पहिलो नेपाली लाहुरे
नेपाल–अंग्रेज युद्ध (विसं १८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुुुुगे ।
‘लाहोर’ शब्दलाई नेपाली जिब्रोले ‘लाहुर’ उच्चारण गर्यो । सेनामा भर्ना हुन लाहोर जानुलाई ‘लाहुर जान’ भन्न थालियो । अनि त्यहाँ जानेलाई भन्न थालियो ‘लाहुरे’ । विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ । हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लाहुर जानु नै भनिन्छ ।
नेपालीमध्ये लाहुर जाने परम्पराको थालनी कोबाट भयो त ? अर्थात् पहिलो नेपाली लाहुरे को हुन् ? यस जिज्ञासाको उत्तरको खोजी गर्दा नालापानी युद्धका वीर सेनापति बलभद्र कुँवरको नाम लिइन्छ । नालापानी युद्धमा हार खाएपछि किल्ला छाडेका उनी सीधै लाहोर गई रणजित सिंहको सेनामा भर्ना भए भन्ने भ्रम लामो समयसम्म रह्यो । उनी नालापानी युद्धपछि सीधै लाहोर गएका हुन् भन्ने धारणा खण्डित भइसकेको छ ।
बुुुुद्धिलाल भण्डारीद्वारा लिखित ‘राष्ट्र निर्माणका केही योद्धाहरू’ (२०५०:१००) मा प्रकाशित भएको विसं १८७३ माघ सुुुुदि १३ रोज ६ मा सरदार जगदेउ भण्डारीका नाममा जारी रुक्कामा उनका ठाउँमा बलभद्र कुँवरलाई पठाइएको र जगदेउलाई फिर्ता बोलाइएको बेहोरा उल्लेख भएको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ९९ (आश्विन २०५७:६३–६४)मा उद्धृत गरिएको छ । सोही पूर्णांकमा काठमाडौं भद्रकालीको गुठी लगत तथा अभिलेख शाखा कार्यालयमा महेशराज पन्तले फेला परेको बलभद्र कुँवरसम्बन्धी अर्को पत्र प्रकाशित गरिएको छ ।
वि.सं. १८७३ माघ सुुुुदी ६ रोज ५ मा राजा राजेन्द्रविक्रम शाहद्वारा बलभद्र कुँवरलाई सम्बोधन गरिएको उक्त पत्रमा उनको बुुुुवाले दुल्लुुुुमा श्रीइन्द्रज्वाला स्थापना गरेको र त्यसका लागि पाँच मुुुुरीको गुठी स्थापना गरिएको उल्लेख छ । यी तथ्यहरूबाट के स्पष्ट हुन्छ भने नालापानीको युद्धमा वीरतापूर्वक लड्दालड्दै बाध्य भएर किल्ला छाडेलगत्तै बलभद्र कुँवर पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन गएका नभई उनी नालापानी युद्धपछि पनि नेपाली सेनामै सेवारत रहेको स्पष्ट हुन आउँछ ।
मामाको सम्पर्कबाट लाहुर
युद्धबाट फर्केपछि पनि बलभद्रले जिम्मेवारी पाएकै देखिन्छ । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’ पूर्णांक ३ (कात्तिक २०२१:६४)मा उल्लेख गरेअनुसार विक्रम संवत् १८७१ मंसिर १६ गते राति बलभद्र कुँवरहरू नालापानी किल्ला छाडी बाहिर निस्कन बाध्य भए । बलभद्र कुँवरकै सन्तानहरूको धारणाअनुसार पनि बलभद्र कुँवर विक्रम संवत १८७६ सम्म नेपालमै रहेर सैन्य जीवन बिताइरहेका थिए । रामराजा कुँवर र डा. धनबहादुर कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ (२०६९:५१–५२) मा यस्तो तथ्य पढ्न पाइन्छ । यस पुुुुस्तकमा उल्लेख गरिएअनुसार बलभद्रले आफ्ना मामाहरू अर्जुुुुनसिंह र भूपालसिंह थापासँगको भेटपछि अन्य मुुुुलुुुुकमा जाने इच्छा जनाएका थिए ।
उनले त्यस बेला आफ्ना मामाहरूसँग ‘मुुुुलुुुुकभित्र खुुुुकुुुुरीको सान र अवसर या अवस्था नभएको देखिएकाले अन्य मुुुुलुुुुकमा जाने’ इच्छा देखाएका थिए । यही चाहनाअनुसार उनले विसं १८७६/७७ ताका नेपाली फौजबाट अवकाश लिएका थिए । त्यस बेलाका अधिनायक भीमसेन थापाबाट आफूहरूमाथि उचित दृष्टिकोण नराखेको वा आफूहरूको योगदानको उचित कदर नगरेका कारण बलभद्रले नेपालबाट पलायनको बाटो समातेका हुन सक्छन् । भीमसेन थापा अरू भारदारले भनेको कुुुुराको खासै सुुुुनुवाइ पनि गर्दैनथे ।

0 comments
Write Down Your Responses