हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा ३५ वर्ष लागेकी छिन् । सन् १९८२ मा भारतको मजशेदपुरमा जन्मिएकी प्रियंका १३ वर्षको उमेरमा पढ्नका लागि वोस्र्टन गएकी थिइन् । तीन वर्षपछि भारत फर्केकी प्रियंकाले बरेलीको सैनिक स्कुलवाट प्लस टु उत्तिर्ण गरेकी थिइन् ।
स्कुल पढ्दा उनलाई साथीहरुले ‘काली-कलुटी’ भनेर जिस्क्याउँथे । सानो छँदा प्रियंका काली थिइन् । कतिपयले भन्ने गर्छन् मोडलिङ सुरु गर्दासम्म पनि प्रियंकाको लुक खासै लोभलाग्दो थिएन ।
उनको बुबाको चाहना थियो कि छोरी उच्च शिक्षाको लागि अष्ट्रेलिया पढ्न जाओस् । प्रियंका पनि उच्चशिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिइन् । कलेज भर्नाको लागि उनले खिचाएको तस्विरले नै उनको भाग्य बदलेको थियो ।
कलेज भर्नाको लागि खिचाएको पासपोर्ट साइजको फोटो नै पहिलो पटक उनकी आमाले ‘मिस इण्डिया’ कार्यक्रममा पठाइदिएकी थिइन् । त्यहि फोटोको आधारमा उनी ‘मिस इण्डिया’का लागि छनोट भएकी थिइन् । सोही प्रतियोगिता नै उनको करिअरको महत्वपूर्ण आधार बन्यो ।
‘मिस वल्र्ड’मा उपाधि जितेपछि प्रियंकाले कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।
सन् २००३ मा बनेको ‘द हिरो’वाट करिअर सुरु गरेकी उनले ‘अन्दाज, ऐतराज, कृष, फेशन, डन’ लगायत ५० बढी चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय हलिउड सिरियल ‘क्वान्टिको’मा काम गरेकी प्रियंकाले हलिउड चलचित्र ‘बेवाच’मा पनि काम गरिन् । अहिले उनी ‘क्वान्टिको-३’ मा ब्यस्त छिन् ।
– माडियांव थाना क्षेत्रमा शिवा उर्फ शैलू (२९) आफ्नी श्रीमती मधुसँग बस्दथे र इन्दिरानगरको एक कपडा पसलमा पनि काम गर्दथे ।
– नोभेम्बर १२ तारिखमा मधुले माडियांव कोतवालीमा आफ्ना श्रीमान् २० अक्टोबरदेखि आफ्नो पैतृक निवास बलरामपुर गएका तर अहिलेसम्म उनको केही खबर नभएको भनी पुलिस स्टेशनमा निवेदन दर्ता गरेकी थिइन् ।
– निवेदन पेश गरेपछि उनले कहिले पनि पुलिसलाई सम्पर्क गरिनन् ।
मामाको छोराका कारण भयो यस्तो खुलासाः
– गत शुक्रबार शिवाका मामा जगराजका छोरा प्रदिपले शिवामाथि केही ठूलै घटना भएको शंका गरी पुलिसमा अर्को निवेदन पेश गरेका थिए ।
– त्यसपश्चात् पुलिसले मधुलाई सोधपुछका लागि हिरासतमा लियो । कडा सोधपुछपश्चात् मधुले आफ्नो अपराध कबुलिन् । उनले शिवाका फूपूका छोरा निरजसँग आफ्नो अनैतिक सम्बन्ध भएकोसमेत खुलासा गरिन् ।
श्रीमानले आपत्तिजनक स्थितीमा देख्दा श्रीमतीद्वार हत्याः
– करिब ४ महिना पहिले मधु र निरज घरमा आपत्तिजनक स्थितीमा थिए त्यतिबेलै शिवा कामबाट घर फर्किए । श्रीमती र आफ्नै फूपूको छोरालाई त्यस्तो स्थितीमा देख्दा शिवा थाम्न सकेनन् र श्रीमतीलाई एक थप्पड हाने ।
– त्यसपछि दुबैले शिवाको दुबै हात सलले बाँधेर उनको घाँटी थिचेर हत्या गरिदिए ।
– शवलाई तीन टुक्रा पारेर घर भित्र बनेको सेफ्टी ट्याङ्कीमा हालिदिए ।
पुलिसले निकै कष्ट गरेर निकाल्यो शवः
– मधुले अपराध स्विकारेपछि पुलिस उनको घर पुगेको थियो ।
– सेफ्टी ट्याङ्कमा निकै फोहोर र पानी भरिएको थियो । अँध्यारो भएकाले केही देखिएको थिएन ।
– त्यसकारण पुलिसले आइतबार बिहान शव निकाल्ने निर्णय गर्यो र बिहान करिब साढे १० बजे घर पुग्यो ।
– नगर निगमको मद्दतले ट्याङ्की सफा गरियो । त्यसपछि सफाइ गर्ने व्यक्तिको मद्दतले शिवालाई क्षतविक्षत शवलाई ट्याङ्कीबाट निकाले ।
– शवलाई पोष्टमार्टमका लागि पठाइयो र मधुलाई पक्राउ गरियो ।
श्रीमानको हत्यापश्चात् राखिन् उनको दीर्घायुको ब्रतः
– छिमेकीका अनुसार मधु करवाचौथका दिन अक्टोबर १९ तारिखमा प्रेमी निरजसँग शपिङ गरेर घर फर्किएकी थिइन् ।
– छिमेकमा बस्ने महिलाले शिवाबारे सोध्दा उनले बलरामपुर गएको जानकारी दिइन् ।
– छिमेकीका अनुसार करवाचौथको दिन उनले हातमा मेहेन्दी लगाएको खुट्टालाई निकै राम्रोसँग सजाएकी थिइन् । उनी त्यसदिन निकै खुसी देखिएकी थिइन् । उनले बेलुकी पुरा मेकअपसहित घरको छतमा करवाचौथको पूजा पनि गरेको देखिएको छिमेकीले बताए ।
– स्थानीयका अनुसार करवाचौथपछि करिब दुई हप्तासम्म मधु निरजसँगै त्यही घरमा बसेकी थिइन् ।
त्यसपछि दुबै अचानक गायब भएका थिए ।
फरार छन् निरजः
– शिवाको हत्या गरेदेखि नै निरज र मधु सँगै बसिरहेका थिए । शनिबार जब पुलिसले मधुलाई पक्राउ गरे त्यतिबेला पनि उनी घरमा नै थिए तर पुलिस घरमा पुग्नेबित्तिकै उनी भाग्न सफल भए ।
भारतको चंढीगढमा एउटा गोप्य ठाँउमा एक वैठक आयोजना भयो, यसमा पुरै पंजावका महिला सहभागी भए, जसलाई विदेशमा रहेका उनका पतिहरुले छाडेका थिए । यी महिला वैठकमा एक गैरसरकारी संस्थाले सहयोग गर्ने आशामा वैठकमा सहभागी भएका थिए ।
हेल्पिङ हेल्पले नामको यस गैरसरकारी संस्थाका प्रमुख हुन, अमनजोत कौर रामूवालिया ।
उनको अनुमान छ कि पुरै पंजावमा यस्ता खालका १५ हजार महिला छन् । उनीहरुको भनाई छ कि, यो सख्याँ बढिरहेको छ, यसमा थोरै पढेलेखेका महिला पनि छन, दूर्गम गाँउका छन् । उनीहरु संकटमा छन् ।
उनी भन्छिन्, ‘यो समाज महिला पीडित भएर रहन मन्जुर छन् । मेरो भनाई क छि यो मानवअधिकारवादको हनन हो ।’
यस्ता पीडित महिलाका श्रीमान सारा दुनियाँमा छन् । खास गरेर अमेरिका, बेलायत र क्यानाडामा रहने धेरै छन् ।
ती महिला विदेशमा राम्रोसँग बस्ने आशामा विवाह गरेका थिए । तर, धेरैजसो श्रीमानको उदेश्य चाहीँ माया भन्दा पैसा नै बढी थियो । यस्ता पतिमा एक तिहाई बेलायतमा रहेको अनुमान छ ।
रामूवालिया भन्छिन्, ‘ ती केटाहरु भारत आउँछ् र धेरै भन्दा धेरै दाइजो माग्छन् । विवाह गर्छन, दाइजोको पैसामा हनिमुन जान्छन् । त्यसपछि उनीहरु फर्केर आउँदैनन् । पत्नीका दुखका दिन शुरु हुन्छ ।’
भारतमा यस्तो परम्परा छ कि, केटीको परिवार केटालाई दाइजोमा पैसालगायत अन्य उपहार दिन्छन् । यद्यपी यसमा १९६१ मा यसलाई गैरकानुनी बनाइएको थियो । यो उपहार कैयौ पटक लाखौ रुपैयाँमा हुन्छ ।
कमलजीत कौर नामक यी महिलाको विवाह इटली निवासी एक व्यक्तिसँग तीन बर्ष पहिला भएको थियो । तर, विवाहको केही महिनापछि उनी कमलजीत छोडेर गए । त्यसबेला कलमजीत गर्भवती थिइन् ।
उनले भनिन्, ‘हाम्रो विवाको केहीदिनपछि श्रीमानले दाइजोलाई लिएर झगडा शुरु गरे । उनीले मेरो परिवार तिमीसँग खुसी छैन भने ।’
कैयौ स्वास्थ्य समस्याकासाथ कमलजीतले बच्चा पाइन् । तर, केटाका बुवाले उनलाई केही सहयोग गरेनन् ।
उनको भनाई छ कि, बच्चा अपाग थियो । केही महिनापछि उसको मृत्यु भयो । तर, पनि कमलजीतका पतिले उनलाई सम्र्पक गरेनन्, केही सोधपुछ गरेनन् ।
कुनै विदेशी नागरिकको भारतमा सम्बन्ध विच्छेद दिन निकै खर्चिलो र झन्झटिलो छ । कैयौ पटक यसको असर केटीको परिवारमा पनि पर्ने गरेको छ ।
दलजीत कौर नन रेसिडेन्सल इन्डियन कमिशनाका वकिल हुन् । यो संगठन विदेशी नागरिकका विषयमा काम गर्छ ।
उनी भन्छन्, ‘हाम्रो न्यायकि प्रक्रिया गति चुस्त छ । यसमा फैसला हुनुमा बर्षौ लाग्छ । यो बहुत मुस्किल काम हो । र ठूलो कुरा यो हो कि यी केटीहरुसँग यस्तो न्याय प्रक्रिया पुरा गर्न पैसा पनि हुँदैन ।’
यसरी महिलालाई अलपत्र पार्नु भारतमा अपराध हो । यदि कुनै विदेश नागरिक भारतीय न्यायक्षेत्रलाई छाडेर गयो भने उसलाई फिर्ता गराएर मुद्दा लडन निकै कटिन काम हुन्छ ।
अमनजीत भन्छन्, हामीले सुनेका घटनामा कैयौ त डराउन दिने खालका छन् ।
उनी भन्छिन्, ‘एक केटी विवाह हुन्छ, पति सुनियोजित तरिकाले उसको बलात्कार गर्छ र एक बच्चासहित उसलाई छाडेर विदेश जान्छ ।यहाँ यस्तो कुनै कडा कानुन छैन, जसको आधारमा श्रीमानको पछाडि लाग्न सकियोस् । केटीलाई आफ्नो बचेको जीवन छाडेको पत्नीका रुपमा विताउनु पर्छ ।’
यसरी श्रीमानले छाडेका पत्नी भारतमा अनिश्चत जीवन विताइरहेका छन् ।
जबरजस्ती रकम असुली र डकैतीमा संलग्न भएको अभियोगमा मलेसिया प्रहरीले नेपालीहरुको एउटा गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ परेका ११ जनामा दुई जना महिला पनि छन् । मलेसिया प्रहरीले उनीहरुलाई जुरु र तामान पेरविरामा छापा मारी पक्राउ गरेको हो । पक्राउ परेकाहरु २२ देखि ३६ वर्ष उमेर समूहका छन् ।
घटनास्थलबाट प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मूर्ति सांगीतिक उपकरण बरामद गरेको छ । पक्राउ परेकामध्ये कोहीसँग पनि यात्राको वैध कागजात भेटिएको छैन ।
‘पेनाङ योङ स्टार ग्याङ’ नामले परिचित यो गिरोहका व्यक्तिहरु थुप्रै आपराधिक घटनामा संलग्न भएको मलेसिया प्रहरीको दाबी छ । पक्राउ परेका प्रायः सबै जनाको शरीरमा टाटु रहेको र त्यसमा पनि एउटा टाटु सबै जनामा उस्तै पाइएको छ । आफ्नो समुह पहिचानका लागि सजिलो होस् भनेर एकै प्रकारको टाटु बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उनीहरुले एक वर्षयता मात्रै नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको खुलेको छ ।
फागुन काठमाडौं - नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ ।
मलेसिया जाने नेपाली कामदारले हालसम्म स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् । तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन ।
म्यानपावरले कामदारसँग भिषा अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको छ । सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ ।
मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन ।
त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन ।
यो तथ्य थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्ला की दुनियाका सबै आप्रवासी मध्ये आधा भन्दा धेरै आप्रवासीहरु केवल १० वटा देशमा बस्दछन् ।
पछिल्लो २५ वर्षमा विश्वका आप्रवासीहरुको २० प्रतिशत त अमेरिकामा मात्र रहँदै आएका छन् । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको हालैको रिपोर्ट अनुसार विभिन्न कारणले विश्वका विभिन्न देशका गरी कुल ४ करोड ६६ लाख मानिस आफ्नो देश छाडेर अमेरिका छिरेका छन् ।
तर यदि जनसंख्याको अनुपातको हिसाब गर्ने हो भने त युएइ विश्वमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आप्रवासी रहेको देशमा पर्दछ । युएइको कुल जनसंख्याको ८८.४ प्रतिशत आप्रवासी रहेका छन् ।
रिपोर्ट अनुसार यो शताव्दीको सुरुमा १७ करोड ३० लाख मानिसले आफ्नो देश छाडेकोमा सन् २०१५ सम्ममा आफ्नो देश छाडेर अर्को देश पस्ने मानिसहरुको संख्या २४ करोड ४० लाख पुुग्यो । ती मध्ये २ करोड त शरणार्थी नै थिए ।
तथ्यांकमा आप्रवासी यी हुन् सबैभन्दा धेरै आप्रवासी भएका देशहरु
अमेरिका – ४ करोड ६६ लाख
जर्मनी – १ करोड २० लाख
रुस- १ करोड १६लाख
साउदी अरब – १ करोड २ लाख
बेलायत – ८५ लाख
युएइ – ८१ लाख
क्यानडा – ७८ लाख
फ्रान्स – ७८ लाख
अस्ट्रेलिया – ६८ लाख
स्पेन – ५९ लाख
देशको जनसंख्याको अनुपातमा धेरै आप्रवासी भएका देशहरु
युएइ – ८८.४ प्रतिशत
कतार – ७५.५ प्रतिशत
कुुबेत – ७३.६४ प्रतिशत
लिचेस्टाइन – ६१.८२ प्रतिशत
एण्डोरा – ६०.१२ प्रतिशत
मकाउ – ५८.२८ प्रतिशत
मोनाको – ५५.३७ प्रतिशत
बहराइन – ५१.१४ प्रतिशत
सिंगापुर – ४५.३९ प्रतिशत
लक्जेम्बर्ग – ४३.९७ प्रतिशत
फागुन १५, वासिङटन - सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ ।
नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको खबर छ । केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् । अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ ।
कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए । ‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’
दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् । अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो । अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ ।
अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन् । खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ ।
अनि बिदाको प्रकृति पनि फरक हुने हँदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् । यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको छ । अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ । कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् ।
त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो । श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ ।- कान्तिपुर
नयाँ दिल्ली - भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको छ । भूकम्पबाट मानवीय क्षति वा भौतिक क्षति भने केही भएको सूचना समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।
फागुन १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खालको निर्माण तोकिएको समय भन्दा पहिले नै सुरु हुने बताउनुभएको छ ।
कन्जरभेटिभ पार्टीको सम्मेलनमा राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताउनुभएको हो । मेरिल्याण्डमा भएको कन्जरभेटिभ पोलिटिकल एक्सन कांग्रेस (सिपिएसी) लाई सम्बोधन गर्दै ट्रम्पले आफूले जहिले पनि अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले नराम्रा मानिसलाई अमेरिका भन्दा बाहिर राख्ने विषयलाई पनि प्राथमिकता दिनुभयो । उहाँले इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने गरी तयारी गरेको पनि बताउनुभयो ।
अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो । तर टिल्लर्सन र केलीले आफ्ना समकक्षीसँगको भेटमा सीमामा बनाउने भनिएको पर्खालका विषयमा कुरा नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो राष्ट्रपति ट्रम्पले भने भन्दा धेरै बढी हो ।
चुनावी अभियानदेखि नै ट्रम्पले पर्खाल बनाउनका लागि १२ अर्ब डलर लाग्ने बताउँदै आउनु भएको छ । ट्रम्पले पर्खाल निर्माणका लागि मेक्सिकोले पनि लगानी गर्नु पर्ने बताउनुभएको छ । तर मेक्सिकोका राष्ट्रपति इन्ड्रिक पेनाले अस्वीकार गर्नुभएको छ । पर्खाल निमार्णका लागि राष्ट्रपतिले कांग्रेसको स्वीकृति लिनु पर्छ । त्यो प्रक्रिया सजिलो भने छैन ।
पटना फागुन १३ - भोको पेटमा लिचि खाँदा ठूलो जोखिम हुने अध्ययनमा पत्ता लागेको छ । बिहारको मुजफ्फरपुरमा विगत दुई दशकमा सयौं बालबालिकाको मृत्यु खाली पेटमा लिची खाएको कारण भएको पुष्टि भएपछि यो तथ्य थहा भएको हो ।
स्थानीय जनतामाझ ‘चमकी’ को बिरामीका नामले प्रख्यात यो रोग हरेक वर्ष मईमा देखिने गर्छ । हरेक वर्ष दर्जनौं बालबालिका यसको चपेटामा पर्छन् । सन् २०१४ मा मात्रै ३ सय ९० जना बालबालिका यसको शिकार भएका थिए । अस्पतालमा भर्ती भएका यीमध्ये १ सय २२ जनाको मृत्यु भएको थियो ।
भारत र अमेरिकाका बैज्ञानिकहरुले संयुक्त अध्ययन गरेपछि खाली पेट निकै बढी लिची खाएका कारण यो बिरामी भएको पुष्टि गरेका हुन । तीन वर्षसम्म चलेको यो अध्ययनको निश्कर्ष लेन्सेट ग्लोबल नामक विज्ञान पत्रिकामा प्रकाशित छ । वैज्ञानिकहरुका अनुसार, लिचिमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व धधध।भखभचभकतमबष्लष्प।अयm हुने गर्दछ ।
अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँचबाट उनीहरुमा यी तत्वहरुको मात्रा निकै बढी भएको देखिएको थियो । यी मध्ये अधिकांशले साँझ खाना खाएका थिएनन र बिहान धेरै बढी लिची खाएका थिए ।
बालबालिकामा कुपोषण भएको खण्डमा या यसअघि कुनै बिरामी भएको अवस्थामा झन बढी समस्या देखिने पनि अध्ययनमा थाहा भएको छ । लिचि निकै हुने मुजफ्फरपुरमा बालबालिकाहरु दिउँसो प्रायःजसो लिचिको बगैंचामा बिताउने अभिभावकहरुले बताए ।
फाल्गुन १३ सुन्दर भविष्यको सपना बोक्दै अमेरिका प्रवेश गरेका कैयन् दम्पतीहरू त्यहाँ पुगेको केही समयपछि एक्लाएक्लै बस्ने गरेको तथ्यांकले देखाएको छ ।
नवदम्पतीदेखि बच्चा भइसकेकाहरूसम्म पनि सम्बन्ध विच्छेद भएका घटनाहरू त्यहाँ देख्न सकिन्छ । यसरी सम्बन्ध विच्छेद गरी बसेकाहरूमा बच्चाको रेखदेख कसले गर्ने भन्ने विषयमा समेत मुद्दा पर्ने गरेको छ । त्यसको वारेसनामा लिनका लागि दूतावास आउनेहरूको संख्या पछिल्लो समय वृद्धि भएको छ । केही वर्षयता सम्बन्ध विच्छेदको घटना हवात्तै बढेको दूतावास अधिकारीहरू बताउँछन् । केही वर्षअघिसम्म महिनाको एक दुईजना देखिएकोमा अहिले महिनाको १० दम्पतीको वारेसनामा बनेका छन् ।
अघिल्लो वर्ष २०१६ मा ५३ दम्पतीले वारेसनामा लिएको देखिन्छ । कतिपय नेपाल आएको समयमा यही सम्बन्ध विच्छेद गरेर जाने हुनाले त्यसको तथ्यांक दूतावाससँग नहुने जानकारी दूतावास अधिकारीले दिए । २०१७ को आरम्भमा नै ११ दम्पतीले त्यस्तो वारेसनामा लिइसकेका अधिकारीहरूले बताए ।
‘हामीले वारेसनामाका लागि प्रमाणित गर्ने हो । यो राजदूत आफैंले गर्नुहुन्छ । वारेसनामा राजदूतबाहेक अन्यले दिन पाउँदैन,’ दूतावास प्रवक्ता जीवनप्रकाश श्रेष्ठले कान्तिपुरसँग भने, ‘पछिल्लो समय महिनाको ५ जना एभरेजमा पर्ने गरेका छन् । दूतावासले वारेसनामा दिने गरेको हो सम्बन्ध विच्छेद भए कि भएनन् हामीलाई जानकारी हुँदैन ।’ दूतावास वासिङटनमा रहेकाले त्यहाँ नै आउनुपर्ने भएकाले साढे ६ घण्टासम्मको प्लेन यात्रा गरी वारेसनामा राख्न त्यहाँ आउने गरेका छन् ।
अवैतानिक दूतले त्यस्तो वारेसनामा दिन पाउँदैनन् । यति धेरै नेपाली विदेशमा रहन्छन् र यस्तो अवस्था आउँछ भन्ने अवधारणा २००२ को मुलुकी ऐनमा नहुनाले पनि पुरानै अवस्थामा यो चलेको हो । अमेरिकास्थित नेपाली दूतावासमा रहेका तथ्यांक केलाउँदा मासिक दुईदेखि १० दम्पतीले सम्बन्ध विच्छेद गरेको पाइन्छ । वार्षिक एभरेजमा नै पनि यो धेरै हुनेछ ।
अमेरिका आएपछि काममा व्यस्तता र नेपालको जस्तो परिवारिक माहोल कम हुनाले पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावास अधिकारीहरूको अनुभव छ । कतिको चाहना र प्राथमिकता नै फेरिने गर्दा पनि समस्या परेको हुन सक्छ । काम पाउने प्रकृतिले पनि कमाइ र चाहनाहरू फरक हुने हुँदा पनि यस्तो अवस्था निम्तिएको गुनासो सम्बन्ध विच्छेदका लागि वारेसनामा लिन आउनेहरूले बताउने गरेका छन् ।
खासगरी बच्चासहित अमेरिका बस्ने नेपालीहरू दिउँसोमा श्रीमती काममा जाने र श्रीमान्ले बच्चा हेर्ने, रातिमा श्रीमान् काममा जाने र श्रीमती बच्चाको साथमा रहने अवस्था धेरैको छ । अनि बिदाको प्रकृति पनि फरक हुने हँुदा पारिवारिक माहोल कम हुँदा पनि त्यस्तो अवस्था निम्तिएको हुन सक्ने दूतावासका पुराना कर्मचारीले सुनाए । धेरै कम नेपालीले ‘हवाइट कलर’ जागिर खान्छन् ।
यसरी हवाइट कलर अर्थात् माथिल्लो स्तरका जागिरेहरूको बिदा पनि शनिबार र आइतबार नै भएकाले प्रयाप्त समय हुने घुमफिर मनोरन्जन सबै हुने हुँदा त्यस्तो समस्या कम आउने गरेको छ । तर अन्यमा यस्तो समस्या धेरै आउने गरेको छ । अहिले अमेरिकामा करिब तीन लाख नेपाली रहेको अनुमान छ । तर यति नै छन् भन्ने तथ्यांक आफूहरूसँग नरहेको दूतावासले जनाएको छ ।
कतिपयले त्यो भन्दा पनि बढी हुन सक्ने बताउँछन् । त्यहाँ रहेका व्यापारमा जमेका नेपालीहरूले पनि यस्तो अवस्थाप्रति चिन्ता देखाउँदै भन्छन्, कतिपय नेपालीहरू अमेरिका प्रवेश गरेपछि चाहना र आकांक्षा वृद्धि हुँदा नै यस्तो अवस्थामा पुगेका हुन् । कतिपयले नक्कली दम्पती तर सक्कली विवाह गरेरसमेत आउने हुनाले सम्बन्ध विच्छेदका लागि वारेस लिने गरेका हुन सक्छन् । तर, त्यो प्रमाणित हुँदैन त्यसलाई पनि साँच्चै सम्बन्ध विच्छेद भन्ने गरिएकाले संख्या बढेको हो ।
श्रीमान् अमेरिका र श्रीमती नेपालमा वा श्रीमती अमेरिका श्रीमान् नेपालमा हुनेहरूको पनि सम्बन्ध विच्छेदको वारेस आएको उल्लेख छ ।
मोसुल - अमेरिकी समर्थनको इराकी गठबन्धन सेनाले इस्लामिक स्टेट (आइएस) को नियन्त्रणमा रहेको मोसुल सहरस्थित विमानस्थल बिहीबार आफ्नो कब्जामा लिएको छ ।
हवाई कारबाहीमा विमानस्थल आसपासमा रहेका आइएसका सैन्य अखडामा पनि भीषण गोलाबारी गरिएको छ। इराकको सरकारी टेलिभिजनले दिएको जानकारीअनुसार इराकका सबै सुरक्षा संयन्त्रले संयुक्त रूपमा मोसुल विमानस्थलमा आक्रमण गरेका थिए ।
गठबन्धन सेनाले गत महिना मोसुल सहरको पूर्वी भागबाट आइएसलाई धपाएको थियो । इराकी सेनाले विमानस्थल र त्यस नजिकै रहेको अल गाजलानी सैन्य अखडामा नियन्त्रण गर्न सफल भएको छ । यी भाग इराकी सेनाको नियन्त्रणमा आएपछि गठबन्धन सेनालाई मोसुलको पश्चिमी क्षेत्रमा आक्रमण सहज हुने बताइएको छ । उक्त क्षेत्रमा आइएसको तालिम केन्द्र पनि रहेको छ ।
सन् २०१४ को जुनमा आइएसले मोसुल कब्जा गरेको थियो । त्यसै बेलादेखि विमानस्थल र सैन्य तालिम केन्द्र आइएसले कब्जामा परेको थियो । मोसुल सहरबाट आइएसलाई धपाएपछि इराकमा आइएसको अस्तित्व समाप्त हुने सैन्य विश्लेषकहरूको भनाइ छ ।
बिहीबार गरिएको आक्रमणमा १ लाखभन्दा बढी इराकी सैनिक, कुर्द लडाकर र सिया लडाकु सहभागी थिए । पश्चिमी मोसुलमा करिब ६ लाख सर्वसाधारण फसेका छन् । आइएसले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गर्ने गरेको छ ।
भारतको मध्य प्रदेशको इन्दौर शहरमा एक निकै मनछुने घटना सार्वजनिक भएको छ । साइटिका रोगले ग्रस्त २५ वर्षीया महिला पहिले दुलही झैं सजिइन् । विवाह हुँदा लगाएको रातो साडी लगाइन् । चार वर्षीया छोरीलाई तयार गरिन् । त्यसपछि उनको घाँटी थिचेर त्यही सलले आफ्नो कम्मरमा बाँधिन् र आफूपनि सुलीमा चढिन् । घटना हुँदा महिलाका श्रीमान् अफिस गएका थिए ।
– भारतको राउ थाना इलाकाको अशोका विहार कोलोनीमा बुधबार बेलुकी यो घटना भएको छ ।
– कोलोनीमा बस्ने सहदेव राउत बेलुकी साढे ६ बजेतिर घर पुग्दा ढोका भित्रबाट बन्द भएको पाए ।
– निकै बेर ढोका ढक्ढकाएपछि पनि भित्रबाट केही आवाज नआएपछि सहदेवले ढोका तोडिदिए ।
– उनी कोठाभित्र पुग्ने बित्तिकै आफ्नी श्रीमती निर्मला डोरीमा झुण्डिरहेको र सँगै चार वर्षीया छोरी अंशिकाको शवपनि कम्मरमा बाँधेको भेटे । छिमेकीले भने, ‘श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रो थियो’
– छिमेकीका अनुसार सहदेव र निर्मलाको विवाद सन् २०११ को मे १३ तारिखमा भएको थियो । दुबैको सम्बन्ध निकै राम्रो थियो ।
उनीहरुको कहिले पनि झगडा भएको नदेखेको छिमेकीले बताएका छन् ।
– सहदेव राउस्थित रिजनल फरेन्सिक साइन्स ल्याबमा टेक्निसियनको रुपमा काम गर्छन् ।
साइटिका रोगले तनावमा थिइन् निर्मलाः
– निर्मला साइटिका
रोगले तनावमा भएपछि यस्तो कदम उठाएको छिमेकीहरुको ठहर छ ।
पुलिस के भन्छन् ?
– सिएसपी पारुल बेलापुरकर भन्छन्, ‘विक्षिप्त श्रीमान् केही बोल्ने स्थितीमा छैनन् । छिमेकीसँग निर्मलाको धेरै घुलमिल थिएन ।
’ – ‘निर्मला घरमा नै सिलाईको काम गर्थिन् । कुनै सुसाइड नोट पनि भेटिएको छैन ।’
रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् । मलेसियाको संघीय अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनले पटक-पटक जीवनरक्षाका लागि सरकारसँग अनुरोध गरे । तर, कुनै पहल नभएपछि बाँच्ने आस मारेका छन् ।
कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो।
उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो। रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ।
कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्। ‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ।
प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो। हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्। उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्।
पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्। आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए।
झट्ट हेर्दा लाग्छ, उनी बलिउड अभिनेत्री हुन् । तर जब उनको पृष्टभूमी थाहा हुन्छ, जिब्रो टोक्न बाध्य हुन्छौं । उनी अभिनेत्री होइनन्, तर सामन्य युवती पनि होइनन् ।
साउदी अरबकी राजकुमारी हुन् । बर्ष, ३३ । नाम, अमीरा अल तावील । अझ नजिकबाट, उनी अर्बपति राजकुमार अलवलीद बिन तलालकी पत्नी हुन् । जो ३२ बिलियन डलरका मालिक हुन् । तलालले तीन जनासाग बिवाह गरे । उनको अन्तिम तथा तेस्रो पत्नी हुन्, अमीरा । सुन्दर अनि शक्तिशाली राजकुमारी अमीरासाग जोडिएका केहि घतलाग्दो पक्ष छ । जस्तो उनी, साउदी अरब जस्तो कठोर कानुन भएको मुलुकमा बुर्का छाडेर पश्चिमा फेसन गर्छिन् । उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक-अधिकारका लागि लड्छिन् । ।
साउदी अरबमा महिलाहरु खुलमखुला हिाड्न पाउादैनन् । उनीहरुले हरवखत आफुलाई बुर्काले लुकाउनुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजायको भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् । तर अपवाद हुन्, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफुलाई छोप्दैनन् । बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठााटिएर हिाड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन्, त्यो मुलुकको । दयालु पनि विश्वको थुप्रै देशमा चक्कर लगाइसकेकी उनी आधुनिक छिन् । त्यती मात्र होइन, उनी सहयोगी र दयालु पनि छिन् । आफुलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् ।
विश्वको कुनैपनि कुनामा आपत बिपत परेमा उनी सहयोगका लागि हात बढाउाछिन् । चाहे अपि|mकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर देखिएकी छिन् । उनी स्वंम आफ्ना मुलुकका महिलाहरुको हक अधिकारका लागि पनि लडिरहेकी छिन् । उनी अल-वलीद बिन तलाल फाउन्डेसनकी अध्यक्ष हुन् । दुखद बाल्यकाल राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् । अमीरा सानै छादा आमा बुवाको सम्बन्ध बिच्छेद भइसकेको थियो ।
अमीराले एबिए गरेकी छिन् । उनी शिक्षित महिलामा गनिन्छन् । प्रेम सम्बन्ध जब अमीरा १८ बर्षकी थिइन्, त्यसबेला राजकुमार अलवलीद बिन तलालसाग उनको भेट भयो । परीक्षाको सिलसिलामा उनीहरुको १० मिनेट भेटघाट भएको थियो । त्यसको ९ महिनापछि उनीहरुले बिवाह गरे । -एजेन्सी
सिरियल किलर’ उदयन दाससँग रायपुर क्राम ब्रान्चका अधिकारीको सेल्फी भाइरल भएपछि पुलिस विभागमा हंगामा मच्चिएको छ । प्रेमिका र आमा–बुवाका हत्यारा उदयनलाई रायपुर पुलिसका केही जवानले राता–रात सेलिब्रिटी बनाइदिएका छन् । उदयन आजकाल रायपुर पुलिसको पकडमा छन् । अपराध शाखाको समूहले उनीसँग सोधपुछ र अनुसन्धानका लागि उनलाई शहरका विभिन्न स्थानमा लैजाने गरेका छन् ।
कारमा लिइयो उदयनसँगको सेल्फीः उदयनसँगको उक्त सेल्फी कारमा लिइएको हो । यो सेल्फीमा रायपुर पुलिसको अपराध शाखाका उप–निरिक्षक चन्द्रशेखर श्रीवास (गुलाबी सर्टमा) ले उदयनसँग सेल्फी खिचेको देख्न सकिन्छ । यो सेल्फीमा उनीसँग अपरात्र शाखाका दुई अन्य पुलिसकर्मी पनि देखिएका छन् । प्रेमिकासहित आमा बुवाको हत्या गर्ने उदयनका ११ अन्य प्रेमिका, फेसबुकमा १ सय १० अकाउन्ट
अदालतले १० दिनको पुलिस हिरासतमा सुम्पिएको छः उदयन दासलाई छत्तिसगढ पुलिससमक्ष १० दिनका लागि पुलिस रिमान्डमा सुम्एिको छ । पुलिसलाई यसबारे प्रश्न सोध्दा उनीहरु यसको उत्तर दिन अस्विकार गरेको छ । प्रेमिकाको हत्या गरी कोठाभित्रै गाढ्ने उदयनले आफ्नै आमा–बाबुलाई पनि मारेको खुलासा, शवको खोजी जारी
पेन्सन लिनका लागि बनाए फर्जी प्रमाणपत्रः उदयनले आफ्ना आमा–बुवाको पेन्सन निकाल्नका लागि फर्जी प्रमाणपत्र बनाएको पुलिसको अनुसन्धानमा खुल्न आएको छ । उदयनले दिल्लीको डिफेन्स कोलोनीमा क्लिनिक चलाइरहेका डा. एस के सूरीसँग आफ्नी आमा इन्द्राणी दास जीवित भएको प्रमाण पत्र बनाएका थिए ता कि हरेक महिना पेन्सनको रकम कुनै रोकटोक उनकी आमाको अकाउन्ट आउन सकोस् ।
बलिउडकी निकै चर्चित अभिनेत्री फरिदा जलालको मृत्यु भएको खबर सार्वजनिक भएपछि उनका थुप्रै प्रशंसकहरुलाई स्तब्ध बनायो ।
आइतबार साँझ विकिपेडियाले फरिदा जलालको मृत्यु सन् २०१७ फेब्रुअरी १० तारिखमा भएको जानकारी प्रकाशित गरये । ‘कुछ कुछ होता हे’, ‘शरारत’ लगायतको फिल्ममा अभिनय गरेकी उनले उक्त फिल्ममार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । विकिपेडियाको यस्तो जानकारीको स्क्रिनसट यहाँ हेर्न सकिन्छ ।


























