सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा अनलाइनमार्फत शुरु

काठमाडौँ फागुन - सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइन मार्फत दिने व्यवस्था मिलाइएको छ । 

पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.