नेपाली युवालाई एकजुट बनाउन अष्ट्रेलियामा क्रिकेट

काठमाडौं - अष्ट्रेलियाको ब्रिसबेन शहरमा बसोबास गरिरहेका नेपाली युवालाई एकजुट बनाउन क्रिकेट प्रतियोगीता आयोजना गरिने भएको छ । 

ब्रिसबेनमा बसोबास गरिरहेका खेलप्रेमी नेपाली युवाहरुको राइनो क्रिकेट क्लव ब्रिसबेनले फेब्रुअरी १२ मा ‘सुपर एट क्रिकेट लिग’ प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगितालाई त्यहाँका स्थानीयले कम्पनीले प्रायोजन गरेका छन्। 

‘हामी नेपाली एक हौं भन्ने सन्देश दिनका लागि क्रिकेट प्रतियोगिता आयोजना गरेका हौं,’ राइनो क्रिकेट क्लव ब्रिसबेनका चन्दन घिमिरेले भने ‘अब अष्ट्रेलियाको अन्य शहरमा पनि यस्तो प्रतियोगिता संचालन गर्नेछौं ।’ उनका अनुसार ५ नेपाली टिमले प्रतियोगितामा सहभागीता जनाएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.