कुवेत बाट दिलनाथको रोदनः हाम्रो ज्यान बचाईदेऊ सरकार कुवेतमा २ हजार बढी नेपाली अलपत्र

बैदेशिक रोजगारीका लागी एसओएस म्यानपावर कम्पनी मार्फत कुवेत पुगेका करिब २ हजार बढी नेपालीहरु सेवा सुबिधा नपाएपछि अलपत्र परेका छन । मोरङको बेलबारी,पथरी,उर्लाबारी,मधुमल्ला,टाँडी,लेटाङ लगायतका ठाँउका मात्र २० जना बढी युवाहरु तलब र सुबिधा नपाउँदा अलपत्र परेका छन । करिब ३ बर्षअघि ८० हजार तिरेर कुवेतको खराफी नेशनल कम्पनीमा कामदारका रुपमा पुगेका बेलबारी ५ का दिलनाथ अधिकारीले आफुले काम गरेको ६ महिनाको तलब नपाएको र नेपाल फर्कन समेत आफुसँग रकम नहुँदा बिजोग भएको बताएका छन ।

सो कम्पनीमा सिभिल,स्काफोल्डिङ,पाईपिङ र ड्राईभर कामका लागी त्याँहा पुगेका देशका बिभिन्न जिल्लाका २ हजारदेखि ३ हजार कामदार यतिबेला उद्धारको पर्खाईमा रहेका छन । कम्पनीले ६ महिनादेखि कुनै कामदारलाई तलब दिएको छैन । तलब नपाउँदा कामदारहरु भोकै बस्न बाध्य भएका छन । कम्पनीले तलब नदिँदा महिनौ देखि आधा पेट खाएर बाँच्नु परेको र स्वदेश फर्कन समेत नसकेको पिडितहरुले बताएका छन ।

 अधिकारीले फोन सम्पर्कमा आफुहरु बिजोग अबस्थामा रहेको र दुतावासले समेत केही नगरेको गुनासो गरेका छन । कम्पनीले तलव नदिएपछि पटक पटक दुतावास गुहार्दा समेत कुनै सुनुवाई नभएपछि उनीहरुले नेपाल सरकारलाई आफनो ज्यान बचाईदिन आग्रह गरेका छन । उनले कम्पनीले कसैको पनि तलब नदिँदा यो समस्या आएको र मेनपावर कम्पनीको कुनै गल्ति नभएको बताए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.