भर्खरै रामेछाप केन्द्रबिन्दु भई भूकम्पको धक्का

सोमबार रामेछाप केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । ९ बजेर २२ मिनेट जाँदा धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 केन्द्रले २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर सात दशमलव ८ म्याग्निच्यूडको भूकम्पपछि अहिलेसम्म चार म्याग्निच्यूडभन्दा माथिका चार सय ७६ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

 यसअघि माघ २७ गते धादिङ केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो । ठूलो भूकम्पपछि सानासाना परकम्प निरन्तर आइरहनु सामान्य भएको भूकम्पविद्को भनाइ छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.