नचाहँदा नचाहँदै हिरोइन बनेकी स्वेता
सुरुमा त उनले यसलाई सामान्य रुपमा लिइन् र वेवास्ता गरिन्। पछि विजय सरले उनलाई 'कहाँ भेटिएला?' फिल्मको अडिसनमा जान आग्रह गरे।
अडिसनबाट फिल्म युनिट प्रभावित भए र उनलाई फिल्म खेल्न कर नै गरे। 'मैले फिल्म नखेल्न धेरै बाहनाहरु बनाएँ, तर उहाँहरु घरमै आएर फोर्स गर्नुभयो।' आफ्नो रुची बिना नै फिल्म क्षेत्रमा हात हालेकी स्वेताको पहिलो फिल्म 'कहाँ भेटिएला' सफल भयो। यसमा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग काम गरेकी थिइन्। यो फिल्मको सुटिङ नसकिँदै स्वेतालाई दोश्रो फिल्म 'हाँसिदेउ एक फेर'को प्रस्ताव आयो। दोश्रो फिल्ममा पनि उनले मन नहुँदा नहुँदै काम गरिन्।
'त्यसमा पनि काम गर्न मन थिएन, त्यही पनि रिलेसनको कारणले स्क्रिप्ट पनि नपढी काम गरेँ' उनले भनिन्। 'हाँसिदेउ एक फेर' पनि केही मात्रामा सफल भयो। एक पछि अर्को फिल्मको प्रस्ताव आइरहेको उनलाई फेरि 'श्रीमान श्रीमती' को प्रस्ताव आयो। आफूलाई फिल्म क्षेत्रमा ल्याउने अभिनेता श्रीकृष्ण श्रेष्ठको जोडी भएर काम गर्नुपर्ने भएकाले पनि उनले त्यस फिल्ममा अभिनय गरिन्। 'श्रीमान श्रीमती' ले पनि उनलाई सफलता नै दियो। २०७१ सालमा प्रदर्शनमा आएको फिल्म 'कोहिनुर' त्यसबेलाको सर्वाधिक कमाइ गर्ने फिल्म हो। जुन फिल्ममा उनले तेस्रो पटक नायक श्रीकृष्ण श्रेष्ठसँग जोडी बाँधेकी थिइन्।
त्यस फिल्ममा उनको पनि लगानी थयो। फिल्म अत्यधिक सफल भयो। तर यो फिल्मको सफलताबारे उनलाई धेरै पछिमात्र थाहा पाइन्। विबाह र पति बियोग : 'कोहिनुर' फिल्ममा काम गरेसँगै स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठले विवाह गरे। फिल्म प्रर्दशनमा आउने तयारी हुँदै गर्दा उनीहरु हनिमुन मनाउन भारततर्फ गए। विवाहको एक महिना नपुग्दै पति श्रीकृष्ण श्रेष्ठको निधन भयो। श्रीकृष्णको निधन हुनु दुई दिन अगाडि उनी अभिनित फिल्म 'कोहिनुर' प्रर्दशनमा आएको थियो। फिल्म अति नै सफल भयो तर स्वेतालाई त्यस कुराले केही मात्रमा पनि खुशी बनाउन सकेन। स्वेता भन्छिन् 'त्यस बेला म आफै होसमा थिइनँ फिल्मको सफलताले मलाई कुनै पनि कुरामा खुसी बनाउन सकेन।'
पतिको मृत्युपछि लगभग १ बर्षसम्म स्वेताले आफूलाई नियन्त्रणमा लिन पनि सकिनन्। उनले लगातार १ बर्षसम्म डिप्रेसनको औषधी खाइन्। भन्छिन् 'यो अवस्थामा आउँछु होला जस्तो लाग्दैन थियो।' उनी उपचारका लागि अमेरिका जाँदा एउटा कार्यक्रममा सहभागी भइन्। त्यहाँ उनले दर्शकको अत्यधिक माया पाइन्। त्यसपछि उनी सार्वजनिक कार्यक्रमहरुमा देखिन थालिन्। कार्यक्रममा जादा दर्शकले देखाएको मायाले उनलाइ केही हदसम्म जिउने हौसला मिल्यो। 'मलाई मेरा दर्शकहरुले एकदमै माया गर्नुहुँदो रहेछ म उहाँहरुके कारण अहिले यहाँ छु' स्वेताले भनिन्।
फिल्म निर्माण र समाजसेवा स्वेता खड्का अहिले फिल्म निर्माणसँगै समाजसेवामा पनि सहभागी छन्। अहिले उनले सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण गर्न थालेकी छन्। भूकम्प गएको दुई वर्ष पुग्न लागिसक्दा पनि पीडितहरु सामान्य टहरामा बसिरहनुपरेकाले बस्ती निर्माण गर्न लागेको उनले बताइन्। ' मैले भूकम्पको बेला पनि केही मात्रमा सहयोग गरेको थिएँ, तर त्यो केही समयको प्रयोगका लागि मात्र भयो अब भने सँधै प्रयोग गर्न मिल्ने गरी दिगो निर्माण गर्ने सोच राखेर यो काम सुरु गर्न लागेको हुँ' स्वेताले भनिन्। त्यहाँ उनले ६२ घरहरु निर्माण गर्नेछिन्।

0 comments
Write Down Your Responses