भोको पेटमा लिचि खानु खतरनाक, बिहारमा १ सय २२ को मृत्यु
पटना फागुन १३ - भोको पेटमा लिचि खाँदा ठूलो जोखिम हुने अध्ययनमा पत्ता लागेको छ । बिहारको मुजफ्फरपुरमा विगत दुई दशकमा सयौं बालबालिकाको मृत्यु खाली पेटमा लिची खाएको कारण भएको पुष्टि भएपछि यो तथ्य थहा भएको हो ।
स्थानीय जनतामाझ ‘चमकी’ को बिरामीका नामले प्रख्यात यो रोग हरेक वर्ष मईमा देखिने गर्छ । हरेक वर्ष दर्जनौं बालबालिका यसको चपेटामा पर्छन् । सन् २०१४ मा मात्रै ३ सय ९० जना बालबालिका यसको शिकार भएका थिए । अस्पतालमा भर्ती भएका यीमध्ये १ सय २२ जनाको मृत्यु भएको थियो ।
भारत र अमेरिकाका बैज्ञानिकहरुले संयुक्त अध्ययन गरेपछि खाली पेट निकै बढी लिची खाएका कारण यो बिरामी भएको पुष्टि गरेका हुन । तीन वर्षसम्म चलेको यो अध्ययनको निश्कर्ष लेन्सेट ग्लोबल नामक विज्ञान पत्रिकामा प्रकाशित छ । वैज्ञानिकहरुका अनुसार, लिचिमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व धधध।भखभचभकतमबष्लष्प।अयm हुने गर्दछ ।
अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँचबाट उनीहरुमा यी तत्वहरुको मात्रा निकै बढी भएको देखिएको थियो । यी मध्ये अधिकांशले साँझ खाना खाएका थिएनन र बिहान धेरै बढी लिची खाएका थिए ।
बालबालिकामा कुपोषण भएको खण्डमा या यसअघि कुनै बिरामी भएको अवस्थामा झन बढी समस्या देखिने पनि अध्ययनमा थाहा भएको छ । लिचि निकै हुने मुजफ्फरपुरमा बालबालिकाहरु दिउँसो प्रायःजसो लिचिको बगैंचामा बिताउने अभिभावकहरुले बताए ।

0 comments
Write Down Your Responses