चिकित्सको लापारबाहीका कारण विमारीको मृत्यु : धरानकाे बिजयपूर हस्पिटल ताेडफाेड : स्थिती तनावग्रस्त (भिडियाे सहित )
१० फागुन । चिकित्सको लापारबाहीका कारण विमारीको मृत्यु भएको भन्दै धरानस्थित विजयपुर हस्टिल प्रा.लिमा तोडफोड भएको छ । धरान १७ का ३१ बर्षीय अमित जोशीलाई हस्पिटलका चिकित्सकले शल्यक्रिया गर्ने क्रममा लापारबाही गरेको कारण मृत्यु भएको भन्दै आक्रोसित परिवार तथा स्थानीयहरुले हस्पिटलका सम्पूर्ण भागका सीसा तोडफोड गर्नुका साथै शल्यक्रियामा संलग्न चिकित्सक तथा हस्पिटललाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखी उनीहरु आक्रोसित बनेका हुन् ।"
विहान मंगलबार ४ बजेको समयमा भएको तोडफोडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी, जनपथ प्रहरी परिचालन गर्नुपरेको थियो । हस्पिटलका बरिष्ठ सर्जन रोशन खतिवडाको लापारबाहीका कारण विरामीले अनाहकमै मृत्युवरण गर्नुपरेको आफन्तको आरोप छ भने उपचारमा संलग्न चिकित्सक डा. खतिवडाले भने शल्यक्रिया राम्ररी भएपनि शल्यक्रियापश्चात उपचारका क्रममा एस्पिरेशन (फोक्सोमा खाना वा पानी गएर बसेका) कारणले मृत्यु भएको दाबी गर्नुभयो ।

0 comments
Write Down Your Responses