ठुलै क्याटरिङ्गका मालिक ठगीमा परे, अहिले सडकमा ! आफैँले हुर्काएकाले खुट्टा काटेपछि;;हेर्नुस भिडियो>>


        

श्रवण कुमार शर्मा ! उमेरले ७० को हाराहारीमा चल्दै गरेका अविवाहीत शर्मा पेशाले कुक हुनु । उनि आँफैले ६ महिनाको उमेरबाट पालनपोषण गर्दै आएको ब्याक्त्तिबाट ठगिएको भन्दै सोमबार न्यूज २४ को कार्यालयमा आए । ! करीब ४५ बर्षदेखी ललितपुर स्थित राम श्रेष्ठको घरमा बस्दै आएका उनले राम श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर देखेपछि उनका कान्छा छोरा सुनिल श्रेष्ठलाई लालनपालनका साथै शिक्षादिक्षाको सम्पुर्ण खर्च बाल्यकाल देखिनै व्यवर्होदै आएको बताउँछन् । श्रेष्ठलाई आफ्नै छोरो जस्तै सम्झेर मास्टर सम्म अध्यन गराएको दाबी गर्ने उनि, अहिले श्रेष्ठबाटै ठगिएर सडकमा आएको बताउछन् । 

 बिवाह किन नगर्नु भएको र किन अरुकै बच्चाको रेखदेख गरेको भनि हामीले जिज्ञासा राख्दा शर्माका आखाबाट आँशु झरे । खासमा उनि जवान हुदा प्रेममा परेका रहेछन् । अफुले माया गरेकी केटीसंग बिवाह हुन नसकेपछि उन्ले जिवन भर बिवाह नगर्ने प्रण लिएका रहेछन् । हो उनको प्रेम सफल भएर घरवार हुन सकेको भए आज उनि यो अवस्थामा पक्कै पुग्दैन थिए होला । शर्माको कुरा सुनेपछि उनी यो अवस्थामा पुग्नुको कारण खौज्दै हामी उनले काम गरेको ठाउँहरुमा गयौ । 

श्रेष्ठको परिवारसंग भावनात्मक तथा पारिवारीकरुपमा संगै बसेका उनीहरुले शर्मा क्याटरीङ एण्ड सुनिल रेन्टल सभिर्स समेत सञ्चालनमा ल्याएका रहेछन् । शार्माले सुनिल बस्ने घर देखाउदै त्यस क्षेत्रमा आफुलाई सवैले चिन्ने भन्दै हामीलाई सोध्न आग्रह गरे । यस्तै शर्माले आफ्नो पैसाले सुनिलको नाममा कुसुन्तिमा किनिएको ८ आना जमिनमा घर बनाएको भन्दै हामीलाई उक्त घर पनि देखाए । आफुले बाल्यकाल देखि माया गरि हुर्काएको बढाएको र पढाएको व्यक्ती सुनिल श्रेष्ठ प्रति शर्माले यति विश्वास गरेकि जमिन पनि उनकै नाममा खरिद गरिदिए । यस्तो अवस्था आउछ भन्ने सपनामा पनि नसोचेको शर्मा बताउछन् । घर कसको हो भनि हामीले छरछिमेकीसंग पनि बुझ्यौ ,उनीहरुले घर शर्माले नै निमार्ण गरेको बताएपनि क्यामेरा अघि भने बोल्न मानेनन् ।

 तर त्यस घरमा बर्षाै आफ्नो संस्था राखि भाडमा वसेका लिलाधर भण्डारी भने आफु शर्माकै घरमा वसेको र भाडा पनि सधै शर्मालाई बुझाउने गरेको बताउदै हाम्रो कार्यालय सम्म आईपुगे । भण्डारी ति पात्र हुन जो शर्माको घरमा २०६३ साल देखि २०७२ साल सम्म ९ बर्ष बसे । २५ हजार देखि ४५ हजार सम्म भाडा पुग्दा त्यो घरमा वसेका भण्डारीले ७ बर्ष शर्मा लाईनै भाडा तिरेको बताउछन् । शर्मा र श्रेष्ठ विच बिबाद बढेपछि शर्मालाई सुनिल श्रेष्ठका बुवा राम श्रेष्ठले नक्कली प्रमाणका आधारमा नागरिकता लिएको भन्दै १७ महिना जेल हालियो । शर्माले पेश गरेका सवै प्रमाण सक्कली भएको जिल्ला अदालत र पुनरावेदन अदालतले ठहर ग¥यो । नागरिकता नक्कली भएको प्रमाणित नभएपछि उनि जेलबाट छुटे । बरु मुद्धा हाल्ने राम श्रेष्ठकै दुई ओटा नागरिकता भएको आदालतले पुष्ठि गरेको कुरा शर्मा बताउछन् ।

 त्यही समयमा सुनिल श्रेष्ठ घरको लालपुर्जा देखाउदै, यो घर आफ्नो भएको दावि गर्दै कुसुन्तीको घरमा पुगे । विवाद बढ्दै जाँदा उनीहरु विचको बिषय अदालत पुग्यो । एक अर्का विच मुद्वा हालाहाल हुन थाल्यो । शार्मासंग केहि रहेन उनले जिन्दगीभर कमाएको सम्पत्ती तथा क्याटरीङको कुनै हिसाब नपाएपछि उनि अहिले ललिपुरको एक घरमा साथीले खोजिदिएको डेरामा बसिरहेका छन् । उनका यि साथी तिनै व्यक्ती हुन् जसलाई शर्माले आफ्नो कम्पनिमा १३ बर्ष जागिर दिए । रामोछाप स्थायी घर भएका सन्तोष सुन्दास नाम गरेका यिनि आफु पनि भाडामा बस्छन र शर्मालाई पनि सहयोग गरिरहेका छन् ।

 शर्मा अचेल न्यायका लागि धेरै धाउन सक्दैनन् । उनलाई अव रोगले पनि च्याप्दै आएको छ । दिन दिनै कमजोर हुदैछन् शर्मा, तर पनि न्याय पाउने आश छाडेका छैंनन् । उनी अहिले पनि पैसा भन्दा न्यायको अपेक्षा गरिरहेका छन् । यस बिषयमा हामीले सुनिले श्रेष्ठ संग बुझ्न खोज्दा पहिले त उनि हाम्रो सम्पर्कमा आउनै चाहेनन् । पछि सम्पर्कमा आए , र कुराकानि गर्न हाम्रे कार्यालय नै आईपुगे । उनले शर्मा आँफुहरुको घरमा बस्दै आएको तर आँफुलाई छोराका रुपमा पालेको भन्ने कुरा निराधार रहेको बताए । शर्मा होइन आफुनै शर्माबाट पिडित भएको भन्दै उनले कागजका ठेली देखाए । तर हामीले यहि कुरा क्यामेरामा बोलिदिन आग्रह गरेपनि उनले मानेनन् । 

आफ्नो कुरा मिडिया सामु राख्ने अवसर सवैलाई प्रदान गर्नुपर्दछ भन्ने हेतुले हामीले सुनिल श्रेष्ठलाई वारम्वार क्यामेरामा बोल्न आग्रह ग¥यौ । मुद्धा सम्मानित अदालतमा विचाराधिन रहेको छ । तर कानुन केवल कागज मात्र चिन्दछ । हामी चाहन्छौ आफ्ना कुरा राख्ने अवसर श्रवण कुमारलाई मात्र होइन सुनिल श्रेष्ठलाई पनि बरावर मिलोस ।

0 comments

Write Down Your Responses

Powered by Blogger.