श्रीमानले कुटेरै मारे श्रीमती : तिन नाबालक सन्तानकाे हरिबिजाेक
८ फागुन / उदयपुरमा श्रीमानको कुटाईबाट घाइते भएकी श्रीमतिको मृत्यु भएको छ । गत पुस १ गते भलायडाँडा ३ बस्ने २५ वर्षिय जीवन मोतेले लागुपर्दाथ सेवन गरी आफ्नै श्रीमतिलाई दाउराको चिरपटले प्रहार गर्दा टाउकोमा गम्भिर चोट लागेकी श्रीमति सरिता मोतेको मृत्यु भएको छ ।गाँजाले लठ्ठिएका श्रीमान जीवनले दाउरो प्रहार गर्दा गम्भिर घाईते बनेकी सरिताको दुई महिना ६ दिनपछि गए शुक्रबार राती मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।
गाँजा सेवन गरी लठ्ठिएर छोरा जीवनले बुहारीको टाउकोमा दाउरा प्रहार गर्दा घाईते बनेकी बुहारीको उपचार सम्भव नभएर घरमै ल्याएपछि मृत्यु भएको जीवनका बुवा होमबहादुर मोतेले बताए । ‘एक कठ्ठा जग्गामा भएको घर ३ लाखमा बेचेर बुहारीको उपचार गरे,’ होमबहादुरले भने, ‘भए भरको सबै सम्पति सकेर चन्दा उठाउँदाएर उपचार गराउँदा समेत बुहारी बचाँउ सकिन, अव कानुनी कारवाहीको माग गर्दछु ।
’
’
श्रीमानको कुटाईबाट घाईते भएकी सरिताको होस नआई मृत्यु भएको हो । सुरुमा बिराटनगरको लाईफगार्ड अस्पताल भर्ना आईसियुमा भर्ना गरिएकोमा पछि रिफर भई नोवेल मेडिकल कलेजको आईस्युमा राखेर उपचार भैरहेको थियो । आर्थिक अवस्था कमजोर भएको मोते परिवारलाई सरिताको उपचारको लागि डेनमार्क लगायतबाट करिव २ लाख १५ हजार सहयोग जुटेको पंचावती गाविसका स्थानीय समाजसेवी बोधकुमार घिमिरले बताए । जीवनलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
५ वर्ष अगाडी विवाह भएकी सरिताको ३ वटा सन्तान छन् । सरिताको सबै भन्दा सानो छोरा ५ महिनाको रहेको छ । आमाको मृत्यु भएपछि ५ महिने नावालक सहित २ सन्तानको विचल्नी भएको छ । बाबुलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाकारी दिएको छ ।

0 comments
Write Down Your Responses