श्रीमानले फूपूको छोरासँगको ‘रसलीला’ देखेपछि श्रीमतीले गरिन् हत्या, शव टुक्रा पारेर सेफ्टी ट्याङ्कीमा फालियो

– माडियांव थाना क्षेत्रमा शिवा उर्फ शैलू (२९) आफ्नी श्रीमती मधुसँग बस्दथे र इन्दिरानगरको एक कपडा पसलमा पनि काम गर्दथे । 

 – नोभेम्बर १२ तारिखमा मधुले माडियांव कोतवालीमा आफ्ना श्रीमान् २० अक्टोबरदेखि आफ्नो पैतृक निवास बलरामपुर गएका तर अहिलेसम्म उनको केही खबर नभएको भनी पुलिस स्टेशनमा निवेदन दर्ता गरेकी थिइन् । – निवेदन पेश गरेपछि उनले कहिले पनि पुलिसलाई सम्पर्क गरिनन् ।

 मामाको छोराका कारण भयो यस्तो खुलासाः
 – गत शुक्रबार शिवाका मामा जगराजका छोरा प्रदिपले शिवामाथि केही ठूलै घटना भएको शंका गरी पुलिसमा अर्को निवेदन पेश गरेका थिए । 

 – त्यसपश्चात् पुलिसले मधुलाई सोधपुछका लागि हिरासतमा लियो । कडा सोधपुछपश्चात् मधुले आफ्नो अपराध कबुलिन् । उनले शिवाका फूपूका छोरा निरजसँग आफ्नो अनैतिक सम्बन्ध भएकोसमेत खुलासा गरिन् ।

 श्रीमानले आपत्तिजनक स्थितीमा देख्दा श्रीमतीद्वार हत्याः 
 – करिब ४ महिना पहिले मधु र निरज घरमा आपत्तिजनक स्थितीमा थिए त्यतिबेलै शिवा कामबाट घर फर्किए । श्रीमती र आफ्नै फूपूको छोरालाई त्यस्तो स्थितीमा देख्दा शिवा थाम्न सकेनन् र श्रीमतीलाई एक थप्पड हाने । 

 – त्यसपछि दुबैले शिवाको दुबै हात सलले बाँधेर उनको घाँटी थिचेर हत्या गरिदिए ।

 – शवलाई तीन टुक्रा पारेर घर भित्र बनेको सेफ्टी ट्याङ्कीमा हालिदिए ।

 पुलिसले निकै कष्ट गरेर निकाल्यो शवः
 – मधुले अपराध स्विकारेपछि पुलिस उनको घर पुगेको थियो ।

 – सेफ्टी ट्याङ्कमा निकै फोहोर र पानी भरिएको थियो । अँध्यारो भएकाले केही देखिएको थिएन । 

 – त्यसकारण पुलिसले आइतबार बिहान शव निकाल्ने निर्णय गर्यो र बिहान करिब साढे १० बजे घर पुग्यो । 

 – नगर निगमको मद्दतले ट्याङ्की सफा गरियो । त्यसपछि सफाइ गर्ने व्यक्तिको मद्दतले शिवालाई क्षतविक्षत शवलाई ट्याङ्कीबाट निकाले । 

 – शवलाई पोष्टमार्टमका लागि पठाइयो र मधुलाई पक्राउ गरियो । 

 श्रीमानको हत्यापश्चात् राखिन् उनको दीर्घायुको ब्रतः 
 – छिमेकीका अनुसार मधु करवाचौथका दिन अक्टोबर १९ तारिखमा प्रेमी निरजसँग शपिङ गरेर घर फर्किएकी थिइन् ।

 – छिमेकमा बस्ने महिलाले शिवाबारे सोध्दा उनले बलरामपुर गएको जानकारी दिइन् ।

 – छिमेकीका अनुसार करवाचौथको दिन उनले हातमा मेहेन्दी लगाएको खुट्टालाई निकै राम्रोसँग सजाएकी थिइन् । उनी त्यसदिन निकै खुसी देखिएकी थिइन् । उनले बेलुकी पुरा मेकअपसहित घरको छतमा करवाचौथको पूजा पनि गरेको देखिएको छिमेकीले बताए । 

 – स्थानीयका अनुसार करवाचौथपछि करिब दुई हप्तासम्म मधु निरजसँगै त्यही घरमा बसेकी थिइन् । 

त्यसपछि दुबै अचानक गायब भएका थिए । फरार छन् निरजः 
 – शिवाको हत्या गरेदेखि नै निरज र मधु सँगै बसिरहेका थिए । शनिबार जब पुलिसले मधुलाई पक्राउ गरे त्यतिबेला पनि उनी घरमा नै थिए तर पुलिस घरमा पुग्नेबित्तिकै उनी भाग्न सफल भए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.