विद्यालय मैदानमै ६ वर्षीया बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

बर्दिया फागुन १६ विद्यालय शिक्षाको मन्दिर अनि शिक्षकहरु त्यसका पुजारी । तर बर्दियाको राजापुरमा भने त्यस्तै पुजारीले राक्षसी व्यवहार देखाएका छन् । उनले आफैले पढाउने गरेकी ६ वर्षकी नाबालिकालाई विद्यालय मैदानमै बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ । 

राजापुर नगरपालिकाको एक विद्यालय मैदानमा ललाईफकाई लगी ती ६ वर्षीया बालिकालाई बलात्कार ५४ वर्षीय शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई आरोपित शिक्षकले ललाई फकाई विद्यालयको मैदानमै बलात्कार गरेको बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । 

आरोपित शिक्षकमाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.