दाम्पत्य जीवनका ४ समस्याः यसरी हल गर्न सकिन्छ

आधुनिक समाजमा पती-पत्नीबीच विभिन्नखाले समस्याहरु देखा पर्छन् । दुबै व्यस्त हुने भएकाले उनीहरुको सम्बन्ध नै फितलो पनि हुन पुग्छ । अहिलेका दम्पतीका मूख्य समस्या के छन् र त्यसलाईै कसरी हल गर्ने त ? 

 १. कम्युनिकेशन ग्याप 
आपसमा कुराकानी, छलफलबाटै दाम्पत्य जीवन अघि बढ्ने हो । एकअर्काको भावना बुझ्न पनि दुबैबीच संवाद हुन आवश्यक छ । यद्यपी कहिले कहिं दम्पतीबीच संवाद टुट्न पुग्छ । अर्थात् नियमित कुराकानी हुन पाउँदैन । यसले उनीहरुमा द्विविधा एवं भ्रम पैदा गर्न सक्छ । के पनि हुन्छ भने, पति वा पत्नी व्यस्त हुन्छन् । उनीहरुलाई कुरा सुन्ने फुर्सद पनि हुँदैन । त्यसैले पार्टनरको कुरालाई वेवास्ता गरिदिन्छन् । कतिपय गंभिर कुरालाई पनि मनन नगरेपछि त्यसले कलह निम्त्याउँछ । त्यसैले दम्पतीबीच संवाद आवश्यक छ ।

 कम्युनिकेसनको अर्थ बोल्नु मात्र होइन । एकअर्काको भावना बुझ्नु पनि हो । मानौ करियरको चक्करमा तपाईले परिवारको लागि समय निकाल्न सक्नुभएन, तर परिवार पनि तपाईको निम्ति उत्तिकै महत्वपूर्ण हुन्छ । परिवारबिना कसरी घरगृहस्थी चल्छ ? समाधान – एकअर्काको समस्या, पीडा आदि बुझ्नका लागि पनि दम्पतीबीच कुराकानी हुनैपर्छ । कुनै समस्या आउनुअघि नै त्यसबारे खुलेर छलफल गर्नुपर्छ । – कतिपय कुराहरु खुलस्त नभन्दा वा लुकाउदा पनि समस्या आउँछ । कुनैपनि कुरा पार्टनरसँग खुलेर सेयर गर्नुपर्छ । – यस्ता कुनै समस्या छैनन्, जसको समाधान छैन । 

त्यसैले दम्पतीबीच आउने समस्यालाई पनि छलफल, कुराकानीको माध्यामबाट समाधान निकाल्नु राम्रो हो । नो टाइम फर सेक्स बैवाहिक जीवनलाई सफल बनाउन सेक्सुअल रिलेसन महत्वपूर्ण हुन्छ । तर, अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा यस किसिमको सम्बन्ध फितलो बन्दै गएको छ । पती पत्नी कामकाजी भएको अवस्थामा त यो समस्या झन् बढ्ने संभावना रहन्छ । यसले उनीहरुको बैवाहिक जीवनलाई धरापमा पार्न सक्छ ।  

समधान 
 – चाहे जतिसुकै व्यस्त किन नहोस्, सेक्सुअल रिलेसनमा त्यसको असर पर्न दिन हुँदैन । 

 – मानसिक तनाव, चिन्ता, शारीरिक थकानले पनि यौन जीवन प्रभावित हुन्छ, सयन कक्षमा जानुअघि ति सबै कुरालाई त्याग्ने अभ्यास गरौ । 

 – यौन केवल रमाइलोका लागि मात्र होइन, यो स्वास्थ्यका लागि पनि अपरिहार्य हुन्छ । भनिन्छ, हप्तामा तीन पटक दम्पतीबीच शारीरिक सम्बन्ध हुनुपर्छ । 

 ३. आर्थिक समस्या
अक्सर पैसा खर्च गर्ने सम्बन्धमा पार्टनरको मत मिल्दैन । कोहि खर्चालु हुन्छन्, कोहि बचत गर्न मन पराउने । आर्थिक कारणले धेरैजसो परिवारमा कलह ल्याउँछ । व्यक्तिगत खर्चलाई प्राथमिकता दिएर घरायसी खर्चलाई महत्व नदिने बानीले पनि यस्तो समस्या ल्याउँछ । समाधान 

 – दुबै दम्पतीले सबैभन्दा पहिला खर्चको बिबरण तयार गर्नुपर्छ । यस्तो बिबरण तयार गर्दा कुन कुरालाई प्राथमिकता दिने ? सोच्नुपर्छ । 

 – हरेक महिना बजेट तयार गर्ने र सोहि अनुसार खर्च गर्नुपर्छ ।

 – मासिक तालिका बनाएर खर्च गर्दा फजुल खर्चबाट बचिन्छ । 

 ४. नो टाइम फर किड्स 
अहिले धेरैजसो दम्पतीसँग आफ्नो छोराछोरीका लागि समय हुन्न । अफिसको, करियर, भाविष्यको योजना आदिको चक्करमा उनीहरु छोराछोरीका लागि समय निकाल्न सक्दैनन् । बच्चासँग खेल्न, बोल्न, रमाउन पनि कति अभिभावक त जाँगर चलाउँदैनन् । तर, यसको दीर्घकालिन असर स्वंम अभिभावकले भोग्नुपर्छ । अभिभावकको सामिप्यता नपाएको बच्चामा विभिन्न किसिमको शारीरिक मानसिक समस्या आउन सक्छ । 

 समधान 
 – बालबालिका आफ्ना आमाबुवाको सामिप्यता चाहन्छन् । उनीहरुका लागि अभिभावकले छुटै समय निकाल्नु पर्छ ।
 – घर फर्किसकेपछि बच्चासँग होमवर्क गर्ने, कार्टुन हेर्ने, खेल्ने जस्ता गतिविधिमा सरिक हुनुपर्छ ।

 – बच्चाको मनोविज्ञन एवं भावना बुझ्नका लागि पनि उनीहरुसँग हेलमेल हुनुपर्छ ।

 स्वास्थ्य सम्बन्धको लक्षण के हो ? 
 – दुई पार्टनरबीचको आपसी समझदारी नै स्वास्थ्य सम्बन्धको लक्षण हो । एकअर्काको भावना बुझ्ने र सम्मान गर्ने दम्पतीबीच सुमधुर सम्बन्ध हुन्छ । 

 – यदि दुबै खुसी र तनावमुक्त छन् भने पनि उनीहरुको सम्बन्ध प्रगाढ रहेको संकेत मिल्छ ।

 – दुबैले आफ्नो जिम्मेवारी अर्कालाई थोपर्दैनन् ।

 – दुबैमा मन मुटाव कम हुन्छ । किनभने उनीहरु मिलेर समस्याको समाधान खोजिरहेका हुन्छन् । 

– एकअर्काको कामको सम्मान गर्छन् र अर्काको तनाव पनि महसुष गर्छन् । 

 – यस्तो जोडी एकअर्कामा निर्भर हुँदैनन् , तर हरेक कदम एकसाथ चाल्छन् । 

 – स्वास्थ्य सम्बन्धमा पति पत्नीले आपसमा प्रशस्तै क्वालिटी टाइम बिताउँछन् । एकअर्कालाई खुबी राख्न प्रयास गर्छन् । 
 – उनीहरुबीच विश्वासको सम्बन्ध स्थापित भएको हुन्छ, वाह्य कारणले त्यसलाई तोड्न सक्दैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.