स्थानीय निर्वाचन बैशाख ३१ मा गर्ने मन्त्रिपरिषदको निर्णय;;भिडियो सहित>>
फाल्गुन ९, २०७३- सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रिपरिषद बैठकले वैशाख ३१ गते निर्वाचन गर्ने निर्णयमा सरकार पुगेको बताएका हुन् ।
अाज तेस्राेपटक मन्त्रिपरिषदकाे बैठक बस्नु अघि सरकारले निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधीप्रसाद यादवसँग परामर्श गरेकाे थियाे । त्यसपछि बसेकाे बैठकले निर्वाचनकाे मिति घाेषणा गरेकाे हाे । निर्वाचनको लागि १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७ सय ७५ रुपैयाँ बजेट बिनियोजन गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

0 comments
Write Down Your Responses