७ बर्षीया भतीजीलार्इ जबरजस्ती करणी गर्ने पक्राऊ

७ वर्षीय बालिकालाई ललाई फकाई गरी जवरजस्ती करणी गर्ने एक जना व्यक्तिलाई यही फागुन ७ गते ईलाका प्रहरी कार्यालय पथरीले पक्राऊ गरी सार्वजनिक गरेकाे छ । 

फागुन ६ गते रातको समयमा जिल्ला मोरंग हसन्दह गा.वि.स. स्थित भारत जल्पाईगुडी बस्ने वर्ष ३६ को नविन परियारले ७ वर्षीया एक बालिकालाई फकाई फुल्याई गरी जबरजस्ती करणी गरेको भन्ने सुचनाको आधारमा निज परियारलाइ प्रहरी टोलीले स्थानीय बासीको सहयोगमा पक्राऊ गरेको हो | भारत जलपाईगुडीबाट आफन्तको विवाहामा आएका निज नविन परियारले रातको समयमा सुतेको अवस्थामा भतीजी नाता पर्ने बालिकालाई करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ |

0 comments

Write Down Your Responses

Powered by Blogger.