बुढासुब्बा गोल्डकप संकटा विजयी
सुनसरी फागुन - काठमाडौं धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल संकटा क्लबको जितसँगै प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको उद्घाटन खेलमा भारतको कोलकातास्थित दुर्गापुर स्टिल फुटबल क्लबलाई ३–२ ले हराउँदै संकटाले क्वाटर फाइनलमा प्रवेश गरेको हो । १० टिम सहभागी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

0 comments
Write Down Your Responses