अब फेसबुकले पनि पैसा दिने

पोखरा - हालसम्म तपाईले युट्युबमा भिडियो अपलोड गरेर पैसा कमाउनु हुन्थ्यो अब छिट्टै यो सुविधा फेसबुकले पनि दिने भएको छ । 

सोसियल नेटवर्किङ साइट फेसबुकले छिट्टै नै यस्तो फिचर लन्च गर्ने भएको छ जसका कारण भिडियो अपलोड गर्नेवालाले पैसा कमाउन सफल हुनेछन् । रिपोर्टका अनुसार फेसबुकले छिट्टै नै ‘मिड रोल’ एड फर्मेट सुरु गर्दैछ । जसमा तपाईले अपलोड गरेको भिडियोको बिचमा विज्ञापन देखाइनेछ जसबाट तपाईले पनि आम्दानी गर्न सक्नुहुनेछ । 

रिकोड नामक वेबसाइटले दिएको जानकारी अनुसार यदी कुनै भिडियो अपलोड कुनै युजरले गरेको छ र उसको भिडियो २० सेकेण्डभन्दा बढी कसैले हेर्छन् भने २० सेकेण्ड पश्चात उक्त भिडियोमा विज्ञापन राखिनेछ । उक्त भिडियो अपलोड गर्नेलाई पैसा दिइनेछ । 

अपलोड भएपछि भिडियोबाट हुने कमाईको ५५ प्रतिशत भाग भिडियो अपलोड गर्नेलाई दिइनेछ । यति नै रकम युट्युबमा अपलोड गर्ने युजरलाई समेत दिने गरिएको छ । यसबारे फेसबुकले आधिकारीक रुपमा आफ्नो धारण बाहिर ल्याएको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.