ग्याल्पो लोसारमा स्याब्रु प्रतियोगिता (फोटोफिचर)

काठमाडौँ: पछिल्लो समय शेर्पा जातिको संस्कृति पुस्तापरिर्वतनसँगै लोप हुन थालेको भन्दै प्रमुख मौलिक स्याब्रु नृत्यको प्रतियोगिता आयोजना गरिएको छ। 

देशभरका शेर्पाहरुमा भाषा, संस्कृति, परम्परा र रितीरिवाज युवापुस्तामा हस्तान्तरण गर्ने लक्ष्यले आइतबार काठमाडौमा स्याब्रु नृत्यको प्रस्तुती गरिएको आयोजक हिमालय शेर्पा सांस्कृतिक केन्द्रले जनायो। 

२१४४ को ग्याल्पो लोसारको अवसरमा केन्द्रद्धारा आयोजित प्रतियोगितामा देशभरका ११ समूहको सहभागिता थियो। जातीय भेषभुषा, सुरताल, प्रस्तुति, समय र जनमतलाई मुख्य गरी स्याब्रुको प्रस्तुतिमा समेटिएको निर्णक केन्द्रका सल्लाहकार लाक्पा शेर्पाले बताए। युवापुस्ताले गरेका प्रस्तुतिलाई प्राथमिकतामा राख्दै प्रोत्साहन गरिएको उनले बताए। 

नृत्यमा दोलखा, संखुवासभा, सोलुखुम्बु र रामेछापका प्रतियोगितामा पोशाक, भाषा लवजका मुख्य आर्कषण बनेको थियो। स्याब्रु प्रतियोगितामा शरिर पुरै ढाक्ने बाक्लो लुगा क्ष्युवा, अङगी, पाङदेन, दोचा, लगायत एक दर्जन बढी प्रकारका पोशाक प्रयोग गरेका थिए। विजयी टोलीलाई क्रमस ५०,३० र २० हजारले आयोजकले सोमबार लोसारको अवसरमा पुरस्कृत समेत गर्ने जनायो। 

चार बर्ष यता देखि बार्षिक रुपमा आयोजन गर्दै आएको प्रतियोगिताले जातीय मौलिक भाषा संस्कृतिको संरक्षणमा टेवापुगेको र आउने दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने आयोजकले जनायो। विश्वको सर्वोच्च शिखर सगरमाथासँग पर्यवाची बनेको शेर्पा २०६८ को जनगणनाअनुसार एक लाख १२ हजार नौ सय ४६ रहेका छन्। 

यी जातीले धर्म,संस्कृति, संस्कार, चाडपर्व, मेला, धार्मिक उत्सव मनाउने र पूजाआजा गर्ने गर्दछन्। शेर्पाहरू धार्मिक र सांस्कृतिक गरी दुई प्रकारको चाडपर्वहरू मनाउने गर्दछन्। मनिरिम्दु, ञ्युङने, डुम्जी, चिरीम, ओशो आदि यि जातीको धार्मिक चाडपर्व हुन् भने ल्होसार, फाकङयी र यारच्याङ सामाजिक चाडपर्व हुन्। हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जाती शेर्पा राज्यबाट सुचिकृत ५९ मध्ये एक हो।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.