मोरङको राजघाटमा चितुवाकाे आक्रमणबाट दुइ जना घाइते, स्थानीय बासिन्दा त्रसित
माेरङ ५ फाल्गुण - मोरङको राजघाट १ स्थित अठियाबारीमा चितुवाले स्थानियलाई आतंकित बनाएको छ । आज बिहान साढे ८ बजेतिर नजिकैको नर्सरीबाट आएको चितुवाले स्थानिय दुइ जनालाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।
चितुवाको आक्रमणबाट राजघाट १ का ५५ बर्षका टंकबहादुर धिमाल र सोही ठाउँका ५० बर्षीय खुशीलाल धिमाल घाइते भएका हुन् । उनीहरुको उर्लावारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चितुवा स्थानिय नर्सरीमै रहेकाले स्थानिय अझै त्रासमा रहेको प्रहरीको भनाइ छ ।

0 comments
Write Down Your Responses