म गर्भवती थिएँ, बच्चा पनि बचाउन सकिनँ, श्रीमानले छाडेर हिडे’

भारतको चंढीगढमा एउटा गोप्य ठाँउमा एक वैठक आयोजना भयो, यसमा पुरै पंजावका महिला सहभागी भए, जसलाई विदेशमा रहेका उनका पतिहरुले छाडेका थिए । यी महिला वैठकमा एक गैरसरकारी संस्थाले सहयोग गर्ने आशामा वैठकमा सहभागी भएका थिए । हेल्पिङ हेल्पले नामको यस गैरसरकारी संस्थाका प्रमुख हुन, अमनजोत कौर रामूवालिया ।

 उनको अनुमान छ कि पुरै पंजावमा यस्ता खालका १५ हजार महिला छन् । उनीहरुको भनाई छ कि, यो सख्याँ बढिरहेको छ, यसमा थोरै पढेलेखेका महिला पनि छन, दूर्गम गाँउका छन् । उनीहरु संकटमा छन् । उनी भन्छिन्, ‘यो समाज महिला पीडित भएर रहन मन्जुर छन् । मेरो भनाई क छि यो मानवअधिकारवादको हनन हो ।’ यस्ता पीडित महिलाका श्रीमान सारा दुनियाँमा छन् । खास गरेर अमेरिका, बेलायत र क्यानाडामा रहने धेरै छन् । 

ती महिला विदेशमा राम्रोसँग बस्ने आशामा विवाह गरेका थिए । तर, धेरैजसो श्रीमानको उदेश्य चाहीँ माया भन्दा पैसा नै बढी थियो । यस्ता पतिमा एक तिहाई बेलायतमा रहेको अनुमान छ । रामूवालिया भन्छिन्, ‘ ती केटाहरु भारत आउँछ् र धेरै भन्दा धेरै दाइजो माग्छन् । विवाह गर्छन, दाइजोको पैसामा हनिमुन जान्छन् । त्यसपछि उनीहरु फर्केर आउँदैनन् । पत्नीका दुखका दिन शुरु हुन्छ ।’ भारतमा यस्तो परम्परा छ कि, केटीको परिवार केटालाई दाइजोमा पैसालगायत अन्य उपहार दिन्छन् । यद्यपी यसमा १९६१ मा यसलाई गैरकानुनी बनाइएको थियो । यो उपहार कैयौ पटक लाखौ रुपैयाँमा हुन्छ ।

 कमलजीत कौर नामक यी महिलाको विवाह इटली निवासी एक व्यक्तिसँग तीन बर्ष पहिला भएको थियो । तर, विवाहको केही महिनापछि उनी कमलजीत छोडेर गए । त्यसबेला कलमजीत गर्भवती थिइन् । उनले भनिन्, ‘हाम्रो विवाको केहीदिनपछि श्रीमानले दाइजोलाई लिएर झगडा शुरु गरे । उनीले मेरो परिवार तिमीसँग खुसी छैन भने ।’ कैयौ स्वास्थ्य समस्याकासाथ कमलजीतले बच्चा पाइन् । तर, केटाका बुवाले उनलाई केही सहयोग गरेनन् । उनको भनाई छ कि, बच्चा अपाग थियो । केही महिनापछि उसको मृत्यु भयो । तर, पनि कमलजीतका पतिले उनलाई सम्र्पक गरेनन्, केही सोधपुछ गरेनन् । 

कुनै विदेशी नागरिकको भारतमा सम्बन्ध विच्छेद दिन निकै खर्चिलो र झन्झटिलो छ । कैयौ पटक यसको असर केटीको परिवारमा पनि पर्ने गरेको छ । दलजीत कौर नन रेसिडेन्सल इन्डियन कमिशनाका वकिल हुन् । यो संगठन विदेशी नागरिकका विषयमा काम गर्छ । उनी भन्छन्, ‘हाम्रो न्यायकि प्रक्रिया गति चुस्त छ । यसमा फैसला हुनुमा बर्षौ लाग्छ । यो बहुत मुस्किल काम हो । र ठूलो कुरा यो हो कि यी केटीहरुसँग यस्तो न्याय प्रक्रिया पुरा गर्न पैसा पनि हुँदैन ।’

 यसरी महिलालाई अलपत्र पार्नु भारतमा अपराध हो । यदि कुनै विदेश नागरिक भारतीय न्यायक्षेत्रलाई छाडेर गयो भने उसलाई फिर्ता गराएर मुद्दा लडन निकै कटिन काम हुन्छ । अमनजीत भन्छन्, हामीले सुनेका घटनामा कैयौ त डराउन दिने खालका छन् । उनी भन्छिन्, ‘एक केटी विवाह हुन्छ, पति सुनियोजित तरिकाले उसको बलात्कार गर्छ र एक बच्चासहित उसलाई छाडेर विदेश जान्छ ।यहाँ यस्तो कुनै कडा कानुन छैन, जसको आधारमा श्रीमानको पछाडि लाग्न सकियोस् । केटीलाई आफ्नो बचेको जीवन छाडेको पत्नीका रुपमा विताउनु पर्छ ।’ यसरी श्रीमानले छाडेका पत्नी भारतमा अनिश्चत जीवन विताइरहेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.