काठमाडौँ , असार ६ गते । साउन १३ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र प्रेमगीत–२ को ट्रेलर सार्वजनिक गरिएको छ ।
निर्देशक रामशरण पाठकले फिल्मले नेपाल, थाइल्यान्ड र म्यान्मारसँग जोडिएको प्रेम चित्रण जानकारी दिनुभयो । प्रेमगीत–२ ले बक्स अफिसमा रेकर्ड राख्ने दाबी निर्देशकको छ ।
चलचित्रमा पाठककै कथा तथा संवाद रहेको छ ।
निर्देशक पाठकले थाइल्यान्डको प्रेम नेपालसँग छ । नेपालको प्रेम म्यान्मारसँग छ । हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ । द्वन्द्व प्रेमबाटै सुरू छ भन्नुभयो । चलचित्रमा सन्तोष सेनको एक्सन छ, जो प्रेमगीत–२ का निर्मातासमेत हुनुहुन्छ । चलचत्रिमा प्रदीप खड्का, अश्लेषा ठकुरी लगायतको अभिनय रहेको छ । नायिका अश्लेषाले चलचित्रप्रति दर्शकको प्रतिक्रिया सुन्न आतुर छु भन्नुभयो ।
आशुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको सहनिर्माता हाइलाइट्स नेपालका ओम गुरूङ हुनुहुन्छ । चलचित्रमा बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरूषोत्तम प्रधानको छायाङ्कन रहेको छ ।

0 comments
Write Down Your Responses