शनिबार बिहानै धादिङ केन्द्र भएर भूकम्पको धक्का
निबार बिहानै धादिङ केन्द्र भएर भूकम्पको धक्का महसुस भएको छ। बिहान ठिक ६ बजे धादिङको बेनिघाट नजिक केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार शनिबारको भूकम्प २०७२ वैशाख १२ कै भूकम्पपछिको परकम्प हो।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको वर्ष सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म चार म्याग्निच्यूडभन्दा माथिका चार सय ७६ परकम्प गइसकेको केन्द्रले जनाएको छ। यसअघि माघ २२ र २८ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ तथा ३ दशमलव ९ म्याग्निच्यूडका परकम्प गएका थिए। ठूलो भूकम्पपछि सानासाना परकम्प निरन्तर आइरहनु सामान्य भएको भूकम्पविद्को भनाइ छ।

0 comments
Write Down Your Responses