अफगानिस्तानमा २६ लडाकू मारिए
काबुल, ५ माघ - अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।
“गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन्,” रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा जनाइएको छ । देशभरका ३४ प्रान्तमध्ये ११ प्रान्तमा सरकारले पर्याप्त हातहतियारसहित संयुक्त सुरक्षा फौज बनाइएर सुरक्षा कारबाही तीव्र पारेको छ । रासस÷सिन्ह्वा

0 comments
Write Down Your Responses