पूर्वराजा ज्ञानेन्द्रले भने- हिन्दु धर्म बोल्ने कुरा होइन, मनमा राख्ने हो (भिडियोसहित)

         


       

फागुन, चितवन। पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् । गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा शाहले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो ।’ हेर्नुहोस् भिडियो ज्ञानेन्द्र र कोमलले एक जोडी गाईको पूजासमेत गरेका थिए । उनीहरुले करिब पाँच सय मिटर लामो पैदलयात्रा गरेका थिए । सो क्रममा स्थानीयले दिएको पुष्पगुच्छा समेत उनीहरुले ग्रहण गरेका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.