विना लामालाई कार्यकर्ताको ज्ञापनपत्रः खल्तीबाट ल्याइएको त्रिवि कमिटी खारेज होस् एमाले अखिलको त्रिवि कमिटीमा विवाद, स्ववियुमा बागी उठाउने तयारी
नविना लामालाई कार्यकर्ताको ज्ञापनपत्रः खल्तीबाट ल्याइएको त्रिवि कमिटी खारेज होस् एमाले अखिलको त्रिवि कमिटीमा विवाद, स्ववियुमा बागी उठाउने तयारी अनलाइनखबर 0 प्रतिक्रिया
१५ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा एमालेनिकट अनेरास्ववियुभित्र विवाद देखा परेको छ । संगठनकी अध्यक्ष नविना लामालाई ज्ञापनपत्र बुझाउँदै असन्तुष्ट पक्षले स्ववियु निर्वाचनमा बागी उठाउने तयारीसमेत गरेको छ । अखिलले कीर्तिपुरमा हरिलाल भट्टराईको नेतृत्वमा प्यानल घोषणा गरेको छ । तर, त्यसविरुद्ध असन्तुष्ट पक्षले बागी उठाउने चेतावनी दिएको छ । खल्तीबाट ल्याइएको प्रस्ताव फिर्ता लिन असन्तुष्ट पक्षले माग गरेको छ । भट्टराई नेतृत्वको प्यानललाई नस्वीकार्ने चेतावनीसहित सुष्मा पराजुलीलगायतको असन्तुष्ट समूहले आइतबार अखिल अध्यक्ष नविना लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो । एक सय बढी सदस्यहरुको हस्ताक्षर रहेको ध्यानाकर्षण पत्रमा भट्टराई नेतृत्वको प्यानल समावेशी नभएको र भूगोल नमिलाइएकाले खारेज गर्न माग गरिएको छ ।
‘क्रियाशील व्यक्तिहरु प्यानलमा परेनन्, दलित, महिला, अपांगता भएका व्यक्तिहरु पनि छुटे । त्यही भएर प्यानल सच्याउन हामीले भनेका छौं,’ असन्तुष्ट पक्षकी नेतृ सुषमा पराजुलीले भनिन् । उम्मेदवारको विषयमा विवाद बढेपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अखिलले उपाध्यक्ष महेश बर्तौलालाई विवाद मिलाउन पठाएको थियो । उनले आफू निकटका लागि टिकट दिएको असन्तुष्ट पक्षको आरोप छ । असन्तुष्ट पक्षले क्याम्पस परिसरमै आयोजना गरेको भेलामा केपी ओली र माधव नेपाल दुबै पक्षका विद्यार्थीहरु थिए । भेलाले भट्टराई नेतृत्वको प्यानल उठाउने निर्णय कार्यान्वयन गर्न बाध्य नहुने चेतावनी दिएको छ ।
‘लोकतान्त्रिक तथा आफ्नै पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको समेत धज्जी उडाउँदै आएको यस्तो व्यक्तिवादी निर्णय कार्यान्वयन गराउन हामी बाध्य हुने छैनौं,’ ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘…संगठनलाई कीर्तिपुरबाट विदा गर्ने षडयन्त्रबाट प्रेरित निर्णय सच्याउन हामी जोडदार माग गर्दछौं । निर्णय नसच्याइएको खण्डमा संगठनको अस्तित्व जोगाउन हामी जस्तोसुकै कदम चाल्न बाध्य हुने छौं ।’ हेर्नुहोस् ध्यानाकर्षण पत्र

0 comments
Write Down Your Responses