मणिपुरमा ५ .२ रेक्टरस्केलको भूकम्प
नयाँ दिल्ली - भारतीय उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार साँझ ५.२ रिक्टर स्केल मापन गरिएको भूकम्पीय झट्का महसुस गरिएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार साँझ ५ बजेर ३२ मिनेटको समयम गएको भूकम्पले केन्द्रबिन्दु चुराचन्द्रपुर जिल्लामा रहेको बताइएको छ । भूकम्पबाट मानवीय क्षति वा भौतिक क्षति भने केही भएको सूचना समाचार तयार पार्दासम्म प्राप्त भएको छैन । यस पहिले शुक्रबार दिउँसो भारतको सिक्किम क्षेत्रमा पनि ३.५ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो ।

0 comments
Write Down Your Responses