१३ बर्षिय बालिकाको विभत्स हत्या गरी कल्भोटमा फालिए
सुनसरी । सुनसरीको चाँदबेला गाविसमा एक १३ बर्षिय बालिकाको हत्या भएको छ । विभत्स हत्या गरेर कल्भोटमा फालिएको अबस्थामा शव फेला परेको सुनसरी प्रहरीले जनाएको छ । विहिवारदेखि हराईरहेकी चाँदबेला गाविस ९ की अमिता कुमारी मुदियारीको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिवार बालिकाको शव कल्भोट भित्रको नालीमा फालेर ढुङाले पुरेको अबस्थामा फेला पारेको हो । घटनाको अनुसन्धानका लागि पूर्व क्षेत्रिय प्रहरी कार्यालयको विशेष व्युरोको टोली सहित जिल्ला अस्पताल सुनसरीबाट चिकित्सकहरुको टोली घटनास्थल पुगेको थियो । हत्याराको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरी घटनाको अनुसन्धान समेत सुरु गरिएको छ । पिडितका आफन्तले तत्काल हत्याराको खोजी गरी कडा कारवाहि गर्न माग गरेका छन् ।

0 comments
Write Down Your Responses