ट्रम्पले तोडे सय वर्ष पुराना परम्पराः थाहा पाउनुहोस् के गरे त्यस्तो

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनी यसवर्ष ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट असोसिएसन’ को तर्फबाट दिइने डिनरमा समावेश हुने छैनन् । केही मिडिया संस्थान र ह्वाइट हाउसबिच खराब सम्बन्धका कारण ट्रम्पले यसो गरेको हुनसक्ने विज्ञको अनुमान छ ।

 शुक्रबार बीबीसी, न्यूयोर्क टाइम्स र सिएनएनसमेत थुप्रै प्रमुख मिडिया संस्थानका पत्रकारहरुलाई ट्रम्पका प्रवक्ता शन स्पाइसरको प्रेसवार्तामा समावेश हुन दिइएको थिएन । भ्यानिटी फेयर पत्रिका र मिडिया समूह ब्लूमबर्ग अप्रिलमा आयोजना हुने कार्यक्रमबाट बाहिरिसकेका छन् । यी मिडिया ट्रम्पप्रतिको रवैयाका कारण बाहिरिएका हुन् । 

 राष्ट्रपति ट्रम्प पटक–पटक फर्जी खबरका लागि मिडियाको आलोचना गरिरहेका हुन्छन् । ट्रम्पले मिडियाको एक हिस्सालाई अमेरिकी मानिसहरुको दुश्मन पनि बताएका छन् । ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट एसोसियसन’ लगभग सय वर्षदेखि हरेक वर्ष राष्ट्रपतिको सम्मानमा रात्रिभोजको आयोजना गर्ने गर्दछ र अमेरिकाका प्रत्येक राष्ट्रपति यसमा समावेश भएका छन् । 

 शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः मिडियामाथि निशाना साँधेका थिए । ‘कन्जर्भेटिभ पोलिटिकल एक्सन कांग्रेस’ (सिपिएसी) मा दिएको आफ्नो सम्बोधनको पहिलो १३ मिनेटसम्म ट्रम्पले मिडियाको आलोचना गरिरहे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.