दिनहुँ दाह्री जुँगा खौरिनु खतरनाक

दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहार चमकदार हुन्छ र यसका फाइदै फाइदा हुन्छन् भन्ने सोँच्नुभएको छ भने होसियार । 

दिनहुँ दाह्री जुँगा खौरिनु तपाइँका लागि हानिकारक हुनसक्छ । दिनहुँ दाह्रीँजुँगा खौरिनाले अनुहारको छालामा पार्ने असर र दाह्रीजुँगा खौरिने उत्तम तरिका यस्ता छन्ः दिनहुँ दाह्रीजुँगा खौरिनाले अनुहारको छालामा रहेको प्राकृतिक तैलीय पदार्थ अर्थात् नेचुरल आयल नष्ट हुन्छ । त्यसैले हप्तामा बढिमा ५ पटक सम्ममात्र दाह्रीँजुँगा खौरिनुपर्छ । दाह्री खौरिनुअघि अनुहार चिसो पानीले धुनु हुँदैन । 

यसो गर्दा रौँ का छिद्रहरु संकुचित हुन्छन् र राम्रोसँग दाह्री खौरिन पाउँदैन । मनतातो पानीले अनुहार धोइसकेपछि ग्लिसरिनयुक्त मोइस्चराइजर लगानुहोस् । जसले आरामदायी तबरबाट शेविंग हुन्छ र छालामा जलन हुँदैन । हलुका तवरले सेविंग गर्नुहोस् । 

रेजर तथा ब्लेड बढि रगड्नाले काट्ने तथा दुख्ने समस्या हुन्छ । समयमै ब्लेड परिवर्तन गर्नुहोस् । कम धारिलो वा खिया लागेको ब्लेडले दाह्री खौरिँदा घाउ हुने तथा रोग लाग्ने डर हुन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.