रियल मड्रिड भ्यालेन्सियासँग पराजित, बार्सिलोनालाई फाइदा

काठमाडौं - लिग लिडर रियल मड्रिड ला लिगामा भ्यालेन्सियासँग पराजित भएको छ। गएराति भएको खेलमा रियल मड्रिडलाई भ्यालेन्सियाले २–१ गोल अन्तरले पराजित गरेको हो। 

रियल मड्रिड पराजित भएपछि दोस्रो स्थानमा रहेको बार्सिलोनालाई प्रत्यक्ष फाइदा पुगेको छ। रियल मड्रिडले खेल सुरु भएको १० मिनेटभित्रै दुई गोल खायो। खेलको चौथो मिनेटमै जाजाले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए। 

खेलको ९ औं मिनेटमै ओरेलानाले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारेका थिए। पहिलो हाफको ४४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल २–१ मा झारेका थिए। तर, दोस्रो हाफमा रियल मड्रिडले केही राम्रा अबसर पाएपनि गोल गर्न नसकेपछि २–१ को हार ब्यहोर्न बाध्य भयो। 

हारपछि पनि रियल मड्रिड २२ खेलबाट ५२ अंकका साथ शीर्ष स्थानमा यथावतै छ। रियल मड्रिडभन्दा एक खेल बढी खेलेको बार्सिलोना ५१ अंकका साथ दोस्रो तथा २३ खेल नै खेलेको सेभिल्ला ४९ अंकका साथ तेस्रो स्थानमा छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.