काठमाडौंमा फेरी स्वाइनफ्लूका बिरामी भेटिए

काठमाडौं, फागुन - काठमाडौंमा स्वाइनफ्लूका बिरामी भेटिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताअघि पुगेका एक जनामा स्वाइनफ्लूको भाइरस भेटिएको डा. शेरबहादुर पुनले पुष्टि गरे । 

काठमाडौंमै उक्त भाइरस भएका व्यक्ति भेटिएप्छि डाक्टरहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । अहिले विवाहको लगन भएकाले पनि जमघट धेरै हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा स्वाइनफ्लू सर्ने संभावना उच्च हुने भएकाले रोग फैलन नदिन आफैँले सावधानी अपनाउनुपर्ने डा. पुनको सुझाव छ । 

विशेषगरी मधुमेह, उच्च रक्तचाप, अंग प्रत्यारोपण गरिएका व्यक्ति, डाइलासिस गरिरहेका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई स्वाइनफ्लू सर्ने भएकाले उच्च सावधानी अपनाउन डा. पुनको सुझाव छ । 

१० दिनसम्म पनि कडा ज्वरो आए, खोकी लागिरहे, घाँटी खसखसाए र काम छुटे स्वाइनफ्लू भएको हुनसक्ने उनले बताए । सार्वजनिक ठाउँमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु, खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु, साबुन पानीले हातमुख धुन डाक्टरहरुले सुझाव दिएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.