पूजा मेरा लागि ‘प्रेमिका’ हुन सक्छिन्ः पल शाह( हेर्नुहो स्भिडियो)
पललाई पनि त अलिकती रोमान्स चाहिन्छः पूजा शर्मा
नेपाली चलचित्र क्षेत्रले ‘म यस्तो गीत गाउँछु’बाट नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई पाउँदैछ । यो जोडीले अभिनय गर्ने यो चलचित्रको छायांकन बिहिबारबाट सुरु भएको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा पूजा र पलले एक अर्काको प्रेम, आकर्षण, सम्बन्धका साथै अन्य थुप्रै रमाइला कुरा गरे । साथमा उनीहरुले रमाइलो खेल समेत खेले । पूजा र पलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः यो चलचित्रमा पूजा र पल ‘सत्य र छायाँ’को भूमिकामा देखिदैछन् ।
दर्शकले, चलचित्रबाट एउटा जोडीलाई पाउने दाबी यी दुइको छ । केहि समय अगाडि पूजाले पल मनपर्न थालेको बताएकी थिइन् । यो बिषयमा कुरा गर्दै यो जोडीले एक अर्कालाई लाइक गर्ने समेत बताएका छन् । पूजाले त पलको साना–साना बानी समेत याद गरेकी रहिछन् । पलको हिडाइदेखि परिवारको केयरिङबाट प्रभावित छिन् पूजा । यता, पूजाको सबैसँग मिल्न सक्ने खुबी, कामप्रतिको लगावबाट पल प्रभावित देखिए । पूजाको नजरमा पलमा एउटा राम्रो ‘श्रीमान्’मा हुनुपर्ने गुण छ । यता, पलको नजरमा पूजामा एउटा राम्री ‘प्रेमिका’मा हुनुपर्ने गुण छ ।

0 comments
Write Down Your Responses