निखिलको फेसबुक आईडी छैन, तर ‘हाई’ पठायो भने रिप्लाई आउँछ
फागुन १३ अहिलेको युग प्रविधिको युग मानिन्छ । अहिलेको जमानामा विकास प्रविधिबाट कोही पनि अछुतो छैनन् ।
विकसित सामाजिक सञ्जालको प्रभावबाट टाढा रहने सायदै कमै होलान् । जो कोही व्यक्ति पनि इन्टरनेटको माध्यमबाट आफ्ना आफन्त, साथीभाईहरुसँग सजिलै कुराकानी गर्न सकिने फेसबुक, टुईटर, इस्टाग्राम जस्ता सञ्जालमा सक्रिय रहेका छन् । विशेषगरी यस्ता सामाजिक सञ्जालमा बढी सक्रिय रहने सेलिबे्रटी तथा स्टारको उपमा पाएका कलाकारहरु दैनिक जसो नै अपडेट भइरहेको हुन्छ ।
उनीहरु दर्शकमाझ लोकप्रिय हुन चाहन्छन् । तर अचम्मको कुरा के भएको छ भने नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको उपमा पाएका चर्चित सुपरस्टार अभिनेता निखिल उप्रेती अहिलेसम्म फेसबुक, टुईटर अनि इस्टाग्राम कतै पनि आएको देखिँदैन । तर उनको नाममा फेक आइडीहरु बनाई मानिसहरुले उक्त आईडीको दुरुपयोग गर्ने गरेकाले उनी अहिले निकै तनावमा छन् । अहिले फेसबुक, टुईटर अनि ईन्स्ट्राग्राममा निखिल उप्रेती नाममा खोजि गरेमा उनको नाम अनि तश्विर जोडिएका सयौं अकाउण्ट अनि पेजहरु भेट्न सकिन्छ तर ती कुनै पनि आईडी आफ्नो नभएको निखिल बताउँछन् ।
गत प्रेम दिवसको छेकोमा त उनको नामको आईडीबाट पारिवारिकरुपमा नै बिखण्डन आउने अनि आफ्ना सम्झिएका फ्यानहरु नै भड्किने प्रकारका पोस्टहरु बाहिर आइरहेको छ । जसले उनको परिवारमा समेत हल्लीखल्ली मच्चायो । दुई श्रीमतीका पति निखिलले एकलाई च्यापेर अर्कोलाई वास्ता नगरेको, फ्यानको चासो र मागमा वास्ता नगरेको सम्मका पोस्टहरु बाहिरिए, जसले निखिललाई यो आयो र त्यो भन्ने प्रकारका फोनकल हरु उब्जायो, आफैलाई थाहा नभएका, आफूले गरेको भन्ने प्रकारको आरोप लागेपछि ‘पिंजडा ब्याक अगेन’ को सेटमा रहेका निखिल सारै तनावमा छन् ।
सामाजिक सञ्जालबार आफू जोडिँदै नजोडिएको, गर्दै नगरेको कामको आरोप लागेको बताउँदै सही सुचना दिनेहरुमा गुनासो भन्दा पनि गलत प्रचारले दुःखी बनेको बताएका छन् । उनले आफ्नो नाम जोडेर त्यसको दुरुपयोग नगरिदिन अनुरोध गरेका छन् । आफ्नो नामको यस्तो दुरुपयोग गरिदिने काम नरोकिएमा प्रहरी प्रशासन ९अपराध अनुसन्धान महाशाखा० पुगेर साईबर क्राईममा उजुरी दिन बाध्य हुने उनले बताए ।

0 comments
Write Down Your Responses