चलचित्र भन्दा सिरियलमै रमाइलो लाग्छः रक्षा श्रेष्ठ

तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी रक्षा श्रेष्ठले केहि विज्ञापनमा पनि काम गरेकी छिन् । ठूलो पर्दाको चलचित्रबाट प्रस्ताव आएपनि उनको रुची सिरियलमै छ । फुर्सदमा सिनेमा हेरेर बस्ने गरेकी रक्षालाई सुटिङमा भने निकै रमाईलो लाग्छ । 

उनै कलाकारसँग अनलाइनखबरले गरेको टि-टकः 

बिहान कति बजे उठ्नुहुन्छ ? 
म बिहान ६ बजे उठिसक्छु । सुटिङ हुँदा त अझ छिटो उठ्नुपर्छ । सुटिङ नहँुदा पनि ६ बजे उठिसकेको हुन्छु । उठेपछि एक घण्टा जति मर्निङवाक जान्छु । 

चिया अनि ब्रेकफाष्ट ? 
चिया साँढे सात बजेतिर हुन्छ । खासै चिया खान्नँ, ग्यासटि्रक नहोस् भन्नका लागि साँढे सात बजेतिर एक कप कालो चिया खान्छु । ब्रेकफाष्टको रुपमा बिस्कुट र कहिलकाही उसिनेको अण्डा खान्छु । 

आजको कार्यक्रम ? 
अहिले म मर्खुभन्ज्याङमा छु । अहिले ‘भद्रगोल’को सुटिङ भइरहेको छ । आजको दिन सुटिङ गरेरै बित्छ । 

फुर्सदको बेला के गर्नुहुन्छ ? 
फुर्सदको बेला त घर तिरै हुन्छु । त्यहि त हो चलचित्र हेर्ने, फेसबुक चलाउने घरको काम पनि गर्छु । 

घरको काम के के गर्नुहुन्छ ? 
सब थोक गर्छु । भात पकाउनेदेखि घर पुछ्नेसम्म सबै काम गर्छु । 

अनि फेसबुक ? 
चलाउँछु तर, फेसबुकमै झुण्डिने बानी भने छैन । अपडेट हुनका लागि वेला वेलामा फेसबुक चलाउँछु । 

ब्लक कतिलाई गर्नु भयो होला ? 
भयो होला ३०/४० जना जति । साथी हुन्नन् तर, जे पायो त्यहि कमेन्ट गर्नेहरुलाई ब्लक गरिदिन्छु । 

दिनमा कति खर्च हुन्छ ?
रिचार्ज कार्ड, खाजा सबै गर्दा धेरै नै खर्च हुन्छ तर, म भन्नै सक्दिनँ, यति नै हुन्छ भनेर त । अहिलेसम्म हिसाबै गरेकी छैन । आफूले कमाएको पैसा आफैंलाई ठिक्क हुन्छ 

कि घरमा पनि दिनुहुन्छ ? 
अलि अलि त दिन्छु । सपिङलगायत अन्य कामका लागि आफ्नै कमाई खर्च गर्छु । 

ज्योतिषलाई हात हेराउनु भएको छ ? 
अहिलेसम्म छैन । मलाई त्यस्तो कुरामा विश्वासै लाग्दैन । 

के गर्दा रमाईलो लाग्छ ? 
मलाई प्रायः सुटिङमा रमाईलो लाग्छ । 

अनि चलचित्रवाट प्रस्ताव आएको छैन ? 
केहि चलचित्रबाट प्रस्ताव आएको छ तर, मलाई चलचित्र भन्दा सिरियल र विज्ञापनमै काम गर्दा रमाईलो लाग्छ । 

भविष्यमा के गर्ने योजना छ ? 
अभिनय गरेर मात्रै त हुन्न होला । कपडाको होलसेलको ब्यापार गर्ने योजनामा छु ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.