कोही कलाकारलाई शोषण नगरेको बताउँछन् । ‘तर, अरूले गरेका होलान्,’ उनी उल्टै प्रश्न गर्छन्, ‘नत्र केटीहरूलाई ‘सर्ट फिल्म खेल्ने हो ?’ भनेर प्रस्ताव राख्नासाथ नाक खुम्च्याउँछन्, किन त ?’
पारिश्रमिकमा पनि शोषण धेरैको अनुमान हुन्छ– यस्ता फिल्ममा काम गर्ने कलाकारको पारिश्रमिक पनि आकर्षक होला । तर, वास्तविकता ठीक विपरीत छ । ‘नयाँलाई त ब्रेक दिने हो, पैसा त नदिँदा पनि हुन्छ,’ निर्देशक अधिकारी भन्छन्, ‘अवस्था हेरेर दिनको एक हजारदेखि १५ सयसम्म दिइन्छ । र, एकै दिनमा आधा दर्जनजति फिल्मको सुटिङ गरिन्छ ।’ उनले शनिवारमात्र काठमाडौँ, शंखमूल नजिकैको यूएन पार्कमा तीनटा फिल्मको छायांकन गरे । देखाउने एउटा दाँत, चपाउने अर्कै बाहिरबाट देखिँदा अर्कै पेशा गरिरहेका व्यक्तिहरू भित्रभित्रै पैसा कमाउने लोभमा युट्युब च्यानल खोलेर सर्ट मुभीको धन्दामा लागेको पाइएको छ । उदाहरणका लागि पीएनपी मिडिया नामक कम्पनीका सीईओ युवराज खत्रीलाई लिन सकिन्छ । उनी फिल्म सम्पादन पनि गर्छन् । उनले चलाएको पीएनपी मिडिया नामक युट्युब च्यानलमार्फत पहिले थुप्रै भल्गर दृश्य भएका सर्ट फिल्महरू अपलोड हुन्थे ।
पछि युट्युबले नै ब्लक गरिदिएपछि उनी अहिले लुकीछिपी अर्को च्यानलबाट यो धन्दा चलाइरहेका छन् । उनले चलाएको ‘कुलेन टीभी’ धेरैजसो अश्लील दृश्य भएका सर्ट फिल्म अपलोड गर्ने युट्युब च्यानल हो । हालसम्म आठ सयभन्दा बढी सर्ट मुभी बनाइसकेको दाबी गर्ने निर्देशक घनश्याम तिमल्सिना आफूले थुप्रै मुभी बनाएर उनलाई बेचेको बताउँछन् । निर्देशक शंकर अधिकारी घायलका अनुसार उनी केही समयअघिसम्म आफूले बनाएका सर्ट फिल्म युवराजलाई नै बेच्थे । तर, यस विषयमा कुरा गर्दा युवराज तर्किए । ‘मैले चलाएको हो भन्ने के प्रमाण छ ?’ उनले उल्टै प्रश्न गरे,‘ मेरो पीएनपी मिडिया मात्र हो, अरू होइन । पहिला हामी सर्ट फिल्म किन्थ्यौँ, अहिले किन्दैनौँ ।
सर्ट फिल्ममा अभिनय चाहिँ गर्छु । पैसा दिन्छन्, त्यही भएर गर्छु । तिर्सना बढाथोकी, अर्चना पनेरुले अश्लील फोटो सार्वजनिक गर्दा चाहिँ गलत नहुने ? अनि, हामीले अभिनय गर्दा चाहिँ कसरी गलत हुने ?’ युवराजका जस्ता विभिन्न कम्पनीहरूले विभिन्न नाममा युट्युब च्यानल खोलेर अश्लील सर्ट फिल्महरू अपलोड गर्ने गरेका छन् । युवराज खत्री नै नाम गरेका अर्का एक्सन फिल्म्सका प्रमुखको सर्ट फिल्म पनि युट्युबमा बग्रेल्ती भेटिन्छन् । ‘अहिले मैले बनाएको पनि छैन, खेलेको पनि छैन,’ दोस्रो युवराज भन्छन्, ‘यहाँ यस्तो फिल्म बनाउने धेरै टोली छन् । भनेर साध्य नै छैन । म पहिला बनाउँथेँ ।
अभिनय पनि गर्थें । अहिले गर्न छाडिसकेँ ।’ त्यसो त नेपालका ठूलठूला म्युजिक कम्पनीहरूले पनि पैसाको लोभमा यस्ता सर्ट फिल्महरू अपलोड गरिरहेका छन् । ‘हाइलाइट्स नेपाल’ले जीवन थापाले बनाएको ‘लोग्ने मान्छे त हो’, राज बस्नेतको ‘वन किस’ जस्ता सर्ट फिल्म अपलोड गरेको छ । म्युजिक नेपालले ‘फिलिंग्स’ नामका भल्गर दृश्यमात्र समावेश सर्ट फिल्म राखेको छ । बुढासुब्बा डिजिटलले सर्ट फिल्म नै नभने पनि ‘चुसी राख न ल’, ‘बुढीको चाटेछ’ जस्ता दुईअर्थी शीर्षकमा कमेडी भिडियो भन्दै अपलोड गरेको छ । अपवादलाई छाड्ने हो भने युट्युबमा सामान्य फिल्म र भिडियोहरूको भ्युज एक करोड पुग्न हम्मेहम्मे पर्छ । तर, यस्ता सर्ट फिल्ममध्ये केहीलाई करोडभन्दा बढी पल्ट हेरिएको पाइएको छ । अधिकांश लाखभन्दा बढी पल्ट त हेरिएकै छन् ।
फागुन १३ बलिउडमा ‘सोचा न था’ बाट करियर यात्रा सुरु गरेकी नायिका आयशा टाकिया हाल भने चलचित्रको पर्दाबाट केही टाढा छिन् ।
वैवाहिक जीवन अनि परिवार सन्तानलाई समय दिनुपर्ने भन्दै उनले चलचित्रको दुनियाँबाट केही समय ओझेल परेकी थिइन् । उनी पुनः पर्दामा आउने भएकी छिन् । उनी फेरि ग्ल्यामरको संसारमा फर्किने भएकी छिन् । झण्डै ७ लामो ग्यापपछि आयशा एक म्यूजिक भिडियोमार्फत पुनः पर्दामा आउने भएकी छिन् ।
उनले ग्ल्यामरस दुनियाँमा आउनका लागि आफ्नो ब्रेस्टको साइज पनि बढाएकी छिन् । हुन त उनले सर्जरीकाे कुरालाइ भने खुलेर स्वीकार गरेकी छैनन् । तर उनका पहिलेका तस्वीर र पछीका पस्वीरहरूबाट सहजै अनुमान लगाउन सकिन्छ ।
एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् ।
उनले अब आफू महिला केन्दि्रत चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । अनलाइनखबरसँगको विशेष भेटमा जलले मोटाएको फिगरमा भनिन्-‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?’
उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाहले अनलाइनखबरसँग मस्तीको गफ गरेकी छिन् । उनीसँग गरिएको भिडियो कुराकानी केही दिनमै प्रकाशन हुनेछ । जलले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीको केही अंश भने यस्तो छ ।
नेपाली चलचित्र क्षेत्रमा जम्ने उद्देश्यका साथ प्रवेश गरेकी नव-कलाकार अनुष्का शर्माका लागि उनले सोचे जस्तो रहेन, यो क्षेत्र ।
चलचित्रको अफर आएपनि अफर गर्नेको गलत नियतका कारण उनलाई हैरानी भएको छ । अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा अनुष्काले आफू खासै राम्री नभएको बताइन् । तर, आफूमा कला भरपुर रहेको उनको दाबी छ । अवसर पाएको खण्डमा हरेक किसिमको भूमिका गर्न सक्ने दाबी उनको छ ।
अनुष्कासँ गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः
झट्ट हेर्दा लाग्छ, उनी बलिउड अभिनेत्री हुन् । तर जब उनको पृष्टभूमी थाहा हुन्छ, जिब्रो टोक्न बाध्य हुन्छौं । उनी अभिनेत्री होइनन्, तर सामन्य युवती पनि होइनन् ।
साउदी अरबकी राजकुमारी हुन् । बर्ष, ३३ । नाम, अमीरा अल तावील । अझ नजिकबाट, उनी अर्बपति राजकुमार अलवलीद बिन तलालकी पत्नी हुन् । जो ३२ बिलियन डलरका मालिक हुन् । तलालले तीन जनासाग बिवाह गरे । उनको अन्तिम तथा तेस्रो पत्नी हुन्, अमीरा । सुन्दर अनि शक्तिशाली राजकुमारी अमीरासाग जोडिएका केहि घतलाग्दो पक्ष छ । जस्तो उनी, साउदी अरब जस्तो कठोर कानुन भएको मुलुकमा बुर्का छाडेर पश्चिमा फेसन गर्छिन् । उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक-अधिकारका लागि लड्छिन् । ।
साउदी अरबमा महिलाहरु खुलमखुला हिाड्न पाउादैनन् । उनीहरुले हरवखत आफुलाई बुर्काले लुकाउनुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजायको भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् । तर अपवाद हुन्, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफुलाई छोप्दैनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठााटिएर हिाड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन्, त्यो मुलुकको । दयालु पनि विश्वको थुप्रै देशमा चक्कर लगाइसकेकी उनी आधुनिक छिन् । त्यती मात्र होइन, उनी सहयोगी र दयालु पनि छिन् । आफुलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् ।
विश्वको कुनैपनि कुनामा आपत बिपत परेमा उनी सहयोगका लागि हात बढाउाछिन् । चाहे अपि|mकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर देखिएकी छिन् । उनी स्वंम आफ्ना मुलुकका महिलाहरुको हक अधिकारका लागि पनि लडिरहेकी छिन् । उनी अल-वलीद बिन तलाल फाउन्डेसनकी अध्यक्ष हुन् । दुखद बाल्यकाल राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् । अमीरा सानै छादा आमा बुवाको सम्बन्ध बिच्छेद भइसकेको थियो ।
अमीराले एबिए गरेकी छिन् । उनी शिक्षित महिलामा गनिन्छन् । प्रेम सम्बन्ध जब अमीरा १८ बर्षकी थिइन्, त्यसबेला राजकुमार अलवलीद बिन तलालसाग उनको भेट भयो । परीक्षाको सिलसिलामा उनीहरुको १० मिनेट भेटघाट भएको थियो । त्यसको ९ महिनापछि उनीहरुले बिवाह गरे । -एजेन्सी


















































