गोर्खाल्याण्ड आन्दोलनका घइते उपचारका लागि नेपालमा आउन थाले
बिर्तामोड, साउन ३ । गोर्खाल्याण्ड आन्दोलनका क्रममा घइते बनेका बिरामी औषधि उपचारका लागि नेपाल आउन थालेका छन् । आन्दोलनका कारण औषधि उपचार गर्नसमेत समस्या भएको भन्दै उनीहरु नेपालीको सहयोगमा नेपालका विभिन्न अस्पतालमा औषधि उपचारका लागि नेपाल आउन थालेका हुन् ।
भारतको मिरिक – ७ का ३८ वर्षीय आनन्द तामाङ सोमवार साँझ झडपको क्रममा घाइते भएका थिए । उनको उपचार भारतको सिलगढीमा सहज हुने भए पनि आन्दोलनका कारण सिलगढीसम्म विरामीलाई लान नसकेपछि उनलाई उपचारका लागि नेपाल ल्याइएको बताइएको छ ।
घाइते बनेका तामाङलाई इलामको पशुपतिनगरका नेपालीको सहयोगमा सोमवार राति झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याइएको छ ।
छाती, घाँटी र हातमा खुकुरीले काटेर गम्भीर चोट लागेपछि चिन्ताजनक अवस्थामा उनलाई पशुपतिनगरका नेपालीले उद्धार गरी बीएण्डसी अस्पतालमा ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताउनुभयो । घाइते तामाङको उपचार डा. बासु बास्कोटा र डा. सन्दिप अधिकारीले गरेको बताइएको छ ।

0 comments
Write Down Your Responses