होटल सञ्चालिका सहित यौनकर्मी रंगेहात पक्राउ

मोरङ- यौन क्रियाकलाप गराएको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले एक होटल एण्ड लज संचालिका सहित एक जोडी यौनकर्मी पक्राउ गरेको छ । 

सोमबार पूर्वपश्चिम लोकमार्ग अन्तरगत सडकको दक्षिण पटि जोडिएको पाथिभरा होटल एण्ड लजका संचालक कमला लिम्बूलाई पक्राउ गरेको हो । होटल संचालिका लिम्बू सहित यौन गतिबिधिमा संम्लग्न तेह्रथुम घर भएका महिला र पर्सा जिल्ला वीरगंज घर भएका १८ बर्षिय रवी कुमार जैसावाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।आफ्नो होटलमा ग्राहक आएपछि होटल संचालिका लिम्बूले यौनकर्मीहरुलाई फोन सम्र्पक गरी बोलाई आफ्नो ग्राहकको माग पुरा गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

संचालिका लिम्बूले युवती कुरेर बसेको ग्राहक भएको कोठामा पठाइ वेश्यावृति कार्यमा संम्लग्न गराएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर राजन कार्कीले बताए। व्यक्तिगत सम्पर्कको आधारमा अबैध यौनधन्दा तथा वेश्यावृति गर्ने गरेको गोप्य सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको तिनै जनालाई सार्वजानीक मुद्दा दर्ता गरेको इस्पेक्टर कार्कीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.