धार्मिक महोत्सवबाट फर्केकी १६ वर्षीया युवतीलाई अपहरणपछि सामूहिक बलात्कार गर्ने, दुर्इ युवा पक्राउ
फागुन, बिराटनगर - मोरङको बेलबारी नगरपालिकामा चलिरहेको धार्मिक महोत्सवबाट अपहरणमा परेकी एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् ।
घटनापछि प्रहरीले दुर्इजना स्थानीयलार्इ पक्राउ गरेको छ । महोत्सवबाट फर्कंदै गर्दा शुक्रबार राति दुईजना स्थानीय व्यक्तिले किशोरीलार्इ अपहरण गरेको स्थानीयबासीले अनलाइनखबरलार्इ बताए । मोटरसाइकलमा आएका दुई व्यक्तिले राति १० बजेतिर जबरजस्ती मोटरसाइकलमा राखेर एकान्तमा लगी सामूहिक बलात्कार गरेको बेलबारी प्रहरीले बताएको छ ।
दुईवटा मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले युवतीसँगै रहेका अन्य युवालाई आफूहरु प्रहरी भएको बताउँदै हातपात गरेका थिए । आफूहरु प्रहरी भएको भन्दै युवतीलार्इ लिएर हिँडेका ती व्यक्तिले कोशी हरैचा – ५ बेलेपुरमा अवस्थित एक काठ मिलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राति बलात्कारीहरुले किशोरीलाई काठ मिलमै छाडेर हिँडेका थिए । पीडित किशोरीले फोन गरेर आफन्तलार्इ बोलाएपछि उनको उद्दार भएको थियो ।
१६ वर्षीया युवतीलाई अपहरणपछि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्ष कटेका दुई जना गाउँलेलाई पक्राउ गरेको छ । बलात्कृत चेली बेलबारी निवासी हुन् भने पक्राउ पर्ने दुर्इजना पनि बेलबारीकै बासिन्दा हुन् । बत्लाकारको घटनापछि प्रहरीले बेलबारी–३ का ५२ वर्षीय शम्भु थापा र‘अनिल’ भनिने ४० वर्षीय प्रेम गुरुङलार्इ नियन्त्रणमा लिएको छ ।
को ९ प ८४४ नम्बरको मोटरसाइकलको नम्बरका आधारमा युवाको पहिचान खुलेको बेलबारी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामजी कटवालका अनुसार थापा र रार्इविरूद्ध जबरजस्ती करणीको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

0 comments
Write Down Your Responses