राष्ट्रपति भवन पछाडी फलामको खोरमा थुनिएका यी दुई बालक (हेर्नुस भिडियो)
राजधानीमै त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एक घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ भन्ने सुन्दा जो कसैलाई अचम्म लाग्न सक्छ ।
हो राष्ट्रपति भवन शितल निवास पछाडी एक घरमा एक बालक र उनका दाजुलाई खोर बनाएर थुनेर राखिएको छ । जीवजन्तु र पशुपंक्षिलाई खोरमा थुनिनु नौलो कुरा होईन । बरु आजभोली पशुपंक्षीलाई पनि स्वतन्त्र रुपमा बाँच्न दिनुपर्ने आवाज उठेका छन् । यसको कार्यान्वयनको पाटो भने विकसित हुँदैछ । तर यहाँ त मानिसलाई पनि पशुजस्तै राखिएको छ त्यो पनि राष्ट्रपति भवन पछाडी । मुलुककै सबैभन्दा सुगम ठाउँ राजधानी त्यो पनि राष्ट्रपति भवनकै पछाडीको एउटा घरमा मान्छेलाई खोरमा थुनेर राखिएको छ ।
महाराजगञ्जस्थित कृष्णधारामार्गमा पर्ने यो घर । सरस्वती रानामगर र उनका श्रीमान्सहित ४ जना छोरा बस्छन् यहाँ । जहाँको कथा बेग्लै छ । यीनीहरु सरस्वतीका जेठो छोरा २० वर्षीय सुनिल रानामगर र १३ वर्षीय माइला छोरा अनिल । जसले विगत लामो समयदेखि यो फलामको खोरमा जीवन कटिरहेको छ । कृष्णधारामार्गको एक घरमा बालकहरु थुनिएका छन् भन्ने सूचना पाएपछि न्युज २४ को टोलि त्यहाँ पुग्दा फलामको साँघुरो खोरबाट सरस्वतीका १३ वर्षीय छोरा अनिल कारुणिक स्वरमा चिच्याईरहेका थिए ।
सानैदेखि सुस्तमनस्थितिका रुपमा जन्मिएका सुनील र अनिललाई खोरमा बस्नुपर्नूको पछाडी धेरै कारण छ । बाँधिएर र खोरमा बस्दा उनीहरुको हात फुटेको छ । घाउ भएका छन् । शरीर वेवारिसे छ । उनका दुवै छोरा सुरमा छैनन् । सुनील र अनिललाई खोरमा थुन्नको लागी आमा सरस्वती रानामगरको रहर नभइ बाध्यता रहेछ । आमा न हो आफ्ना ,सुस्तमनस्थितिका छोराहरुलाई लिएर उनी धेरै ठाउँ पुगिन् ।
तर कुनै संस्थाले पनि राख्न मानेनन् । एक त आर्थिक अभाव अर्कोतिर न कुनै व्यक्ति न त कुनै संघ संसस्था कसैको पनि सहयोग नपाएपछि आफ्ना छोरालाइ खोरको साहारा लिन बाध्य पार्नुको कुनै विकल्प थिएन उनीसँग । सुस्त मनस्थितिका सुनील र अनिलको बारेमा न्युज २४ टेलिभिजनले रिपोर्टिङ गर्ने क्रममै मानवअधिकार प्रतिष्ठानका अधिकारकर्मीले यीनीहरुलाई पुनस्थापना गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
सुस्तमनस्थितिका बालबालिकाका लागि भनेर नेपालमा त्यो पनि राजधानीमै धेरै संघसंस्थाहरु छन । तर काम भन्दा कागजी काममा बढी रमाउने परम्पराका कारण सुनील र अनिल जस्ता धेरै अपाङलाई कष्टकर जीवन जिउन बाध्य पारिएको छ । कागज र भाषणमा भन्दा त्यस्ता संघसंस्था त्यस्ता बालबालीका र व्यक्तिको जीवनप्रति उत्तरदायी बनिदिए कस्तो होला ?

0 comments
Write Down Your Responses