प्रेमिका र आमा–बुवाका हत्यारासँग पुलिसको सेल्फी भाइरल भएपछि…
सिरियल किलर’ उदयन दाससँग रायपुर क्राम ब्रान्चका अधिकारीको सेल्फी भाइरल भएपछि पुलिस विभागमा हंगामा मच्चिएको छ । प्रेमिका र आमा–बुवाका हत्यारा उदयनलाई रायपुर पुलिसका केही जवानले राता–रात सेलिब्रिटी बनाइदिएका छन् । उदयन आजकाल रायपुर पुलिसको पकडमा छन् । अपराध शाखाको समूहले उनीसँग सोधपुछ र अनुसन्धानका लागि उनलाई शहरका विभिन्न स्थानमा लैजाने गरेका छन् ।
कारमा लिइयो उदयनसँगको सेल्फीः उदयनसँगको उक्त सेल्फी कारमा लिइएको हो । यो सेल्फीमा रायपुर पुलिसको अपराध शाखाका उप–निरिक्षक चन्द्रशेखर श्रीवास (गुलाबी सर्टमा) ले उदयनसँग सेल्फी खिचेको देख्न सकिन्छ । यो सेल्फीमा उनीसँग अपरात्र शाखाका दुई अन्य पुलिसकर्मी पनि देखिएका छन् । प्रेमिकासहित आमा बुवाको हत्या गर्ने उदयनका ११ अन्य प्रेमिका, फेसबुकमा १ सय १० अकाउन्ट
अदालतले १० दिनको पुलिस हिरासतमा सुम्पिएको छः उदयन दासलाई छत्तिसगढ पुलिससमक्ष १० दिनका लागि पुलिस रिमान्डमा सुम्एिको छ । पुलिसलाई यसबारे प्रश्न सोध्दा उनीहरु यसको उत्तर दिन अस्विकार गरेको छ । प्रेमिकाको हत्या गरी कोठाभित्रै गाढ्ने उदयनले आफ्नै आमा–बाबुलाई पनि मारेको खुलासा, शवको खोजी जारी
पेन्सन लिनका लागि बनाए फर्जी प्रमाणपत्रः उदयनले आफ्ना आमा–बुवाको पेन्सन निकाल्नका लागि फर्जी प्रमाणपत्र बनाएको पुलिसको अनुसन्धानमा खुल्न आएको छ । उदयनले दिल्लीको डिफेन्स कोलोनीमा क्लिनिक चलाइरहेका डा. एस के सूरीसँग आफ्नी आमा इन्द्राणी दास जीवित भएको प्रमाण पत्र बनाएका थिए ता कि हरेक महिना पेन्सनको रकम कुनै रोकटोक उनकी आमाको अकाउन्ट आउन सकोस् ।

0 comments
Write Down Your Responses