अब छिटै आमा बन्दै मनिषा
काठमाडौ, १० फागुन - संजय दत्तको बायोपिक फिल्ममा संजय दत्तकी आमा नरगीसको भूमिकामार्फत बलिउडमा फिर्ता हुने तयारीमा रहेकी बलिउड अभिनेत्री मनिषा कोइराला नयाँ जीवन सुरु गर्ने तयारीमा छिन् ।
९० को दशककी यी चर्चित अभिनेत्रीले चाँडै एक छोरीलाई धर्मपुत्रीको रुपमा स्विकार्ने बताएकी छिन् । भारतीय एक पत्रिकाका अनुसार मनिषाले छोरीलाई आफ्नो सन्तान बनाउनेछिन् । यसमा मनिषाले आउँदो डिसेम्बरसम्म आफ्नो जीवनपूर्ण रुपमा सेटल हुने बताएकी छिन् । उनी भन्छिन्, ‘म निकै लामो समयदेखि तनावमा थिएँ तर अब सबै कुरा ठिक हुने समय आएको छ ।
’ धर्मपुत्री भित्र्याउने विषयमा निकै खुसी हुँदै मनिषा भन्छिन्, ‘म एक छोरीलाई धर्मपुत्री बनाउने सोच गरिरहेकी छु । म चाहन्छु कि अब मेरो जीवन मेरो धर्मपुत्रीको वरिपरि नै घुमिरहोस् । यसका लागि अब म धेरै प्रतिक्षा गर्न सक्दिनँ । म जीवनको सबैभन्दा राम्रो अनुहारको लागि अत्यधिक उत्साहित छु ।’ मनिषाले आफ्नी छोरीलाई आफ्ना अनुभवसँगै राम्रो संस्कार दिन चाहेको बताइन् ।

0 comments
Write Down Your Responses