अमेरिकामा विद्यार्थीको घरबाहिर लेखियो, ‘तिमीहरु यहाँ बस्नु हुँदैन’

अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचीभोतलाको हत्या पछि कोलोराडोमा एक अन्य भारतीयमाथि ‘घृणा अपराध’ को घटना सार्वजनिक भएको छ । एक भारतीयको घरमा अण्डा फ्याँकियो र घृणाले भरिएको मेसेज पनि लेखियो । घर बाहिर लेखियो, ‘तिमी भारतीयहरु यहाँ बस्नु हुँदैन ।’ 

 – यो घटना ६ फेब्रुअरीको हो । न्यूज एजेन्सी एएनआईका अनुसार फेडरल ब्यूरो अफ इन्वेस्टिगेसन (एफबीआईं) यस विषयमा अनुसन्धान गरिरहेको छ । 

 – अधिकारीका अनुसार यो काम कुनै एक समूहको हुनसक्छ । डेनवर मिडियाका अनुसार भारतीयको घरमा सबै ठाउँमा ‘हेट मेसेज’ लेखिएको थियो । 

 – यस विषयमा भारतीयको केही बयान आएको छैन । उनीहरुका घर मालिकले घटनाको जानकारी दिएको बताइएको छ ।

 – घरका मालिक अनुसार हेट मेसेज लेखिएको करिब ५० पेपर उनको ढोका, झ्याल र काममा राखिएको पाइयो । यस्तै, कम्तिमा पनि ४० वटा अण्डा फ्याँकिएका थिए । 

 – यतिमात्र होइन, घरको ढोकामा कुकुरको दिसा पनि राखिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.