कागती खाँदाका ८ फाइदा यस्ता छन्
कागती स्वादिष्ट खानाका लागि धेरैले खान्छन् तर थोरैले मात्र स्वास्थ्यका लागि खाने गरेका छन् । स्वास्थ्य रहनका लागि कागती खानुका यस्ता छन् ८ फाइदा
: १. नियमित कागतीपानी सेवन गर्नाले स्वास्थ्यमा धेरै फाइदा पुग्छ । कागतीले छालामा चमक ल्याउनुका साथै पेटसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ ।
२. तौल घटाउँछ : शरीरमा हुने चिल्लो पदार्थ नियन्त्रणमा राख्छ । रगत र कलेजोको कोलोस्टोललाई घटाउछ ।
३. पाचन प्रक्रिया राम्रो बनाउँछ : कागती पानी पिउँदा आन्द्रामा देखिने विकारलाई सफा गरी पाचन प्रणालीलाई मजबुद बनाउँछ ।
४. अम्लियपनले क्षार बढाउँछ : कागती खाँदा शरीरमा भएको अम्लियपनसँग प्रतिक्रिया जनाई क्षार बनाउँछ । यसले गर्दा विभिन्न सङ्क्रमणबाट बचाउँछ ।
५. श्वास गनाउने समस्या हटाउँछ : कागतीमा सूक्ष्म जीवप्रतिरोधी तत्व पाइने भएकाले श्वासमा हुने दुर्गन्ध हट्नुका साथै मुखमा हुनसक्ने विभिन्न रोगबाट बचाउँछ ।
६. कलेजो र मिर्गौलालाई स्वस्थ्य राख्छ : कागती पानी पिउँदा कलेजोलाई सफा गर्छ । कलेजोका इन्जाइमहरु कमजोर भएका ऊर्जा प्रदान गर्दै रगतको उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।
७. क्यान्सर लग्नबाट बचाउँछ : पर्याप्त भिटामिन सी र एन्डिअक्सिडियन्टयुक्त कागतीको सेवनले शरीरमा भएका अनाआवश्यक तत्वलाई नष्ट गर्छ र क्यानसर हुने खतराबाट बचाउँछ ।
८.स्वस्थ शरीर : पर्याप्त पोटासियम भएको कागती पानी पिउँदा रक्तचापलाई नियन्त्रणमा राख्छ र दिमागलाई स्वस्थ राख्न सहयोग गर्छ ।

0 comments
Write Down Your Responses