ट्राफिकको हर्कतको बिरोध स्वरूप खानेपानीको सम्पुर्ण कामकाज बन्द गरी आन्दोलनमा जाने चेतावनी
इटहरी खानेपानीकाे उपभोत्ता सम्पुर्ण कामकाज बन्द गरी आन्दोलनमा
बेलबारी । ट्राफिक प्रहरीको दादागीरिका कारण एक कर्मचारीले गम्भिर यातना भोग्नु परेको भन्दै सुनसरीको इटहरी खानेपानी उपभोत्ता संस्था कर्मचारी युनियनले बिज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेको छ ।
फागुन १५ गते बेलुका कार्यलयको काम सकेर मोरङको गछिया घर फर्कने क्रममा सवारीचालक पदमा कार्यरत उमेश चौधरीलाई बुढीखोला छेउमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले रोकेको र रोक्ने क्रममा एक्कासी लाठी प्रहार गरी शरिरका बिभिन्न भागमा चोटपटक लागेको र गम्भिर घाईते बनाएको भन्दै युनियनले बिज्ञप्ती निकालेर सो घटनाको निन्दा एवम भत्र्सना गरेको छ ।
कर्मचारी युनियनका अध्यक्ष राजु दंगाल र सचिब डुक बहादुर कार्कीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बर्दीधारी राष्ट्रसेवक बाट भएको यस किसिमको हर्कतको बिरोध गर्दै घटनामा दोषीलाई कारबाही र घाईतेको उपचारको ब्यबस्था गरिदिन सम्बन्धित पक्षसँग जोडदार माग समेत गरेको छ । २४ घण्टाभित्र दोषीउपर कारबाही नभए इटहरी खानेपानीको सम्पुर्ण कामकाज बन्द गरी आन्दोलनमा जाने समेत उनीहरुले बिज्ञप्तीमा उल्लेख गरेका छन ।

0 comments
Write Down Your Responses