सबैभन्दा धेरै आप्रवासी भएका दुनियाँका १० देशहरु

यो तथ्य थाहा पाउँदा धेरैलाई आश्चर्य लाग्ला की दुनियाका सबै आप्रवासी मध्ये आधा भन्दा धेरै आप्रवासीहरु केवल १० वटा देशमा बस्दछन् । 

पछिल्लो २५ वर्षमा विश्वका आप्रवासीहरुको २० प्रतिशत त अमेरिकामा मात्र रहँदै आएका छन् । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको हालैको रिपोर्ट अनुसार विभिन्न कारणले विश्वका विभिन्न देशका गरी कुल ४ करोड ६६ लाख मानिस आफ्नो देश छाडेर अमेरिका छिरेका छन् । 

तर यदि जनसंख्याको अनुपातको हिसाब गर्ने हो भने त युएइ विश्वमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै आप्रवासी रहेको देशमा पर्दछ । युएइको कुल जनसंख्याको ८८.४ प्रतिशत आप्रवासी रहेका छन् । 

रिपोर्ट अनुसार यो शताव्दीको सुरुमा १७ करोड ३० लाख मानिसले आफ्नो देश छाडेकोमा सन् २०१५ सम्ममा आफ्नो देश छाडेर अर्को देश पस्ने मानिसहरुको संख्या २४ करोड ४० लाख पुुग्यो । ती मध्ये २ करोड त शरणार्थी नै थिए । 

तथ्यांकमा आप्रवासी यी हुन् सबैभन्दा धेरै आप्रवासी भएका देशहरु 

अमेरिका – ४ करोड ६६ लाख 
जर्मनी – १ करोड २० लाख 
रुस- १ करोड १६लाख 
साउदी अरब – १ करोड २ लाख 
बेलायत – ८५ लाख 
युएइ – ८१ लाख 
क्यानडा – ७८ लाख 
फ्रान्स – ७८ लाख 
अस्ट्रेलिया – ६८ लाख 
स्पेन – ५९ लाख 

देशको जनसंख्याको अनुपातमा धेरै आप्रवासी भएका देशहरु 

युएइ – ८८.४ प्रतिशत 
कतार – ७५.५ प्रतिशत 
कुुबेत – ७३.६४ प्रतिशत 
लिचेस्टाइन – ६१.८२ प्रतिशत 
एण्डोरा – ६०.१२ प्रतिशत 
मकाउ – ५८.२८ प्रतिशत 
मोनाको – ५५.३७ प्रतिशत 
बहराइन – ५१.१४ प्रतिशत 
सिंगापुर – ४५.३९ प्रतिशत 
लक्जेम्बर्ग – ४३.९७ प्रतिशत

0 comments

Write Down Your Responses

Powered by Blogger.